कृषिमन्त्री अधिकारीद्वारा राजीनामा

काठमाडौँ, कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन् ।
मन्त्री अधिकारीले सामाजिक सञ्जाल फेसबुकमार्फत पदबाट राजीनामा दिएको घोषणा गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाउन आफू प्रधानमन्त्री निवासतर्फ जान लागेको राससलाई जानकारी दिए । देश र जनतासमक्ष क्षमायाचना गर्दै आफूले पदबाट राजीनामा गरेको मन्त्री अधिकारीले बताए ।
प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२
प्रतिक्रिया दिनुहोस्