Shittalpati
छ महिनामा १० लाखभन्दा बढी सवारीसाधन कारबाहीमा
छ महिनामा १० लाखभन्दा बढी सवारीसाधन कारबाहीमा ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको छ महिनामा देशभर १० लाख ५२ हजार ५५ विभिन्न सवारी साधनहरुलाई कारबाही गरेको छ । गत साउनदेखि पुस मसान्तसम्म गरिएको कारबाहीबाट रु ७९ करोड ७१ लाख ४४ हजार आठ सय ५२ राजस्व सङ्कलन गरेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ । 
बागलुङका आठ ठूला सडक स्तरोन्नति हुँदै
बागलुङका आठ ठूला सडक स्तरोन्नति हुँदै यस वर्ष बागलुङमा आठ वटा ठूला सडक आयोजना स्तरोन्नति हुन थालेका छन् । संघीय सरकार अन्तर्गतका आयोजना सडक डिभिजन कार्यालय बागलुङमार्फत स्तरोन्नति हुन थालेका हुन् ।
बिना तयारी तानसेन–रानीमहल सडक बन्द गरिएकोमा काँग्रेस सभापति श्रेष्ठको आपत्ति
बिना तयारी तानसेन–रानीमहल सडक बन्द गरिएकोमा काँग्रेस सभापति श्रेष्ठको आपत्ति नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले पूर्व तयारी बिना तानसेन–रानीमहल सडक बन्द गरिएकोमा आपत्ति जनाएका छन् ।
अर्घाखाँचीमा जिप दुर्घटना, दुई जनाको मृत्यु
अर्घाखाँचीमा जिप दुर्घटना, दुई जनाको मृत्यु अर्घाखाँचीको ढाकावाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।भूमिकास्थान नगरपालिका–२ को ढाकावाङ थापाडाँडामा लु१ज १६७९ नम्बरको जिप शनिबार बिहान दुर्घटना भएको हो ।
इम्बोस्ड नम्बर प्लेट रिड गर्ने ‘आरएफआईडी’ हस्तान्तरण
इम्बोस्ड नम्बर प्लेट रिड गर्ने ‘आरएफआईडी’ हस्तान्तरण भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले ‘इम्बोस्ड नम्बर प्लेट रिड’ गर्ने पाँच थान ‘आरएफआईडी’ यन्त्र नेपाल प्रहरीलाई हस्तान्तरण गरेका छन् । मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच इम्बोस्ड नम्बर प्लेटमा भएको विवरण रिड गर्ने रेडिओ फ्रिक्वेन्सी आइडेन्टिफिकेसन यन्त्र (आरएफआइडी) हस्तान्तरण गरेका हुन् ।
तीन वर्षमा पाँच किमी सडकको आधा मात्र काम
तीन वर्षमा पाँच किमी सडकको आधा मात्र काम काम सुरु भएको तीन वर्ष बितेको छ । प्रदेश सरकारको योजना अन्तर्गत बेल्बास–बेथरी–मर्चवार खण्डमा पाँच किमी सडक निर्माण सम्पन्न हुन सकेको छैन । ‘कनेक्टिभिटी’ सुधार गर्न र मर्चवारको विकासलाई प्रोत्साहन गर्ने महत्वाकांक्षी परियोजना निर्माणमा १ सय १७ रुखले बाधा पुर्‍याएका छन् ।
पाल्पाको रम्भामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु 
पाल्पाको रम्भामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु  जिल्लाको रम्भा गाउँपालिका–१ पिपलडाँडामा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
रूपन्देहीमा टिपर दुर्घटना : माथागढीका २ जनाको मृत्यु 
रूपन्देहीमा टिपर दुर्घटना : माथागढीका २ जनाको मृत्यु  रूपन्देहीको देवदह नगरपालिका–६ गिद्धे भिरस्थित सडकमा टिपर दुर्घटना भएको छ ।  बिहीबार साँझ लु.२ ख ४५०९ नम्बरको टिपर अनियन्त्रित भई सडकबाट करिब ३ सय मिटर तल खसेर दुर्घटना भएको हो ।
त्रिशूलीमा खसेको जिप भेटियो  
त्रिशूलीमा खसेको जिप भेटियो   त्रिशूली नदीमा  खसेको जिप  भेटिएको छ । आज बिहान पौने पाँच बजेको समयमा नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुल नजिकबाट खसेको जिप त्रिशूलीमा भेटिएको हो ।
कहालीलाग्दो सवारी दुर्घटना
कहालीलाग्दो सवारी दुर्घटना नेपालगञ्जबाट काठमाडौं जानेक्रममा राप्ती नदीमा शुक्रबार राती भएको कहालीलाग्दो बस दुर्घटनामा १२ यात्रुको ज्यान गएको छ । यात्रुले खचाखच भरिएको भे. १ ख.३९१२ नम्बरको नमस्ते यातायात प्रालिको यात्रुबाहक बस शुक्रबार राति साढे १० बजेतिर भालुबाङको राप्ती पुलबाट नदीमा खस्दा १२ जनाको अकालमै ज्यान गएको हो ।
दाङ बस दुर्घटना :  १२  जनाको मृत्यु, २३ घाइते, मृतक मध्ये ८  को सनाखत
दाङ बस दुर्घटना :  १२  जनाको मृत्यु, २३ घाइते, मृतक मध्ये ८ को सनाखत दाङको भालुबाङमा यात्रुवाहक बस राप्ती नदीमा खस्दा १२ जनाको मृत्यु भएको छ ।
तानसेनको गोर्खेकोटमा सुन्तला बोकेको गाडी दुर्घटना 
तानसेनको गोर्खेकोटमा सुन्तला बोकेको गाडी दुर्घटना  जिल्लाको  तानसेन नगरपालिका –१ गोर्खेकोटमा गाडी दुर्घटना भएको छ । आज विहान गुल्मीको तम्घासबाट बुटवलतर्फ सुन्तला बोकेर जाँदै गरेको बा. प्रदेश ०३ –००१ च ०३०३ नम्वरको पिकप गाडी गोर्खेकोट नजिकै दुर्घटना भएको हो ।
Weather Update