स्याङ्जामा छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु
बिहीबार, साउन ५, २०७९
मुद्रण उद्योग संघ रुपन्देहीको नयाँ मूल्यसूची
मंगलबार, साउन ३, २०७९
मुद्रण उद्योग संघ रुपन्देहीले नयाँ मूल्यसूची सार्वजनिक गरेको छ । संघले वर्तमान बजारको अवस्थालाई मध्यनजर गरी नयाँ मूल्यसूची सार्वजनिक गरेको हो । सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गरी संघले नयाँ मूल्यसूची सार्वजनिक गरेको छ ।
उपभोक्तालाई सहुलियतमा खानेपानी
सोमबार, साउन २, २०७९
रामपुर साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले उपभोक्तालाई खानेपानी महसुलमा सहुलियत दिने भएको छ । उपभोक्ताको हितलाई मध्यनजर गर्दै नयाँ आर्थिक वर्षको साउन १ गतेदेखि लागू हुने गरी छुटसहित नयाँ मूल्य निर्धारण गरिएको छ ।
‘शिक्षक मैनबत्ती हुन्’
आइतबार, साउन १, २०७९
जिल्ला समन्यव समिति पाल्पाका प्रमुख टंकनाथ खनालले शिक्षक मैनबत्ती भएको बताएका छन् । शनिबार पाल्पाको तानसेनमा भएको उत्कृष्ट शिक्षक तथा विद्यालय सम्मान कार्यक्रममा बोल्दै जिसस प्रमुख खानालले शिक्षक आफु जलेर अरुलाई उज्यालो बनाउने मैनबत्ती जस्तै भएको बताएका हुन् ।
तनावमुक्त जीवनका लागि राजयोग शिविर
आइतबार, साउन १, २०७९
ब्रहमाकुमारी ईश्वरीय विश्व विद्यालय क्षेत्रीय कार्यालय तानसेन पाल्पाले तनावमुक्त जीवनका लागि ५ दिने राजयोग शिविर सुरु गरेको छ । संस्थाले दया र करुवा बर्ष २०७९ को अवसरमा तनावमुक्त जीवनका लागि राजयोग शिविर तानसेनमा सुरु गरेको हो ।
रिब्दीकोटमा एक वृद्धा मृत फेला
शनिबार, असार ३२, २०७९
जिल्लाको रिब्दीकोट गाउँपालिका –५, कुसुमखोलास्थित मरबासमा रहेको हर्रेखरक सामुदायिक वनमा एक वृद्धा मृत अवस्थामा फेला परेकी छन् । सोही ठाउँका खिमबहादुर आलेको श्रीमति ७८ वर्षीया हुमकुमारी आले शुक्रबार साँझा मृत फेला परेकी हुन् ।
अभिलेखहरु सुरक्षित राख्नुपर्नेमा जोड
शनिबार, असार ३२, २०७९
इतिहास कायम राख्न अभिलेखहरु सुरक्षित राख्नुपर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । मदन पुरस्कार पुस्तकालय र सम्पदा प्रतिष्ठान पाल्पाले तानसेनमा आयोजना गरेको स्थानीय अभिलेख चासो र पहल अन्तक्र्रिया कार्यक्रममा बोल्ने अधिकांस वक्ताहरुले इतिहासका बारेमा नयाँ पुस्तालाई जानकारी गराउन अभिलेखहरु सुरक्षित राख्नुपर्नेमा जोड दिएका हुन् ।
अभिभावक गुमाएकालाई रिब्दीकोटले पढाउने
शनिबार, असार ३२, २०७९
पाल्पाको रिब्दीकोट गाउँपालिकाले अभिभावकविहीन बालबालिकालाई कक्षा १२ सम्म पढाउने भएको छ । अभिभावकविहीन कतिपय बालबालिकाले शिक्षा माध्यमिक तहसम्म पूरा गर्न सकेका छैनन् ।
प्राज्ञिक विद्यार्थी परिषद् पुनर्गठन
शुक्रबार, असार ३१, २०७९
तानसेन बहुमुखी क्याम्पसमा प्राज्ञिक विद्यार्थी परिषद् नेपाल पुनर्गठन भएको छ । उर्मिला विकको संयोजकत्वमा परिषद्को विहीबार पुनर्गठन गरिएको हो । जसको सह संयोजककम मिलन आले, सचिव विपिन नेपाली, सह सचिव गणेश बस्याल, कोषाध्यक्ष सपना राना रहेका छन् ।
तानसेन बहुमुखी क्याम्पसमा युवा रेडक्रस सर्कल पुनर्गठन
बुधबार, असार २९, २०७९
जिल्लाको तानसेनमा रहेको तानसेन बहुमुखी क्याम्पसमा सञ्चालित युवा रेडक्रस सर्कल पुनर्गठन भएको छ । सुमित रेग्मीको अध्यक्षतामा सर्कलको बुधबार पुनर्गठन गरिएको हो ।
एसइईको नतिजा साउन पहिलो हप्ता आउने
बुधबार, असार २९, २०७९
असार मसान्तभित्र माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशन गर्ने गरी तयारी गरेको माध्यामिक शिक्षा परीक्षा (एसईई) परीक्षा नियन्त्रण कार्यालयले यसपटक ढिला गर्ने भएको छ । विविध कारणले परीक्षणमा ढिलाई भएकाले यस वर्ष एसइई नतिजा प्रकाशनका लागि साउन पहिलो सातासम्म कुर्नुपर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
तिनाउमा स्काउट प्रशिक्षक प्रशिक्षण तालिम
शनिबार, असार २५, २०७९
पाल्पा, तिनाउ गाउँपालिकाको आयोजना, शिक्षा शाखाको समन्वयमा गाउँपालिका स्तरीय शिक्षक स्काउट प्रशिक्षक प्रशिक्षण तालिम भएको छ । असार १८ गते देखि सञ्चालन भएको तालिममा पालिकाका २१ वटा आधारभुत विद्यालयका स्काट शिक्षकहरुको सहभागिता रहेको थियो ।


