Shittalpati
जेठ १२ गतेको चन्द्रग्रहण नेपालबाट नदेखिने, बार्नुपर्दैन
जेठ १२ गतेको चन्द्रग्रहण नेपालबाट नदेखिने, बार्नुपर्दैन जेठ १२ गते वैशाख शुक्ल पूर्णिमाका दिनमा लाग्ने चन्द्रग्रहणको छायाँ नेपालबाट नदेखिने भएकाले यसको सूतक नलाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
सिद्धबाबा सडक खण्डमा सुरुङ मार्ग बनाउन बोलपत्र आह्वान
सिद्धबाबा सडक खण्डमा सुरुङ मार्ग बनाउन बोलपत्र आह्वान नेपाल सरकारले सिद्धबाबा सडक खण्डमा सुरुङ मार्ग बनाउन आईतबार बोलपत्र आह्वान गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागले सिद्धार्थ राजमार्गको सिद्धबाबा सडक खण्डमा सुरुङ मार्ग बनाउन बोलपत्र आह्वान गरेको हो ।
टेक्रेका घर–घरमा धारा, हट्यो पानीको समस्या
टेक्रेका घर–घरमा धारा, हट्यो पानीको समस्या खानेपानीको समस्या झेलिरहेका पाल्पाको बगनासकाली गाउँपालिका ५ र ६ का सबै घरमा खानेपानीका धारा जडान गरिएको छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको आर्थिक तथा प्राविधीक सहयोग र स्थानीय बासिन्दाको श्रमदानमा यहाँका प्रत्येक घरमा धारा जडान भएपछि स्थानीय दङ्ग परेका छन् ।
गुल्मी अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर्स सहयोग
गुल्मी अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर्स सहयोग गुल्मी अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर्स सहयोग प्राप्त भएको छ । नेपाल औषधी ब्यवसायी महासंघ गुल्मीको आर्थिक सहयोग र पत्रकार महासंघ गुल्मीको समन्वयमा अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर्स सहयोग भएको हो ।
माथागढीले जेठ २५ मा वार्षिक परीक्षाफल प्रकाशन गर्ने
माथागढीले जेठ २५ मा वार्षिक परीक्षाफल प्रकाशन गर्ने जिल्लाको माथागढी गाउँपालिकामा चालू शैक्षिक सत्रमा बाँकी रहेको विद्यालय तहको वार्षिक परीक्षा नहुने भएको छ । कोरोना संक्रमण बढ्दै गएपछि माथागढीका सामुदायिक तथा संस्थागत विद्यालय वैशाख १४ गतेबाट पूर्णतः बन्द गरिएका छन् ।
कोरोना प्रभाव : बुद्ध जयन्तीमा सुनसान लुम्बिनी
कोरोना प्रभाव : बुद्ध जयन्तीमा सुनसान लुम्बिनी हरेक वर्ष बुद्ध जयन्ती नजिकिँदै जाँदा लुम्बिनीमा विशेष चहलपहल हुन्थ्यो । लुम्बिनी विकास कोषले बुद्ध जन्मस्थलमा विशेष कार्यक्रम गर्न दुई महिना अगाडि देखि नै उपसमिति बनाएर तयारी शुरु गथ्र्यो ।
बिहे भोजपछि फैलियो कोरोना, एकै गाउँका दुईको मृत्यु, ७४ संक्रमित
बिहे भोजपछि फैलियो कोरोना, एकै गाउँका दुईको मृत्यु, ७४ संक्रमित गुल्मीको कालीगण्डकी मा बिहे भोजपछि फैलिएको कोरोनाबाट दुई जनाको मृत्यु भएको छ भने ७४ जनामा संक्रमण देखिएको छ । कालीगण्डकी गाउँपालिका ५ मा गत वैशाख १८ गते गरिएको बिहे भोजपछि गाउँलेलाई कोरोनाका मिल्दाजुल्दा लक्षण देखिन थालेका थिए ।
कोरोना महामारीमा पाल्पाका लायन्स क्लव
कोरोना महामारीमा पाल्पाका लायन्स क्लव जिल्लामा कोरोनाको संक्रमण बढेसँगै सामाजिक क्षेत्रमा क्रियाशिल लायन्स क्लवहरु सक्रिय हुन थालेका छन् । यहाँका लायन्स क्लवहरुले असिक्जन अभावमा छटपटाई रहेका विरामीहरुलाई लक्षित गरी अस्पताल र स्थानीय सरकारहरुलाई अक्सिजन आपूर्तिमा सहजता ल्याउने कार्यमा सक्रियता देखाएका हुन् ।
पाल्पामा अक्सिजन प्लान्ट जडान गर्न डेढ करोड
पाल्पामा अक्सिजन प्लान्ट जडान गर्न डेढ करोड पाल्पामा अक्सिजन प्लान्ट निर्माण गर्नका निम्ती अर्थ मन्त्रालयबाट डेढ करोड विनियोजन भएको छ । जिल्लामा कोभिड–१९ को दोस्रो लहरको अवस्था भयावह बन्दै गएपछि अर्थ मन्त्रालयले पाल्पा अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका निम्ती मंगलबार १ करोड ५० लाख रकम विनियोजन गरेको हो ।
पाल्पा र गुल्मीमा जेठ १५ सम्म निषेधाज्ञा थपियो,थप कडाई गरिने
पाल्पा र गुल्मीमा जेठ १५ सम्म निषेधाज्ञा थपियो,थप कडाई गरिने कोरोना संक्रमण बढदै गएपछि पाल्पामा निषेधाज्ञा थपिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को सोमबार बसेको बैठकले कोरोना संक्रमणको दोस्रो लहर समुदायस्तरमै फैलिएको निष्कर्ष निकाल्दै निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो ।
परियोजनामा आधारित सिकाइ गराउँदै माउण्ट भ्याली
परियोजनामा आधारित सिकाइ गराउँदै माउण्ट भ्याली जिल्लाको माथागढी गाउँपालिकामा रहेको माउण्ट भ्याली इ·लिश स्कूलले विद्यालयलयलाई समय सापेक्ष परिस्कृत बनाउँदै लगेको छ । ब्रिटिश काउन्सीलको सहकार्यमा स्कूलले परियोजनामा आधारित सिकाइ गराउँदै आएको पाइन्छ । विगत सन् २०१४ देखि ब्रिटिश काउन्सीलको सहकार्यमा विद्यालयको शिक्षण सिकाइ क्रियाकलाप विद्यार्थी केन्द्रीत बनाउन लागेको विद्यालयका प्रिन्सीपल प्रेमराज खरालले बताए ।
गुल्मीमा पनि निषेधाज्ञा जेठ १५ सम्म लम्बियो
गुल्मीमा पनि निषेधाज्ञा जेठ १५ सम्म लम्बियो गुल्मीमा पनि निषेधाज्ञा जेठ १५ गतेसम्म लम्बिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को सोमबार बसेको बैठकले जेठ १५ गते राती १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भण्डारीले जानकारी दिए । यस अगाडि थप गरिएको निषेधाज्ञाको समय जेठ ४ गते (भोली) राती १२...
Weather Update