Shittalpati
पाल्पामा भेटियो पुरानो ग्रिनेड, सेनाद्वारा डिस्पोज गर्ने तयारी
पाल्पामा भेटियो पुरानो ग्रिनेड, सेनाद्वारा डिस्पोज गर्ने तयारी जिल्लाको तानसेन नगरपालिका–११, जोगीपानीमा ग्रिनेड फेला परेको छ । माओवादी सशस्त्र द्वन्द्वका बेला राखिएको हुनसक्ने आशंका गरिएको ग्रिनेड जोगीपानीस्थित लिपिन्देवी आधारभूत विद्यालयनजिकै भेटिएको हो ।
देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै दुर्घटनामा सात जनाको मृत्यु
देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै दुर्घटनामा सात जनाको मृत्यु देशका विभिन्न स्थानमा भएका छुट्टाछट्टै घटनामा सात जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार विभिन्न जिल्लामा भएका सवारी साधन,आगलागी र करेन्ट लागेर सात जनाको मृत्यु भएको हो । 
छ महिनामा कर्तव्य ज्यान मुद्दाका चार सय छ अभियुक्त पक्राउ
छ महिनामा कर्तव्य ज्यान मुद्दाका चार सय छ अभियुक्त पक्राउ चालु आर्थिक वर्षको छ महिनाको अवधिमा कर्तव्य ज्यान मुद्दामा संलग्न पाँच सय २९ जनामध्ये चार सय छ जना पक्राउ परेका छन् । तीमध्ये पुरुष तीन सय ६० र महिला ४६ जना छन् । तीमध्ये सात पुरुष र एक जना महिला विदेशी हुन् ।
रामपुरमा समृद्ध जीवन विषयक प्रवचन कार्यक्रम 
रामपुरमा समृद्ध जीवन विषयक प्रवचन कार्यक्रम  जिल्लाको रामपुरमा समृद्ध जीवन विषयक प्रवचन कार्यक्रम भएको छ । रामपुर नगरपालिकाको आयोजनामा जीवन विज्ञान सम्बन्धी जानकारी गराई जीवनलाई सुखि र समृद्ध बनाउन सक्षम बनाउने उद्देश्यल प्रवचन कार्यक्रम गरेको हो ।
प्रभु बैंकका सिनियर डेपुटी सिइओ न्यौपानेसहित दश जना पक्राउ
प्रभु बैंकका सिनियर डेपुटी सिइओ न्यौपानेसहित दश जना पक्राउ केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले प्रभु बैंकका सिनियर डेपुटी सिइओ मनोज न्यौपानेसहित दश जनालाई पक्राउ गरेको छ । 
आज मगर एकता दिवस मनाइँदै, पाल्पाका स्थानीय सरकारले दिए सार्वजनिक विदा
आज मगर एकता दिवस मनाइँदै, पाल्पाका स्थानीय सरकारले दिए सार्वजनिक विदा मगर समुदायले आज पाल्पासहित देशैभर ४२ औं  नेपाल मगर संघ स्थापना एवं मगर एकता दिवस मनाउँदैछन् । मगर जातिको पहिचान, भाषा संस्कृतिको संरक्षण र एकताका लागि जुट्दै आएका संघ–संस्थाले विभिन्न कार्यक्रम गरी दिवस मनाउन लागेका हुन् 
 लघुवित्त पीडितहरूले गरे संसद् भवनभित्र प्रदर्शन
 लघुवित्त पीडितहरूले गरे संसद् भवनभित्र प्रदर्शन लघुवित्त पीडितहरुले संघीय संसद भवन भित्र प्रवेश गरेर विरोध प्रदर्शन गरेका छन् । संसद भवनमा बैठक सञ्चालन भइरहेको बेला उनीहरु संसद परिसरमै पुगेर प्रदर्शन गरेका हुन् ।
मिटरब्याज पीडितलाई वार्तामा आउन गृहको पत्र
मिटरब्याज पीडितलाई वार्तामा आउन गृहको पत्र गृह मन्त्रालयले आन्दोलनरत मिटरब्याज पीडितलाई छलफलका लागि पत्र पठाएको छ । गृह मन्त्रालयका सहसचिव रुद्रप्रसाद पण्डितको संयोजकत्वमा वार्ता टोली गठन गरेर मन्त्रालयले मिटरब्याज पीडितलाई छलफलका लागि बोलाएको हो ।
भवन निर्माणमा ढिलाइ भएकोप्रति असन्तुष्टि
भवन निर्माणमा ढिलाइ भएकोप्रति असन्तुष्टि सङ्घीय संसद् भवन निर्माणमा भइरहेको ढिलाइप्रति प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सदस्यहरुले असन्तुष्टि जनाएका छन् । समितिको आजको बैठकमा तोकिएको अवधिमा निर्माण सम्पन्न नभएको र भवन निर्माण गर्दा नेपालको मौलिकता समेत नझल्किएको भन्दै सांसदहरुले असन्तुष्टि व्यक्त गरेका हुन् ।
लुम्बिनी त्रि-दिवसीय त्रिपिटक वाचन हुँदै
लुम्बिनी त्रि-दिवसीय त्रिपिटक वाचन हुँदै अखिल नेपाल भिक्षु महासङ्घको आयोजनामा आउँदो फागुन २० देखि २२ गतेसम्म बुद्ध जन्मभूमि लुम्बिनी उद्यानमा त्रि–दिवसीय पवित्र त्रिपिटक वाचन हुने भएको छ ।
पाल्पा जेसीजलाई चितवनमा अवार्ड
पाल्पा जेसीजलाई चितवनमा अवार्ड पाल्पा जेसीजले उत्कृष्ट अवार्ड प्राप्त गरेको छ । नेपाल जेसीजको आयोजनामा चितवनको सौराहामा भएको नेशनल काउन्सिलर एकेडेमी २०२४ को अवसरमा जेसीज पाल्पा शाखाले ‘हन्ड्रेड प्रसेन्ट ईफिसेन्सी अवार्ड फर दी मन्थ अफ जनवरी’ अवार्ड प्राप्त गरेको हो ।
स्वामी लोकानन्द महाराजले गरे तानसेनस्थित शिवधामको दर्शन 
स्वामी लोकानन्द महाराजले गरे तानसेनस्थित शिवधामको दर्शन  धार्मिक गुरु तत्वदर्शी ब्रहमनिष्ट सन्त शिरोमणी स्वामी लोकानन्द महाराजले तानसेन नगरपालिका– ५ स्थित लक्ष्मी मावी माथि रहेको ढाँडकुटीमा नर्मदेश्वर शिवलिङ्गको दर्शन गरेका छन् ।
Weather Update