Shittalpati
के ओलीको भोलि सहज होला ?

प्रकाश नेपाल
नेपाली भाषामा चलन चल्तीको उखान छ कुुकुरलाई घिउ पचेन हो । आज हाम्रो मुलुकमा नेकपा रुपी कुकुरलाई घिउ नपचेको हो । नेकपामा पनि ओलीलाई हो । ओलीको व्यक्तिगत मनोवृतिका कारण मुलुक अधोगतीतर्फ उन्मूख भयो । भनिन्छ बादरले आफ्नो बास पनि बनाउँदैन अर्काको पनि भत्काउछ । हो ओली त्यहि मानव रुपी बादर भन्दा केही फरक पर्दैन । अ‍ोलीको हट र स्वभावका कारण अबका दिनहरुमा गणतन्त्रको संस्थागत विकासमा अवरुद्ध हुनेछ । यस लेखकले पटक–पटक भन्ने गरेको छ यो मुलुकको लागि कोरोना भाइरस भन्दा ओली खतरा हो भन्दा कमरेडहरुको आलोचना खेप्नु परेको थियो तर आज यहि कुरा सत्यतामा परिणत भएको छ ।

ओलीले संसद विघटन गर्नु सामान्य कुरा हो तर त्यसको कारण पहिल्याउनु महत्व पूर्ण जस्तो लाग्दछ । ओली वास्तवमा भारतीय एजेन्ट हुन भन्ने लाग्न सक्दछ । भारतिय गुप्तचर संस्थाका उनी खास मानिस हुन् उनको भारतिय गुप्तचर संस्थासँग राजनीतिक तह भन्दा बलियो छ । सबैलाई लाग्न सक्दछ गुप्तचर संस्थाका प्रमुखसँग यो नै पहिलो भेट हो भन्नेमा । यस अगाडि २०६९ सालको बैशाख ३१ गते बेलुका ५ बजे होटल एभरेष्टको सातौं तलामा भारतिय गुप्तचर संस्थाका प्रमुख सजिव त्रिपाठीसँग पनि औपचारीक रुपमा भेटवार्ता गरेका थिए । उनी सिविआईबाट नियमित तलब खाने कर्मचारी जस्तै थिए उनको नालीबेली खोतल्दा उनी महाकाली सन्धीको खुलेर पक्षमा लाग्ने व्यक्ति हुन् । उनको सम्बन्ध भारतसँग संविधान जारी गर्ने समयमा बिग्रिएको थियो । त्यस समयमा मधेसवादी दलहरुको कटु आलोचक बनेका कारण चर्चामा आए । उनी त्यस भन्दा अगाडि माओवादी जनयुद्वको आलोचक भएका कारण राजनैतिक रुपमा चर्चामा आएका व्यक्ति हुन् ।

संविधान जारी गर्ने समयमा मधेसवादी दललाई बाइपास गरेका कारण ओलीसँग दिल्ली रिसायो । त्यही समयमा मधेसीदलसँग मिलेर आन्दोलन गरेको माओवादी आन्दोलन छोडेर काँग्रेस एमालेसँग मिलेर संविधान बनाउने विषयमा सहमती गरेपछि दिल्ली तर्सियो । त्यस समयमा मधेशीदलको सहमती बिना संविधान जारी नगर्न दिल्लीले आफनो दुत पठायो तर तत्कालीन प्रधानमन्त्री शुसिल कोइराला र राष्ट्रपति रामवरण यादव सहमत भए पनि यिनै ओली र काँग्रेसका कृष्ण प्रसाद सिटौलाको दवाबमा संविधान जारी भयो । २०७२ साल असोज ६ गतेबाट भारतले नाका बन्दी गर्‍यो तर ओलीले जमेरै विरोध गरे । संविधान जारी गर्नबाट ओलीलाई रोक्न भारतको प्रयास असफल भयो । नाका बन्दी हटेपनि ओलीको दिल्लीसँगको सम्बन्ध खासै राम्रो भएन । परिमाण ओली सत्ताच्युत हुनु पर्‍यो । संघीय र प्रदेशको निर्वाचनमा फरक–फरक दुई धु्रवका पार्टीले गठबन्धन बनाएर निर्वाचनमा लड्ने र गठ बन्धनको बहुमत आउने लक्षण देखेपछि दिल्ली फेरि तर्सियो । दिल्लीले सम्बन्ध नबढाए ओलीको झुकाव र लगाव उत्तरी धु्रवतर्फ हुन सक्ने शंका दिल्लीले गर्‍यो । नभन्दै गठ बन्धनले बहुमत ल्यायो । ओलीको दोस्रो पटक सत्ता रोहण भन्दा अगाडि दिल्लीको विशेष दुतको रुपमा सुष्मा स्वराज काठमाडौ आएर होटल सोल्टीमा भेटवार्ता गरिन् । सत्ता रोहण पछि औपचारिक रुपमा नेपालसँग सम्बन्ध घनिष्ठ बनाउन र ओलीसँग मिलेर काम गर्न दिल्लीतयार भएको भन्दै मोदीको सन्देश सहित विशेष विमानमा स्वराज पुनः काठमाडौं आइन् । पछिल्लो समयमा नक्सा प्रकरणले दिल्ली रिसाएको थियो । जब भारतिय गुप्तचर संस्थाका प्रमुख सामन्त गोयल काठमाण्डौँ आउने वातावरण ओलीले बनाएपछि यस्ता अवाञ्छित क्रियाकलाप त्यहिबाट विजारोपण भएको हो । ओलीले भारतिय गुप्तचर संस्थाका प्रमुखलाई भेट्न नेपालको गुप्तचर संस्थाका प्रमुख गणेश अधिकारीलाई औपचारिक र अनौपचारिक रुपमा दिल्ली पठाएका थिए । ओलीले यो सबै हर्कत आफ्ना प्रभु दिल्लीको इसाराबाट गरेको हो यसले मुलुकको लागि कति नाफा कति घाटा भन्दा पनि निकट भविष्यमा ओलीको मलामी घटेको भने पक्कै हो । २०५१ सालमा गिरिजा प्रसाद कोइरालाले यस्तै हर्कत गर्दा मध्यावधि निर्वाचनमा काँग्रेस धेरै खुम्चिन पर्‍यो । त्यस पछिका दिनमा मुलुकले ठूलो धनजनको नोक्सानी बेहोर्न पर्‍यो । २०५६ सालमा तिनै गिरिजाले पार्टीलाई पुरानै अवस्थामा ल्याए पनि त्यो लामो समयसम्म टिकाउ हुन सकेन । ओलीले पनि त्यस्तै सपना देखेरै मध्यवधीको घोषणा गरे तर समय ज्यादै फरक छ । गणतन्त्र, संघीयता कायमै रहला भन्नु दिउँसो मण्डलमा देखेको सपना जस्तै हुनेछ । त्यसका पछाडी धेरै कुरा छिपेका छन् । यिनै नेकपाका अध्यक्ष ओली हुन पूर्वराजा ज्ञानेन्द्रले संसद् पूर्नवाहालीको घोषणा गर्ने क्रममा दरवारमा पुगेर ज्ञानेन्द्रलाई भनेका थिए । मौसुफ सरकारलाई दलहरुबाट धोका भयो भनेर पहिलो सन्देश पु¥याउने व्यक्ति हुन् ओली । उनलाई आम नागरिक र मुलुकको माया पटक्कै छैन् । हुन त उनी १४ वर्ष प्रजातन्त्र प्राप्तिका लागि कष्टकर रुपमा जेल जीवन बिताएका व्यक्ति हुन् । तर उनी त्यसै नभई वर्ग संघर्षको नाममा आदिवासी र राजवंशी सहित निर्दोष आठ जनाको निर्मम हत्या गरेको अभियोगमा जेल गएका हुन् ।

इतिहासकै शक्तिशाली, इतिहासकै भ्रष्ट व्यक्तिका रुपमा स्थापित ओलीसँग मध्यवधीको विकल्प थियो । विकल्प नै प्रयोग नगरी भारतीयहरुको परामर्शमा संसद् विघटनको सिफारिस गर्नु भनेको आम जनताप्रति गरेको बेइमानी हो । ओलीका कारण मुलुक पुनः विकासका हिसाबले पछाडी पर्नेछ । आफ्ना कर्तुत लुकाउन अख्तियारमा आयुक्त नियुक्ती गरे जब जनताले चाहेको खण्डमा गोकुल बास्कोटादेखि बालुवाटार जग्गा, विमान खरिद, स्वास्थ्य सामग्री खरिद प्रकरणको हिसाव किताब अब जनताले सडकबाट चुक्ता गर्नेछन् । अबका दिनमा ओलीलाई जसरी अफ्ठारो छ त्यस्तैगरी विद्या भण्डारीलाई पनि हुने छ । त्यसले गर्दा भोलिका दिन ओलीलाई सहज नहुन सक्दछ । हुन त अन्य मुलुकमा पनि बदमासी गरेका सरकार प्रमुखले देश छोडेर विदेशमा निर्वासित जीवन विताएका घटना छन् । ओली र विद्याका लागि पनि त्यस्तै नहोला भन्न सकिदैन । (लेखक जिल्लाका क्रियाशील एवं समसामयिक विषयमा खरो रुपमा कलम चलाउने युवा पत्रकार समेत हुन् ।)

प्रकाशित मिति: मंगलबार, पुस ७, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update