कालीगण्डकी नदीमा दुई जना मृत भेटिए
आइतबार, चैत ३, २०८१

गणतन्त्रवादीका लागि राजतन्त्रको कुरा गर्नुको कुनै औचित्य छैन ः उपप्रधानमन्त्री सिंह
आइतबार, चैत ३, २०८१
उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले गणतन्त्रवादीका लागि राजतन्त्रको बारेमा कुरा गर्नुको कुनै औचित्य नरहेको बताएका छन् । नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले शनिबार तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री सिंहले गणतान्त्रिक व्यवस्थामा राजतन्त्र ब्यूँताउने कुरा गर्नुको कुनै औचित्य नभएको बताएका हुन् ।

गोरु पाल्ने किसानलाई पालिकाको अनुदान
शुक्रबार, चैत १, २०८१
चन्द्रकोट गाउँपालिकाले हल गोरु पाल्ने किसानलाई अनुदान दिनेभएको छ । गाउँपालिकाको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमअनुसार पालिकाभित्र हल गोरु पाल्ने किसानलाई प्रतिकिसान रु तीन हजारका दरले अनुदान दिने जनाएको छ ।

पत्रकार डोटेल सम्मानित
शुक्रबार, चैत १, २०८१
पाल्पाली पत्रकार सिता डोटेल सम्मानित भएकी छन् । रामपुर नगरपालिका–६ बिजयपुर निवासी समाजसेवी सुब्बा लोकनाथ रेग्मी उपाध्यायको स्मृतिमा रेग्मी परिवारले स्थापना गरेको ‘सुब्बा लोकनाथ रेग्मी उपाध्याय स्मृति अक्षयकोषबाट डोटेल सम्मानित भएकी हुन् ।

पाल्पामा होलीको हर्षोल्लास
शुक्रबार, चैत १, २०८१
तानसेनका शान्ता ढकाल, रेनुका न्यौपाने र मनिषा आलेले यो वर्ष साथीभाइसँग जमघट भएर नै होली पर्व मनाए ।

पाल्पा जेसिजद्वारा होली मिलन कार्यक्रम
बिहीबार, फागुन २९, २०८१
पाल्पा जेसिजले होली मिलन कार्यक्रम गरेको छ । उसले विहीबार फागुपूर्णिमा अर्थात् होलीका अवसरमा तानसेनमा होली मिलन कार्यक्रम गरेको हो ।

मौलिक फागु जोगाउँदै पाल्पाका युवा–पाका
बिहीबार, फागुन २९, २०८१
पहाडी भेगका अधिकांश गाउँमा फागु पूर्णिमाको ४/५ दिन अघि नै यस्तै गीत घन्काउने पुरानो चलनलाई यहाँका युवा र पाका पुस्ताले ब्युँताउन यस्ता गीत गाएर टोल, गाउँ, बस्तीमा पुगेका छन् ।

सद्भाव र प्रेमको पर्व होली मनाइँदै , आज पहाडी र हिमाली जिल्लामा सार्वजनिक विदा
बिहीबार, फागुन २९, २०८१
सद्भाव, प्रेम र हर्षोल्लासका साथ मनाइने फागु वा होली पर्व आज पाल्पासहित पहाडी र हिमाली जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदै छ ।

गुल्मीमा एक पुरुषको शव फेला
बुधबार, फागुन २८, २०८१
जिल्लाको मदाने गाउँपालिका –४ झार्किसल्लास्थित ढोरपाटन सडक खण्ड नजिकैको भिरमा एक पुुरुषको शव फेला परेको छ । प्यूठानको झिमरुक गाउँपालिका–२ बाँदीकोटका २५ वर्षीय प्रकाश सामत मृत अवस्थामा फेला परेका हुन् ।

देशका अधिकांश भागमा आज मौसम सफा रहने
बुधबार, फागुन २८, २०८१
हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको तथा कोशी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भएको छ भने बाँकी भागमा मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा...

ऊनबाट आम्दानी खोजिरहेका आमा
बुधबार, फागुन २८, २०८१
बागलुङको निसी, भुजी र तमान क्षेत्रका अधिकांश स्थानीय पुस्तौँदेखि भेडापालनमा सक्रिय छन् । पहाडी भेग भएकाले पशुपालनमा रमाइरहेका यहाँका स्थानीय किसान पछिल्लो समय भेडाको मासुसँगै ऊनको समेत उपयोगमा लाग्न थालेका हुन् ।

महिलालाई सिप सिकाउँदै रैनादेवी छहरा गाउँपालिका
बुधबार, फागुन २८, २०८१
जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले महिलाहरुलाई आयआर्जनसँग जोड्न सिप सिकाउँने भएको छ । गाउँपालिकाले ५० जना महिलाहरुलाई आयआर्जनमा जोड्ने गरी सिप सिकाउने भएको हो ।

नगरको परिचय बदल्न कस्सिएका युवा
मंगलबार, फागुन २७, २०८१
तानसेन आफैमा पर्यटकीय नगर हो । यहाँ थुप्रै ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थलहरु रहेका छन् । तर प्रचार–प्रसार र संरक्षणको अभावका कारण पाल्पा पर्यटकीय क्षेत्रको रुपमा पछाडी परेको छ ।