Shittalpati
‘एक घर एक लालीगुँरास’ : हरित सोच, समृद्ध समाज
‘एक घर एक लालीगुँरास’ : हरित सोच, समृद्ध समाज लालीगुराँस नेपालको राष्ट्रिय फूल हो । यो फूललाई भारतको उत्तराखण्ड राज्यको पनि राष्ट्रिय फूलको रूपमा राखिएको छ । यो फूल पहाडी भेगमा पाईने गुराँसको फूल हो । यो सामान्यतया माघ, फागुन तिर फूलेको देखिन्छ । तर छिटो फूल्ने ठाउँमा यो फूल पुषको महिनामा पनि फूलेको देखिन्छ । फूलको रंग रातो...
श्रमिकको सुरक्षामा ध्यान देऊ
श्रमिकको सुरक्षामा ध्यान देऊ उद्योग, व्यवसाय, कम्पनी, सघं संस्था सञ्चालन गर्न पहिलो प्राथमिकतामा श्रमिक पर्छन् । श्रमिकबिना कुनै पनि संस्थाको काम राम्रो र व्यवस्थित ढङ्गले सञ्चालन हुन सक्दैन । कुनै पनि प्रतिष्ठानमा काम गर्ने श्रमिकको स्वास्थ्य रक्षा र सुरक्षा महत्वपूर्ण विषय हो । तर श्रमिकको स्वास्थ्य र उत्पादकत्वसँग जोडिएको व्यवसायजन्य सुरक्षा र स्वास्थ्यलाई खासै...
शिक्षा, स्वास्थ्य अधिकार र आन्दोलन  
शिक्षा, स्वास्थ्य अधिकार र आन्दोलन   नेपालमा आन्दोलनको महौलले निकै चर्चा पाइरहेको छ । आन्दोलन आफैमा असन्तुष्टीलाई सन्तुष्टिको मार्गतर्फ अग्रसर गराउने महत्वपूर्ण माध्यम पनि हो तर त्यसको आवश्यकता र औचित्यलाई कसरी बुझ्ने भन्ने विषय महत्वपूर्ण छ । मुलुकमा अहिले शिक्षक, चिकित्सक लगायत विभिन्न पेशा र व्यवसायसँग आवद्ध हुनेहरु प्रायः आन्दोलनमा व्यस्त देखिएका छन् ।
विश्व नृत्य दिवसको सन्दर्भ
विश्व नृत्य दिवसको सन्दर्भ विश्व नृत्य दिवस आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरि मनाइँदैछ । आजको दिन नृत्यकलाको संस्कृति, परम्परा एवं संस्कार विकसित भएका देशहरुमा नृत्यकलाको सम्मान, त्यसप्रति मानिसहरुको ध्यानाकर्षण तथा चेतना अभिवृद्धि गर्ने उद्देश्यले नृत्यकला प्रदर्शन गर्ने गरिन्छन् ।
कार्यस्थलमा सुरक्षा र स्वास्थ्यको लागि दिवस
कार्यस्थलमा सुरक्षा र स्वास्थ्यको लागि दिवस आज नेपालसहित विश्वभर काममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस मनाइँदै छ । अन्तर्राष्ट्रिय श्रम सङ्गठनको पहलमा हरेक वर्ष २८ अप्रिलमा यो दिवस मनाउने गरिन्छ । ठूला औद्योगिक राष्ट्रहरुसँगै विकासको दौडमा लागेका राष्ट्रहरुले कामदार, मजदूरको सुरक्षा र स्वास्थ्यमा ध्यान दिन सकुन् भनेर यो दिवस मनाउने गरेको पाइन्छ ।
मातातीर्थ औँसीले दिने प्रेरणा
मातातीर्थ औँसीले दिने प्रेरणा मातातीर्थ औँसी एक किसिमको चाड हो । यो पर्व हरेक वर्ष वैशाख शुक्लपक्षको औँसी तिथिमा मनाइन्छ । यस वर्ष यो पर्व आज परेको छ । यस दिनलाई मातृ औँसी पनि भनिन्छ । व्यवहारमा भने आमाको मुख हेर्ने दिनको नामले यो पर्व बढी परिचित छ ।
काव्यमा ‘तीर्थाटन’
काव्यमा ‘तीर्थाटन’  ‘तीर्थाटन’ काव्य सङ्ग्रहका लेखक स्व. लोकनाथ उपाध्याय रेग्मीको नाति एवं सुदन प्रकाश रेग्मीको भाञ्जा चोलाकान्त पौडेलसँग मेरो सान्निध्यता अभिभावकीय मित्रको रूपमा चार दशक अघि देखि नै रहँदै आएको छ ।
बौद्धिक सम्पत्तिको संरक्षण गरौं
बौद्धिक सम्पत्तिको संरक्षण गरौं विश्व बौद्धिक सम्पत्ति संगठन अस्तित्वमा आएको दिनको सम्झनामा हरेक वर्षको अप्रिल २६ लाई विश्व बौद्धिक सम्पत्ति दिवसका रूपमा मनाइँदै आएको छ । यस वर्ष पनि आज विश्वभर विविध कार्यक्रमहरुको आयोजना गरी दिवस मनाइँदै छ । बौद्धिक सम्पत्ति मानिसको आफ्नो सीप, क्षमता र दक्षताको प्रयोग गरी तयार गरेको सिर्जनात्मक कार्य हो ...
भूकम्पको सम्झना
भूकम्पको सम्झना २०७२ वैशाख १२ गते दिनको १२ बजे नेपालमा ठूलो भुइँचालो गएको थियो । यसलाई मध्यनजर राखेर प्रत्येक वर्ष वैशाख १२ गतेलाई सम्झने गरिन्छ । त्यति बेला भूकम्पले झण्डै नौ हजार नेपालीको ज्यान लिएको थियो । उक्त भूकम्पका कारण लाखौंको संख्यामा निजी घरहरु ध्वस्तसमेत भएका थिए ।
लोकतन्त्र दिवसको सान्दर्भिकता
लोकतन्त्र दिवसको सान्दर्भिकता आज लोकतन्त्र दिवस । तत्कालीन राजा ज्ञानेन्द्र शाहले त्यसअघि विगठित संसद्को पुनःस्थापना गरी ‘जनताको नासो जनतालाई नै फिर्ता गरेको’ र आफू देशको कार्यकारी प्रमुखबाट हटेको घोषणा गरेको वि.सं. २०६१ वैशाख ११ को स्मरण गरी यो दिवस मनाइन्छ ।
पुस्तक र प्रतिलिपि अधिकार दिवसको सन्दर्भ
पुस्तक र प्रतिलिपि अधिकार दिवसको सन्दर्भ हरेक वर्ष अप्रिल २३ को दिनलाई “विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस” का रूपमा मनाउने गरिएको छ । सन् १९९५ मा फ्रान्सको पेरिसमा भएको संयुक्त राष्ट्रसंघीय शैक्षिक तथा साँस्कृतिक संगठन युनेस्काको महासभाले अप्रिल २३ को दिनलाई विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवसको रुपमा मनाउने घोषणा गरेको थियो । सोही अनुसार...
पृथ्वी जोगाऔं
पृथ्वी जोगाऔं पृथ्वीमाथि मानिसको अव्यवस्थित दोहन बढ्दै गएको छ । जसका कारण प्राकृतिक विपत्ति समेत बढ्दो छ । प्रकृति र पर्यावरण माथिको खेलवाडले जलवायु परिवर्तनको चपेटामा पृथ्वी परेको छ ।
Weather Update