हाइटी हिंसामा १ सय ८४ जनाको मृत्यु
सोमबार, मंसिर २४, २०८१
उड्डयन क्षेत्र ः एक दशकमा ६ ठूला हवाइ दुर्घटना, जिम्मेवार को ?
सोमबार, मंसिर २४, २०८१
हरेक वर्ष ७ डिसेम्बरमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस मनाउने गरिएको छ । यस वर्षको दिवस शनिबार मनाइयो । यस दिवसलाई खासगरी उड्डयनको सुरक्षा, गुणस्तरीय सेवाको व्यवस्था लगायत विमानस्थलको सुरक्षा राख्ने उद्देश्यका रूपमा मनाउने गरिएको भए ता पनि प्रत्येक वर्ष हुने हवाइ दुर्घटनाले यस्ता दिवसले नेपाली उड्डयन क्षेत्रमा के भूमिका खेल्दै...
छुट्टाछुट्टै घटनामा परी ६ जनाको मृत्यु
सोमबार, मंसिर २४, २०८१
देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा ६ जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार रूपन्देही, रोल्पा, धनुषा, सुनसरी, कास्की र लमजुङका विभिन्न स्थानमा भएका सवारी दुर्घटना र अन्य घटनामा परी ६ जनाको मृत्यु भएको हो ।
धादिङको कृष्णभीरमा ग्यासको बुलेट दुर्घटना, सतर्कता अपनाउन आग्रह
आइतबार, मंसिर २३, २०८१
चितवनबाट काठमाडौँतर्फ आउदै गरेको भारतीय ग्यास बुलेट धादिङमा दुर्घटनामा परेको छ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा आज बिहान दुर्घटनामा परेको हो ।
सिरहामा स्कोरपियोको ठक्करबाट सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु
आइतबार, मंसिर १६, २०८१
सिरहामा स्कोरपियोको ठक्करबाट सशस्त्र प्रहरी प्रहरी नायब निरीक्षकको मृत्यु भएको छ । नम्बर नखुलेको स्कोरपियोको ठक्करबाट नेपाल– भारत सीमा नजिकै बडियारपट्टी–१ कचनारीको भित्री सडकमा गस्तीमा रहेका सशस्त्र प्रहरी नायब निरीक्षक ४८ वर्षीय लक्ष्मणप्रसाद यादवको आज बिहान मृत्यु भएको हो । भित्री सडकमा आज बिहान ३ बजेतिर जाँच गर्ने क्रममा स्कोरपियोले...
लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्न अरुणखोलामा पुल निर्माण
बिहीबार, मंसिर १३, २०८१
अरुणखोलाको रिपाहाघाटमा झोलुङ्गे पुल निर्माण भएको छ । निस्दी गाउँपालिका–४ रिपाहा र नवलपुर ९नवलपरासी सुस्तापूर्व० को मध्यविन्दु नगरपालिका–१४ जोड्ने गरी रिपाहाघाटमा पुल निर्माण गरिएको हो ।
छुुट्टाछुुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु
बुधबार, मंसिर १२, २०८१
देशका विभिन्न स्थानमा भएका छुट्टछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्युु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार कपिलवस्तु, मोरङ र झापामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको हो ।
सवारी दुर्घटनामा नौं जनाको अकालमै गयो ज्यान
सोमबार, मंसिर १०, २०८१
देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी नौ जनाको अकालमै ज्यान गएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार नवलपरासी पशचिम, दाङ, बर्दिया, चितवन, बारा, मोरङ, सप्तरी र उदयपुरका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी नौं जनाको ज्यान गएको हो ।
छुट्टाछुट्टै घटनामा पाँच जनाको मृत्यु
आइतबार, मंसिर ९, २०८१
देशका विभिन्न स्थानमा भएका घटनामा पाँच जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार कपिलवस्तु, दैलेख, सिन्धुली, सर्लाही र धनुषामा भएका छुट्टाछुट्टै घटनामा पाँच जनाको मृत्यु भएको हो ।
कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
आइतबार, मंसिर ९, २०८१
कालीगण्डकी करिडोर भारतलाई चीनसँग जोड्ने छोटो मार्ग हो । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको करिडोरले मुस्ताङको प्रसिद्ध मुक्तिनाथ मन्दिरलाई भगवान् गौतम बुद्धको जन्मस्थान लुम्बिनीसँग जोड्न सफल भएको छ ।
काठमाडौँमा तीन शव भेटिए
शनिबार, मंसिर ८, २०८१
काठमाडौँका विभिन्न क्षेत्रमा आजमात्रै तीन जना मृत भेटिएका छन् । काठमाडौँको गोकर्णेश्वर नगरपालिका, टोखा र दक्षिणकालीमा शव भेटिएको काठमाडौँका प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।
नागरिकलाई सास्ती नहुनेगरी सडक विस्तार गर्न निर्देशन
बिहीबार, मंसिर ६, २०८१
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवल–गोरुसिङ्गे सडक विस्तार गर्दा नागरिकलाई सास्ती नहुने गरी काम अघि बढाउन निर्देशन दिएका छन ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
सोमबार, मंसिर ३, २०८१
देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको ज्यान गएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार डोटी, कैलाली, झापा र मोरङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको ज्यान गएको हो ।


