Shittalpati
गुल्मीमा वडाध्यक्ष मृत फेला
गुल्मीमा वडाध्यक्ष मृत फेला गुल्मीमा एक वडा अध्यक्ष  मृत फेला परेका छन् । जिल्लाको मुसिकोट नगरपालिका–१ का वडा अध्यक्ष मोहन घिमिरे शनिबार विहान मृत अवस्थामा फेला परेका हुुन् ।
१२ कक्षाको नतिजाले दिएको सन्देश
१२ कक्षाको नतिजाले दिएको सन्देश मंगलबार कक्षा १२ को परीक्षाफल प्रकाशित भएको थियो । वैशाख २६ गतेबाट जेठ ५ गतेसम्म सञ्चालन भएको परीक्षाको नतिजा झण्डै तीन महिनापछि आएको छ । परीक्षामा नियमिततर्फ झण्डै ३ लाख ७३ हजार र आंशिकतर्फ करिब ६१ हजार विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
इन्भेष्टमेन्ट मेगा बैंकले दिने भयो विद्युतीय स्कुटरमा सहुलियत कर्जा
इन्भेष्टमेन्ट मेगा बैंकले दिने भयो विद्युतीय स्कुटरमा सहुलियत कर्जा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ले विद्युतीय स्कुटर खरिदमा सहुुलियत कर्जा दिने भएको छ । बैंकले चारपाङ्ग विद्युतीय सवारीसाधनलाई उपलब्ध गराउँदै आएको सहुलियत पूर्ण कर्जा विद्युतीय स्कुटरलाई पनि उपलब्ध गराउने भएको हो ।
साना करदातालाई सहुलियत, ठूलालाई कडाई
साना करदातालाई सहुलियत, ठूलालाई कडाई सरकारले साना करदातालाई मूल्य अभिवृद्धि कर (भ्याट) मा सहुलियत दिएको छ भने ठूला करदातालाई केही कडाइ गरेको छ । आन्तरिक राजस्व विभागले कर विवरण दाखिलाको समय परिवर्तन गर्दै साना करदातालाई सहुलियत र ठूलालाई केही कडाइ गरेको हो ।
श्रमिकको न्यूनतम ज्याला बढ्यो
श्रमिकको न्यूनतम ज्याला बढ्यो सरकारले चालुु आर्थिक वर्षको साउन १ देखि नै लागू हुने गरी श्रमिकको न्यूनतम तलब मासिक १७ हजार ३ सय कायम गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गर्दै श्रमिकको तलब वृद्धि गरेको हो ।
भद्रगोल बालसुधार गृह
भद्रगोल बालसुधार गृह बालबालिकाले गरेका कानुन विपरीत कार्यमा बालमैत्री तरिकाले अनुसन्धान तथा कानुन बमोजिम सजाय दिनुपर्ने त्यस्ता गतिविधिमा अन्य कसुरदारलाई राखिने स्थलभन्दा फरक स्थानमा राखी आचरण सुधार गर्ने र आधारभूत अधिकार प्रत्याभूबालबालिकाले गरेका कानुन विपरीत कार्यमा बालमैत्री तरिकाले अनुसन्धान तथा कानुन बमोजिम सजाय दिनुपर्ने त्यस्ता गतिविधिमा अन्य कसुरदारलाई राखिने स्थलभन्दा फरक स्थानमा राखी...
दुःख दिए बाँदर र बदेलले, धपाउन बारीमै बास
दुःख दिए बाँदर र बदेलले, धपाउन बारीमै बास बाली नालीलाई बाँदरले मात्र होइन बदेलले पनि सखाप पार्ने गरेको छ । जंगलनजिकै खेतीबारी हुने किसानहरु दिनभरि बाँदर धपाउँछन् भने राति बदेल ढुकेर बस्छन् । पछिल्लो समय पाल्पा र गुल्मीका अधिकांस ठाउँका किसान दिनरात नभनी खेतबारीमै बास बस्न बाध्य छन् ।
वर्षाका कारण जनजीवन प्रभावित, सतर्क रहन आग्रह
वर्षाका कारण जनजीवन प्रभावित, सतर्क रहन आग्रह अविरल वर्षाका कारण पाल्पा, गुल्मीसहित अधिकांस जिल्लाहरुको जनजीवन प्रभावित भएको छ । वर्षाका कारण केही स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएका छन् भने तराई क्षेत्रमा डुवान भएको छ । निकास नहुँदा तानसेनका सडक भएर पानी बग्दा आवागमनमा अप्ठ्यारो भएको छ ।
पाल्पामा पनि मनाइयो अन्तर्राष्ट्रिय युवा दिवस
पाल्पामा पनि मनाइयो अन्तर्राष्ट्रिय युवा दिवस अन्तर्राष्ट्रिय युवा दिवस पाल्पामा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । ‘दिगो विकासको लक्ष्य प्राप्तिमा युवाको साथ :  नवप्रवर्तन र उद्यमशीलतामा हरित सिप विकास’ भन्ने नाराका साथ शनिबार दिवस मनाइएको हो । दिवसका अवसरमा नेपाल परिवार नियोजन संघ पाल्पा र रोट्रयाक्ट क्लव अफ पाल्पाको संयुक्त आयोजनामा उत्कृष्ट युवा सम्मान तथा...
पचभैया फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित
पचभैया फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिजले ‘फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८०’ स्व किसन राई (मरणोपरान्त) पुरस्कारबाट पाल्पाका क्रियाशिल पत्रकार देव पचभैया सम्मानित भएका छन् । 
Weather Update