Shittalpati
लुम्बिनी प्रदेश : चालु आवको हालसम्म पुँजीगत खर्च २२  र चालु खर्च २८ प्रतिशत
लुम्बिनी प्रदेश : चालु आवको हालसम्म पुँजीगत खर्च २२  र चालु खर्च २८ प्रतिशत लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको हालसम्म कुल बजेटको २४।९१ प्रतिशत खर्च गरेको छ । चालु वर्षमा रु ३८ अर्ब ९७ करोड बजेट विनियोजन गरिएको थियो । यसमा पुँजीगततर्फ २४ अर्ब ५८ करोड र चालु खर्चतर्फ ११ अर्ब २४ करोड विनियोजन गरिएको थियो ।
नेप्से परिसूचकमा २९ दशमलव ८७ अङ्कको वृद्धि
नेप्से परिसूचकमा २९ दशमलव ८७ अङ्कको वृद्धि यो साता कारोबारको लगातार दोस्रो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बढेको छ । सोमबार नेप्से २९ दशमलव ८७ अंकले बढेर दुई हजार सात सय २७ दशमलव ९१ को बिन्दुमा कायम भएको हो । यो एक दशमलव १० प्रतिशतको वृद्धि हो । 
सरकारको बजेट खर्च सुस्त, सात महिनामा ४० प्रतिशत मात्रै
सरकारको बजेट खर्च सुस्त, सात महिनामा ४० प्रतिशत मात्रै सरकारले विकास निर्माणका आयोजनालाई गति दिन नसक्दा बजेट खर्चको अवस्था पनि दयनीय रहेको पाइएको छ । सरकारले चालु आर्थिक वर्ष सकिन ५ महिना मात्र बाँकी रहेका बेला न्यून बजेट खर्च गरेको हो ।
नेप्से एकल अंकले घट्यो
नेप्से एकल अंकले घट्यो साताको अन्तिम सेयर कारोबार दिन बिहीबार नेप्से परिसूचक एकल अंकले घटेर बन्द भएको छ । नेप्से ७‍ दशमलव २६ अंकले घटेको हो । नेप्से घटेसँगै २ हजार ६ सय ७८‍ दशमलव ४७ विन्दुमा बन्द भएको छ । बुधबार नेप्से ७ दशमलव २६ अंकले घटेको थियो ।
पुग्यो सबै स्थानीय तहमा बैंकिङ सेवा
पुग्यो सबै स्थानीय तहमा बैंकिङ सेवा स्थानीय तहमा बैंक पुर्‍याउने सरकारी नीतिअनुसार देशभरका सबै स्थानीय तहका केन्द्रमा बैंकका शाखा पुगेका छन् । बझाङको साइपाल गाउँपालिकामा एभरेष्ट बैंकको शाखा विस्तार भएसँगै देशका  ७ सय ५३ वटै स्थानीय तहमा बैंकिङ पहुँच विस्तार भएको हो ।
नेप्से परिसूचकमा झिनो अङ्कको सुधार
नेप्से परिसूचकमा झिनो अङ्कको सुधार नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ८६ अङ्कले बढेर दुई हजार छ सय ८५ दशमलव ७३ को विन्दुमा कायम भएको हो ।
नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार
नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार पछिल्ला पाँच कारोबार दिन निरन्तर घटेको नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा आज भने सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक छ दशमलव ५४ अङ्कले बढेर दुई हजार ६८३ दशमलव ८६ को विन्दुमा कायम भएको हो ।
सुन तोलामा १४ सयले बढ्यो
सुन तोलामा १४ सयले बढ्यो स्थानीय बजारमा सोमबार सुनको मूल्य प्रतितोला एक हजार ४ सयले बढेको छ । अघिल्लो दिनको तुुलनामा उक्त मृल्य वृद्धि भएको हो ।
विद्यार्थीलाई छात्रवृत्ति वितरण
विद्यार्थीलाई छात्रवृत्ति वितरण मुना मेमोरियल ट्रष्ट रामपुरले विद्यार्थी छात्रवृत्ति वितरण गरेको छ । स्वर्गीय मुना अधिकारी पौड्यालको स्मृतिमा स्थापित ट्रष्ट मार्फत रामपुरस्थित जनकल्याण माध्यमिक विद्यालयकी छात्रा सावित्री गैरेलाई छात्रवृत्ति प्रदान गरिएको हो ।
पाल्पामा रु ५२ करोड ७६ लाख बढीको सुन्तला बिक्री
पाल्पामा रु ५२ करोड ७६ लाख बढीको सुन्तला बिक्री यसवर्ष जिल्लामा नौ हजार ९८ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । गत वर्ष आठ हजार आठ सय ६१ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । अघिल्लो वर्षभन्दा यसपटक तीन सय ३७ मेट्रिक टन उत्पादन बढेको हो ।
Weather Update