Shittalpati
तिनाउमा पुरुष मृत अवस्थामा भेटिए

पाल्पा, जिल्लाको तिनाउ गाउँपालिका–६ स्थित बाह्रविसे खोल्सामा एक पुरुष मृत भेटिएका छन् । मंगलबार विहान वालिङ नगरपालिका –१० स्याङजाका २२ वर्षीय नरेश कुंवर मृत भेटिएका हुन् । के कति कारणले उनको मृत्यु भएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उनको शवलाई पोष्टमार्टका लागि जिल्ला अस्पताल पठाइएको छ ।

प्रकाशित मिति: बुधबार, असार १५, २०७९
प्रतिक्रिया दिनुहोस्
Weather Update