सटर भाडा छुट गर्दै रेडक्रस पाल्पा
बुधबार, असार २४, २०७७
खोला र जंगलका भरमा जीवीकोपार्जन
मंगलबार, असार २३, २०७७
आर्थिक रुपमा अतिविपन्न परिवारमा जीवीकोपार्जनमा समस्या देखिएको छ । बगनासकाली गाउँपालिका–१, घोरबन्दाका कुमाल समुदाय घरमा नुनतेललगायत खाद्य पदार्थको अभाव भएपछि खोला र जंगलका भरमा जीवीकोपार्जन गर्न बाध्य छ । कुमाल समुदायले खोलामा माछा, गँगटा र घोँगी तथा वनमा च्याउ खोजेर बजारमा ल्याई बेचेको आम्दानीबाट परिवारको जीवीकोपार्जन गर्दै आएको छ ।...
नमूना गाउँपालिका बनाउने योजना सहित तिनाउको गाउँसभा सकियो
मंगलबार, असार २३, २०७७
जिल्लाको तिनाउ गाउँपालिकाले नमूना गाउँपालिका बनाउने योजना सहित सातौ गाउँसभा सकेको छ । गाउँपालिकाले आगामी ३ बर्ष भित्र नमुना गाउँपालिका बनाउने योजना सहित गाउँसभा सकेको हो । गाउँपालिकाले सेवाप्रवाहलाई सहज बनाउन आफ्नै भवन निर्माणको लागि २ करोड ५० लाख छुट्याएको छ । ४ वटा वडा कार्यालय निर्माणको लागि ६५÷६५ लाख...
ज्योति विकास बैंकको सूचना अधिकारीमा आचार्य
शनिबार, असार २०, २०७७
ज्योति विकास बैंकको सूचना अधिकारीमा रामहरि आचार्य नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको ३६३ औं बैठकले सूचना अधिकारीमा आचार्यलाई नियुक्त गरेको हो । बैंकको सहायक महाप्रबन्धकका रुपमा रहेका आचार्यलाई सूचना अधिकारी पदमा नियुक्त गरिएको बैंकका हेड रिटेल मनोज रायमाझीले जानकारी दिए । नवनियुक्त आचार्यले असार १८ गतेदेखि उक्त पदको...
व्यवसायिक किसानलाई निःशुल्क पशु आहार
शुक्रबार, असार १९, २०७७
जिल्लाको बगनासकाली गाउँपालिकामा सञ्चालित बगनासकाली बहुउद्देश्यीय सहकारी सस्था लि.ले व्यवसायिक किसानहरुका लागि निःशुल्क पशु आहार (दाना) दिएको छ । सहकारीले किसानहरुलाई पशु व्यवसायीमा लाग्न थप प्रोत्साहनका लागि निःशुल्क पशु आहार दिएको हो । सहकारीले एक कार्यक्रमका बिच सहकारीमा आवद्ध ५० जना सदस्यहरुलाई दाना वितरण गरेको छ । दाना वितरण गर्दै...
तानसेन नगरपालिका परिसरमा नेपाल बैंकको एक्टेनसन काउन्टर
बिहीबार, असार १८, २०७७
नेपाल बैंक लिमिटेडले तानसेन नगरपालिका परिसरमा एक्टेनसन काउन्टर सञ्चालनमा ल्याएको छ । नगर सरकारले ल्याएको युवा स्वारोजगार कार्यक्रमलाई लक्षित गरी विना धिलो सहुलियतमा कर्जा उपलब्ध गराउन बैंकले एक्टेनसन काउन्टर सञ्चालनमा ल्याएको हो । काउन्टरको नगर प्रमुख अशोक कुमार शाहीले एक कार्यक्रमका बिच उद्घाटन गरेका हुन् ।
पाल्पा जेसिजद्वारा तानसेनका आइसोलेशनमा रहेका नागरिकलाई सहयोग
बिहीबार, असार १८, २०७७
जिल्लामा क्रियाशिल सामाजिक संस्था पाल्पा जेसिजले तानसेनका आइसोलेशन सेन्टरमा रहेका नागरिकहरुका लागि सहयोग गरेको छ । जेसिजले कोरोना संक्रमण देखिई तानसेनमा निर्माण गरिएका विभिन्न आइसोलेशन सेन्टरमा बसेका नागारिक र उनीहरुको व्यवस्थापनमा खटिएका ३५ जनालाई पौष्टिक खानेकुरा र मास्क सहयोग गरेको हो ।
भाडा छुट दिन गुल्मी उद्योग वाणिज्य संघको आग्रह
बुधबार, असार १७, २०७७
गुल्मी उद्योग वाणिज्य संघले व्यवसायिक प्रयोजनको लागि लिएका व्यवसायिक सटर तथा घरहरुको भाडामा विशेष छुट दिन आग्रह गरेको छ । संघका अध्यक्ष श्रीप्रसाद भलामीले बुधबार एक अपिलपत्र जारी गर्दै यस्तो बताएका हुन् । उनले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को जोखिमलाई ध्यानमा राख्दै गरिएको बन्दाबन्दीले विगत चार महिनादेखि...
तालपोखरा क्षेत्रको सडकमा ट्रिगार्ड सहित वृक्षारोपण
बुधबार, असार १७, २०७७
रामपुर नगरपालिकाको प्रमुख पर्यटकीय गन्तव्य तालपोखरा क्षेत्रको सडकमा मंगलबार वृक्षारोपण संगै ट्रिगार्ड राखिएको छ । डिभिजन वन कार्यालय पाल्पाको सडक सौन्दर्यकरण कार्यक्रम अन्तर्गत सडकको दायाँ बायाँ वृक्षारोपण गरिएको हो । डिभिजन वन कार्यालय पाल्पाले रामपुर नगरपालिकाको समन्वयमा सडकको दुवै तर्फ ट्रिगार्ड राखेर १ सय ७५ वटा विरुवा रोपिएको हो ।...
गुल्मीका स्थानीय सरकारको बजेट ५ अर्ब ७४ करोड, शिक्षा, स्वास्थ्य, रोजगार प्राथमिकतामा
बुधबार, असार १७, २०७७
जिल्लाका स्थानीय सरकारहरुले आगामी आर्थिक वर्षका लागि ५ अर्ब बढीको बजेट ल्याएका छन् । आर्थिक वर्ष २०७७/०७८का लागि जिल्लाका दुई नगरपालिका र दश गाउँपालिकाले ५ अर्ब ७४ करोड २३ लाख ४५ हजार ७ सय ९० बराबरको बजेट ल्याएका हुन् । उनीहरुले शिक्षा, स्वास्थ्य, रोजगारीसँगै कृषि, पूर्वाधार विकास, सुशासन लगायतका क्षेत्रलाई...
तानसेनमा पर्यटकीय विकासका लागि सूचनापाटी राखिदै
मंगलबार, असार १६, २०७७
तानसेनमा पर्यटकीय विकासमा टेवा पुग्ने गरी विद्युतीय सूचनापाटी राख्न लागिएको छ । तानसेनको श्रीनगरडाँडामा पर्यटकीय विकासमा सहयोग पुग्ने गरी (सूचनापाटी) ‘तानसेन इलेक्ट्रोनिक बोर्ड’ को स्थापना गर्न लागिएको हो । बोर्डको संघीय सांसद तथा पूर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डेले एक कार्यक्रमकाबीच शिलान्यास गरेका छन् । पाल्पा क्षेत्र नम्बर २ को निर्वाचन क्षेत्र...
वडाध्यक्षको सुविधा कटौती गर्ने प्रस्ताव
मंगलबार, असार १६, २०७७
प्रदेश पाँच सरकारले स्थानीय तहका वडाध्यक्षहरुले पदाधिकारीसरह पाउँदै आएको सुविधामा कटौती गर्न कानून संशोधन प्रस्ताव गरेको छ । सो सम्बन्धी विधेयक प्रदेशसभामा संशोधनका लागि पेश गर्न मन्त्रिपरिषद्ले स्वीकृति प्रदान गरेको हो । प्रदेश सरकारको मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको सुविधासम्बन्धी ऐन, २०७६...
स्थानीय सरकार बजार अनुगमनमा उदासीन
मंगलबार, असार १६, २०७७
लकडाउनको समयमा सर्वसाधारण नागरिक महंगीको मारमा परेका छन् । तर, स्थानीय तहमा जनप्रतिनिधिले काम गर्न थालेको तीन बर्ष पुग्न लाग्दा समेत बजार अनुगमनमा स्थानीय तहको ध्यान जान सकेको छैन ।