Shittalpati
पाल्पामा लागु औषध सहित एक जना पक्राउ, मृतक कुंवरसँग बसेर लागु औषध खाएको खुलासा

पाल्पा, लागु औषधसहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाले कैलालीको गोदावरी नगरपालिका –४ स्थायी ठेगना भई हाल गल्याङ नगरपालिका–८ स्याङ्जामा बस्दै आएका २० वर्षीय होमबहादुर (सुवास) रोक्का मगरलाई पाल्पामा लागु औषध सहित पक्राउ गरेको हो ।

शंका लागेर प्रहरीले रोक्काको शरिरबाट खानतलासी गर्ने क्रममा ३ एम्पुल डाइजोपाम,४ एम्पुल फेनारगन,४ एम्पुल डाईजेपाम गरी ११ एम्पुल लागु औषध नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले जानकारी दिए । रोक्कालाई प्रहरीले नियन्त्रणमा लिई सोधपुछ गर्दा मगलबार तिनाउ गाउँपालिका–६ स्थित बाह्रविसे खोल्सामा मृत भेटिएका वालिङ नगरपालिका –१० स्याङजाका २२ वर्षीय नरेश कुंवर पनि मृत्यु हुनु अघि आफुसँगै रहेको खुलासा गरेका छन् । उनले प्रहरीलाई भनेका छन्,‘मृतक कुंवरसँग सँगै बसी लागु औषध सेवन गरेका हौं, सोही पश्चात दुवै जना बेहोस भयौं, केही समयपछि आफु होसमा आएको र नरेशलाई उठाउन खोज्दा नउठेपछि स्थानीयलाई खबर गरेको हुँ ।’ अहिले प्रहरीले रोक्कालाई नियन्त्रणमा लिई थप अनुसन्धान थालेको जनाएको छ ।

प्रकाशित मिति: बुधबार, असार १५, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update