नेप्से परिसूचकमा सुधार
मंगलबार, जेठ २७, २०८२
-1721213837.jpg)
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
शुक्रबार, जेठ २३, २०८२
स्थानीय बजारमा आज सुनको मूल्य स्थिर छभने चाँदीको मूल्य बढेको छ । बिहीबारको तुलनामा आज चाँदी तोलामा रु ७५ ले बढेको छ ।

नेप्सेमा उच्च अङ्कको गिरावट
मंगलबार, जेठ २०, २०८२
नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा उच्च अङ्कको गिरावट आएको छ । आज नेप्से परिसूचक ३५ दशमलव ७३ अङ्कले घटेर दुई हजार ६५८ दशमलव ९३ को विन्दुमा कायम भएको हो । यो एक दशमलव ३२ प्रतिशतको गिरावट हो ।

डिजेल र पेट्रोलको मूल्य बढ्यो
आइतबार, जेठ १८, २०८२
नेपाल आयल निगमले डिजेल, मट्टितेल र पेट्रोलको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले शनिबार मध्यरातदेखि लागू हुने गरी डिजेल, मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर एक र पेट्रोलमा प्रतिलिटर २ बढाएको हो ।

अण्डाको मूल्य बढेपछि किसानलाई राहत
शनिबार, जेठ १७, २०८२
लामो समयदेखि लागत मूल्यभन्दा सस्तोमा अण्डा बिक्री गर्दै आएका किसानले मूल्य बढेसँगै राहत महसुस गरेका छन् । उच्च गर्मीका कारण उत्पादन घट्दा माग बढेर मूल्य बढेको हो ।

सुनको भाउ तोलामा ७ सय बढ्यो
शुक्रबार, जेठ १६, २०८२
नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ भने चाँदी घटेको छ । बिहीबार प्रतितोला एक हजार पाँच सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला सात सय रूपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ८८ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ ...

बजेटमार्फत् के-के भयो करमा हेरफेर ?
बिहीबार, जेठ १५, २०८२
सरकारले आज आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेट सार्वजनिक गर्दै विभिन्न शीर्षकका दरसम्बन्धी विद्यमान व्यवस्थामा हेरफेर गरेको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सङ्घीय संसदका दुवै सदनको संयुक्त बैठकमा बजेट वक्तव्य प्रस्तुत गर्नुहुँदै विभिन्न शीर्षकका राजस्वका दरसम्बन्धी व्यवस्थामा संशोधन गरिएको बताए ।

खेलकुदमा बजेट बढ्यो
बिहीबार, जेठ १५, २०८२
सरकारले खेलकुद पूर्वाधार निर्माणलाई प्राथमिकता दिने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संघीय संसदमा आर्थिक वर्ष २०८२–८३ को बजेट प्रस्तुत गर्दै खेल पूर्वाधार, खेलाडी प्रशिक्षण कार्यक्रम र प्रतियोगिता सञ्चालन गर्न प्राथमिकता दिने उल्लेख गरेका हुन् ।

आगामी आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट
बिहीबार, जेठ १५, २०८२
सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रू १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको आय–व्ययको अनुमान पेस गरेका छन् ।
-1721213853.jpg)
सुनको मूल्य तोलामा पाँच हजारले वृद्धि
बुधबार, जेठ ७, २०८२
अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ र विगत तीन दिनदेखि स्थिर रहेको पहेँलो धातुको मोल आज तोलामा रु पाँच हजारले वृद्धि भएको छ । चाँदी पनि तोलामा रु ५० ले बढेको छ ।

राष्ट्र बैंकको गभर्नरमा पौडेल नियुक्त
मंगलबार, जेठ ६, २०८२
नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरेको हो । सरकारको यो निर्णयसँगै पौडेल १८औं गभर्नर बनेका छन् ।
-1747722001.webp)
गुल्मीका स्थानीय तहको बेरुजुु १५ करोड ७४ लाख
मंगलबार, जेठ ६, २०८२
गुल्मीका स्थानीय तहको बेरुजु १५ करोड ७४ लाख बढी देखिएको छ । महालेखा परीक्षकको ६२ औं प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/८१ मा १५ अर्ब २१ करोड ४५ लाख ६ हजार लेखापरीक्षण भएकोमा १५ करोड ७४ लाख ६४ हजार बेरुजुु देखिएको हो ।

नेप्से परिसूचक १९:३० अङ्कले बढ्यो, सात अर्बभन्दा बढीको कारोबार
सोमबार, जेठ ५, २०८२
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १९ दशमलव ३० अङ्क अर्थात् ०:७४ प्रतिशतले बढेर दुई हजार ६२८ दशमलव ३६ विन्दुमा कायम भएको छ । आजको कारोबारमा विभिन्न ३२४ कम्पनीका एक करोड ६२ लाख पाँच हजार ५५८ कित्ता शेयर रु सात अर्ब ३५ करोड ८८ लाख ५५ हजार ८५ दशमलव १८...