Shittalpati
प्रतिपक्षको आन्दोलन

प्रमुख प्रतिपक्षी दलको हैसियतबाट नेपाली काँग्रेसले आजदेखि आफ्ना आन्दोलनका कार्यक्रमलाई सार्वजनिक गर्दै देशव्यापी रुपमा विरोध प्रर्दशन गर्ने निर्णय गरेसँगै देशव्यापी रुपमा सुरुक्षा अवस्था अत्यन्तै मजबुत बनाउने कार्य शुरु भएको छ । सरकारले विभिन्न किसिमका अनियमितता गरेको र देशमा सुशासन कायम गर्न नसकेको भन्ने गुनासाहरुका कारण पनि प्रतिपक्ष आन्दोलित भएको हो । ओली सरकारले गरेका विभिन्न खालका कमी कमजोरीको उजागर गर्ने सोंचका साथ काँग्रेस आन्दोलत भएको हो भनेर भन्न सकिन्छ । नेकपाभित्रै बढेको खटपटसँगै सत्ताधारी पार्टी नेकपाका नेताहरु बीचको भएको खिचातानीबाट प्राप्त परिणामसँगै सरकार पनि अलमल्ल गरेको अवस्था हो ।

सरकारले नेपाली काँग्रेसका नेता तथा कार्यकर्तालाई विभिन्न वहानामा दुःख दिनुका साथै वरिष्ठ नेता रामचन्द्र पौडेल माथि उनको गृह जिल्ला तनहँुमा गरिएको धरपकड जस्ता क्रियाकलापको भण्डाफोर स्वरुप आन्दोलनले नयाँ दीशावोध गर्नेछ । नेपाली काँग्रेसले सरकारलाई जनमुखि बन्न दवाव दिने सोंचका साथ यस्ता अभियानहरु सञ्चालन गर्ने जनर्को गरिरहदा सरकारले आफ्ना जनविरोधी क्रियाकलापलाई सच्याएर अगाडी बढनुको विकल्प छैन । यदि आन्दोलनलाई प्रक्रिया मात्रै हो सोंच बनाएर सरकारले सुनेको नसुनै गरे जस्तो गर्ने हो भने पनि देशले निकास पाउन सक्दैन । बढ्दो भ्रष्टाचार, शान्ति सुरक्षामा देखिएका कमी कमजोरीलाई क्रमशः सच्याउने काम भएन भने सरकार दिन प्रतिदिन समस्यामा पर्ने बाहेक केही पनि हुन सक्दैन । सरकारका विभिन्न खालका जनविरोधी गतिविधीको विरोध गर्दै सरकारलाई सरकारलाई दीशा निर्देश गर्ने कार्य प्रतिपक्षको हो । त्यसैले होला नेपाली जनताले प्रतिपक्षले जुन रुपमा काम गर्नुपर्ने हो गरेन भन्ने गुनासोलाई चरितार्थ गर्नुपर्ने हुन्छ । त्यसकारण यो औचित्य पुरा गर्ने क्रममा सहयोगी बनोस् भन्ने कामना गर्दछौं ।

प्रकाशित मिति: सोमबार, मंसिर २९, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update