नवजनचेतना राष्ट्रिय दैनिक २०८० वैशाख २३ गते शनिबार
शनिबार, वैशाख २३, २०८०
प्रहरीका लेखापाल घुससहित पक्राउ
शुक्रबार, वैशाख २२, २०८०
नेपाल प्रहरीका नायव निरीक्षक (सई)घुससहित पक्राउ परेका छन् ।
प्रहरीसँग जनताले विश्वास गर्न सक्नुपर्छ : प्रहरी महानिरीक्षक कुँवर
शुक्रबार, वैशाख २२, २०८०
प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरीसँग जनताले विश्वास गर्न सक्नुपर्ने बताएका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका विभिन्न भवनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
हेलिकोप्टर दुर्घटना : एकको मृत्यु
शुक्रबार, वैशाख २२, २०८०
सङ्खुवासभाको भोटखोला–४ मा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा एकको मृत्यु भएको छ । दुर्घटनामा परी स्थानीय भविन गुरुङको मृत्यु भएको डिएसपी वीरेन्द्र गोदारले जानकारी दिए ।
गुल्मीमा बढ्दो ‘लम्पी स्किन’
शुक्रबार, वैशाख २२, २०८०
गुल्मीका पशुचौपायामा ‘लम्पी स्किन’ रोगको संक्रमण बढ्दै गएको छ । करिब एक महिना अगाडिदेखि देखा परेको उक्त रोग अहिले जिल्लाभरी नै फैलिएको छ । संक्रमण बढ्दै गएपछि यहाँका किसान त्रसित भएका छन् । रुरुक्षेत्र गाउँपालिका–५ टाहाटिमका तुला गिरीको होलस्टाइन जातको लैनो गाईको एक महिना अगाडि खुट्टा सुन्निने र फोका उठ्ने...
आज बुद्ध जयन्ती : बुद्धप्रति आस्था प्रकट गरिदैं
शुक्रबार, वैशाख २२, २०८०
वैशाख शुक्ल पूर्णिमाका दिन आज देशभर २५६७ औँ बुद्ध जयन्ती भगवान् बुद्धप्रति आस्था प्रकट गरी मनाइँदैछ । भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिएका सिद्धार्थ गौतम बुद्धको पूजा आराधना, प्रवचन गरी जयन्ती मनाउन लागिएको हो ।
महाचैत्य विहार तानसेनद्वारा हाजिरी जवाफ
शुक्रबार, वैशाख २२, २०८०
ज्ञानमाला सभा महाचैत्य विहार तानसेनले सामुदायिक तथा निजी विद्यालयस्तरी हाजिरी जवाफ प्रतियोगिता गरेको छ । विहारले बुुद्ध जयन्तीको पूर्व सन्ध्या तथा २६४७ औं जन्म दिवस, २६१२ बुुद्धज्ञान दिवस, २५६७ महा परिनिर्वाणको उपलक्ष्यमा तानसेनमा विद्यालयस्तरीय हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गरेको हो । प्रतियोगितामा ६ सामुदायिक र १० निजी विद्यालयका विद्यार्थीहरुको सहभागिता...
कार्कीले गरे जिर्ण मन्दिरको पूनर्निर्माण
शुक्रबार, वैशाख २२, २०८०
पाल्पाको रिब्दीकोट गाउँपालिका– ८ फेकका सामाजिक व्यक्तित्व हरिबहादुर कार्कीले जिर्ण मन्दिरको पुनर्निर्माण गरेका छन् । हाल बुटवललाई कर्म थलो बनाउँदै आएका कार्कीले व्यक्तिगत खर्चमा गाउँमै चण्डीस्थान मन्दिर पुनर्निर्माण गरेका हुन् ।
उपभोक्ता हित संरक्षणले गर्याे अस्पतालमा सुधारको माग
शुक्रबार, वैशाख २२, २०८०
उपभोक्ता हित संरक्षण मञ्च गुल्मीले जिल्ला अस्पताल गुल्मीमा सुधारको माग गरेको छ । अस्पतालले दिदै आएको सेवा सुविधा प्रभावकारी नबनेको भन्दै मञ्चले सुधारको माग गरेको हो । मञ्चले अस्पताललाई ध्यानाकर्षण पत्र बुझाउँदै सेवालाई सुधार गर्दै प्रभावकारी बनाउन माग गरेको छ ।
बुद्धको उपदेश अनुसरण गरौं
शुक्रबार, वैशाख २२, २०८०
बुद्धजयन्ती भगवान् विष्णुको नवौं अवतारका रुपमा जन्म लिएका सिद्धार्थ गौतम बुद्धको पूजा आराधना, प्रवचन गरी मनाइँदै छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरणस्वरुप यो पर्व मनाइन्छ । ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’, यस्ता अनेकौँ कालजयी सन्देशका वाहक बुद्धको २५६७ औं जयन्तीमा शान्तिको कामना गरिदैछ ...
कालीगण्डकी नदीमा बेपत्ता युवक मृत फेला
बिहीबार, वैशाख २१, २०८०
गत शनिबार कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक युुवक मृत फेला परेका छन् । रामपुर नगरपालिका–४ स्थित कालीगण्डकीको कोप्चेघाटमा पौडी खेल्ने क्रममा बेपत्ता भएका २१ वर्षीय अभिषेक राउत विहीबार विहान मृत फेला परेका हुन् ।
नवनियुक्त तीन मन्त्रीद्वारा शपथ
बिहीबार, वैशाख २१, २०८०
नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले शपथ लिएका हुन् ।
सन्दीपलाई तीन दिन हिरासतमा राख्न अनुमति
बिहीबार, वैशाख २१, २०८०
नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने कार्यमा संलग्नता भएको आरोपमा पक्राउ परेका सन्दीप रायमाझीलाई जिल्ला अदालत काठमाडौँले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।