Shittalpati
गुल्मेली समाज जापानद्वारा अग्निपीडितलाई सहयोग
गुल्मेली समाज जापानद्वारा अग्निपीडितलाई सहयोग गुल्मेली समाज जापानले गुल्मीका ७० अग्निपीडित परिवारलाई रु सात लाख आर्थिक सहयोग गरेको छ । गत वैशाख र जेठमा जिल्लाका विभिन्न स्थानमा भएका आगलागीका घटनाबाट घरबास गुमाएका प्रतिपरिवारलाई रु १० हजारका दरले सहयोग गरिएको हो ।
मौसमा बदली : चार प्रदेशमा बिहानैदेखि वर्षा
मौसमा बदली : चार प्रदेशमा बिहानैदेखि वर्षा देशका केही भू–भागमा वर्षाको सम्भावना छ । केही स्थानमा आइतबारदेखि वर्षा भइरहेको छ । गण्डकी, वाग्मती, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली छ । बाँकी भू–भागमा आंशिक बदली छ ।
रेसुङ्गा नगरलाई हरित सहर घोषणा गरिने
रेसुङ्गा नगरलाई हरित सहर घोषणा गरिने गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिकाले ‘हरित सहर’ घोषणा गर्ने भएको छ । आर्थिक वर्ष ०८१/८२ सालको नीति तथा कार्यक्रममा नगरलाई हरित सहर घोषणा गरेर दीर्घकालीन लक्ष्य अनुरुप शिक्षा, स्वास्थ्य र पर्यटनको लागि हिल स्टेसनको रुपमा विकास गर्ने उल्लेख गरिएको छ ।
आज विश्व एकल महिला दिवस
आज विश्व एकल महिला दिवस आज १४ औं अन्तर्राष्ट्रिय एकल महिला दिवस  नेपाल सहित विश्वभर विभिन्न कार्यक्रम गरेर मनाईंदैंछ । दिवसका अवसरमा  देभका विभिन्न ठाउँमा एकल महिलाहरुको सम्मान र उनीहरुको वर्तमान अवस्था, अवसर र चुनौतिका बारे व्यापक छलफल हुने गर्दछ ।
नेपाल टेलिकमले दियो बालबालिकालाई झोला 
नेपाल टेलिकमले दियो बालबालिकालाई झोला  नेपाल टेलिकमले विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई झोला दिएको छ ।  टेलिकम प्रादेशिक कार्यालय भैरहवाले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत बालबालिकाहरुलाई झोला दिएको हो ।
रैनादेवीको प्राथमिकतामा अन्तरपालिका जोड्ने गौरव आयोजनाका मुख्य सडक र कृषि तथा पशु क्षेत्र
रैनादेवीको प्राथमिकतामा अन्तरपालिका जोड्ने गौरव आयोजनाका मुख्य सडक र कृषि तथा पशु क्षेत्र जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले अन्तरपालिका जोड्ने गौरव आयोजनाका मुख्य सडक र कृषि तथा पशु क्षेत्रलाई प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम पेश गरेको छ । गाउँपालिकाका अध्यक्ष रुक्माङ्गत भट्टराईले गाउँसभाको १६ औं अधिवेशनमा उक्त विषयहरुलाई प्राथमिकतामा राख्दै आगामी बर्षको लागि नीति तथा कार्यक्रम पेश गरेका हुन् ।
कालीगण्डकी करिडोरको प्रयोग गरी गाइ, गोरुको खुलेआम तस्करी !
कालीगण्डकी करिडोरको प्रयोग गरी गाइ, गोरुको खुलेआम तस्करी ! हिन्दु धर्मावलम्वीहरुले पुज्ने गौ माताको अहिले नेपालमा खुलम खुल्ला तस्करी हुन थालेको छ । मासुका लागि तस्करी हुने यस्ता गाईगोरु मुख्यतः कालीगण्डकी करिडोर आसपासमा व्यापक रुपमा हुन थालेका तथ्यहरु फेला परेका छन् ।
लोकसेवा पढ्नेहरुका लागि रामपुर बन्यो सहयोगी
लोकसेवा पढ्नेहरुका लागि रामपुर बन्यो सहयोगी जिल्लाको रामपुर नगर सरकार लोक सेवा आयोग पढ्न चाहनेहरुका लागि सहयोगी बनेको छ । पढ्न इच्छा भएर पनि आर्थिक अभावका कारण पढ्न नसकेका र चाहना भएकाहरुलाई नगर सरकारले निःशुल्क रुपमा तयारी कक्षका लागि सहयोग गरेको हो ।
पाल्पा र कैलालीमा भरूवा बन्दुकसहित दुई जना पक्राउ
पाल्पा र कैलालीमा भरूवा बन्दुकसहित दुई जना पक्राउ देशका विभिन्न ठाउँबाट भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । केन्द्रीय समाचार कक्षका अनुसार पाल्पा र कैलालीका छुट्टाछुट्टै ठाउँबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
दुबईको जागिर छोडेर गाउँमै घाँसखेती
दुबईको जागिर छोडेर गाउँमै घाँसखेती गुल्मीको मदाने गाउँपालिका– ३ सिर्सेनीका गोपाल खत्री क्षेत्रीको दैनिकी आजकाल घाँसखेतीमा कट्ने गरेको छ ।
घर –घरका मठमा तुलसीको दल राखियो
घर –घरका मठमा तुलसीको दल राखियो आ–आफ्नो घरको मठमा मंगलबार तुलसीको दल राखिएको छ । प्रत्येक वर्ष जेष्ठ शुक्ल एकादशीका दिन घर–घरमा तुलसीको दल राख्ने पम्परा अनुसार मठमा तुलसीको दल राखिएको हो ।
पाल्पामा पाँच जिल्लाको अन्तर जिल्ला समन्वय बैठक
पाल्पामा पाँच जिल्लाको अन्तर जिल्ला समन्वय बैठक पाँच जिल्लाको अन्तर जिल्ला समन्वय बैंठक पाल्पामा बसेको छ । गुल्मी, रुपन्देही, कपिलवस्तु, नवलपरासी पश्चिम र पाल्पाका जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुको बैंठक पाल्पाको तानसेनमा बसेको हो ।
Weather Update