Shittalpati
फोहरजन्य वस्तु बिक्री गरी १५ लाख बढी आम्दानी
फोहरजन्य वस्तु बिक्री गरी १५ लाख बढी आम्दानी यहाँको व्यास नगरपालिकाले नकुहिने फोहर बिक्री गरी ११ महिनामा रु १५ लाख ३२ हजार ८३७ आम्दानी गरेको छ । नगरपालिकाले गत भदौदेखि फोहर सङ्कलन गरी व्यवस्थित गर्न थालेको थियो ।
रोपाइँ पनि ठेक्कामा !
रोपाइँ पनि ठेक्कामा ! काठेखोला गाउँपालिका–७ रेश गाउँका गुमबहादुर घर्ती र उनकी श्रीमती देवी तथा अमरबहादुर थापाले गाउँका खेत बाँझिन थालेपछि ठेक्कामा रोपाइँ गर्न थालेका छन् ।
भानु नगरपालिकाले गुन्द्रुक ब्राण्डिङ गर्ने
भानु नगरपालिकाले गुन्द्रुक ब्राण्डिङ गर्ने यहाँको भानु नगरपालिकाले गुन्द्रुकलाई ब्राण्डिङ गर्ने योजना बनाएको छ । ‘भानु गुन्द्रुक’ ब्राण्ड निर्माण गरी राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारसम्म पु९याउने योजना बनाएको हो ।
घरखर्च चलाउने आम्दानी बन्न थाल्यो निहुरो
घरखर्च चलाउने आम्दानी बन्न थाल्यो निहुरो म्याग्दीको उच्च पहाडी क्षेत्रको जङ्गलमा पाइने डौडे(निहुरो)ले बजार पाउन थालेपछि आम्दानीको माध्यम बनेको छ ।
कराते खेलाडी अकबरे खुर्सानीखेतीमा व्यस्त
कराते खेलाडी अकबरे खुर्सानीखेतीमा व्यस्त म्याग्दीको धवलागिरि गाउँपालिकामा मल्चिङ प्रविधिको प्रयोग गरेर पहिलो पटक अकबरे जातको खुर्सानी खेती भएको छ । धवलागिरि –७ शिवाङको धौलागिरि कृषि तथा पशुपक्षी फार्मका सञ्चालक ओमराज मगरले छ रोपनी बारीमा खुर्सानीखेती गरेका छन । 
स्याङ्जामा उद्योग तथा पसलको संख्या घट्दो
स्याङ्जामा उद्योग तथा पसलको संख्या घट्दो जिल्लामा उद्योग तथा पसलको संख्या दिनानुदिन घट्दो छ । उद्योग तथा व्यापार व्यवसाय सञ्चालन गर्न कठिनाइ भएको जनाउँदै उद्योगी, व्यवसायीले पसल दर्ता खारेजी गर्न थालेका हुन् ।
रामपुरका तीन सय ८९ योजना सम्पन्न
रामपुरका तीन सय ८९ योजना सम्पन्न रामपुर नगरपालिका पाल्पाले यस आर्थिक वर्षमा ३८९ वटा योजना सम्पन्न गरेको छ । चालु आवमा नगरपालिकाको ४०३ वटा योजना रहेकामध्ये ३८९ वटा योजना सम्पन्न भएको योजना शाखा प्रमुख विक्रम बस्नेतले जानकारी दिए । 
भीरकोटका उत्कृष्ट नौ कृषक सम्मानित
भीरकोटका उत्कृष्ट नौ कृषक सम्मानित स्याङ्जाको भीरकोट नगरपालिकाले पालिकाभित्रका उत्कृष्ट नौ कृषकलाई सम्मान गरेको छ । लामो समयदेखि व्यावसायिकरुपमा कृषि गर्दै आएका नगरका नौ उत्कृष्ट कृषकलाई नगरपालिकाले प्रोत्साहनस्वरुप सम्मान गरेको हो ।
लेक उक्लिए गोठाला
लेक उक्लिए गोठाला (बागलुङ), बर्खामा लेक र हिउँदमा बेसी सर्ने पश्चिम बागलुङका गोठालाको परम्परानै भइसक्यो । निसीखोला, तमानखोला र ढोरपाटनका धेरैजसो स्थानीयको मुख्य पेसा पशुपालन भएकाले चरिचरनका लागि लेकबेसी गर्ने गर्छन् । 
विद्यार्थीलाई पढाईसँगै सिप
विद्यार्थीलाई पढाईसँगै सिप बेनी नगरपालिका–४ सिङ्गा तातोपानीमा रहेको सरस्वती माविको कक्षा ८ का विद्यार्थी जोन पुनको ‘हाउस वायरिङ’सम्बन्धी तालिम लिएपछि आत्मविश्वास बढेको छ । 
स्याङ्जाका किसानले बेचे ९० लाखको धानको बीउ
स्याङ्जाका किसानले बेचे ९० लाखको धानको बीउ स्याङ्जाका किसान धानको बीउ बिक्रीबाट ९० लाख बढी आम्दानी गर्न सफल भएका छन् । नेपाल सरकारबाट सिफारिस भएका विभिन्न उन्नत जातका धानको बीउ बिक्रीबाट यहाँका किसान राम्रो आम्दानी गर्न सफल भएका हुन् ।
पाल्पाका पत्रकारहरु पोखरामा
पाल्पाका पत्रकारहरु पोखरामा पाल्पाका पत्रकारहरु अध्य्यन अवलोकनसंगै पत्रकार क्षमता बिकास तालिमकामा सहभाभी हुन पोखारा पुगेका छ्न । रामपुर नगरपालिकाको आयोजना र नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाको समन्वयमा पत्रकारहरु तिनदिन देखि पोखरामा छ्न ।
Weather Update