Shittalpati
औपचारिकतामै सिमिति नहोस् युवा दिवस
औपचारिकतामै सिमिति नहोस् युवा दिवस अन्तर्राष्ट्रिय दिवस विश्वभर विभिन्न कार्यक्रम गरी मनाइदै छ । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २००० देखि विश्वभर युवा सम्बन्धी विभिन्न चेतनामूलक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू गरी यो दिवस मनाउन थालिएको हो । राष्ट्र संघकै घोषणा अनुसार हरेक वर्षको १२ अगष्टलाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने गरिन्छ ।
आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै आज नेपालसहित विश्वभर ‘अन्तर्राष्ट्रिय युवा दिवस’ मनाइँदै छ । देशभर युवासँग सम्बन्धित विभिन्न गैरसरकारी संघसंस्थाले कार्यक्रम गरी दिवस मनाउन लागेका हुन् ।
बन्धक बन्यो संसद्, अझै हटेन अवरोध
बन्धक बन्यो संसद्, अझै हटेन अवरोध लगातार बैठक चल्न नदिएको प्रमुख प्रतिपक्षी एमालेले शुक्रबार पनि संघीय संसद्का दुवै सदनका बैठक अवरोध गर्यो। एक क्विन्टल सुन तस्करीको छानविन गर्नका लागि उच्चस्तरीय समिति गठनको माग गर्दै आएको एमालेले संसद् बैठक अवरुद्ध गर्दै आएको छ । एमालेको अवरोधपछि बैठक स्थगित गरिएको छ ।
घर, टहरा भत्काइएको क्षेत्र बन्यो पार्किङ्ग स्थल
घर, टहरा भत्काइएको क्षेत्र बन्यो पार्किङ्ग स्थल तानसेन नगर सरकारले ऐतिहासिक पाल्पा दरबार क्षेत्र वरपरका घर, टहरा भत्काएपछि बनेको पार्किङ्ग स्थल । नगर सरकारले तानसेनको मुटुमा रहेको दरबारलाई सुन्दरता प्रदान गरी विश्व पर्यटकीय गन्तव्यको रुपमा अगाडि बढाउने उद्देश्यले वैशाख ६ गते यहाँका ५७ घर, टहरा भत्काएको थियो ।
के एमालेले सधै संसद् अवरोध गरिरहने हो ?
के एमालेले सधै संसद् अवरोध गरिरहने हो ? प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको संसद् अवरोध गर्ने कार्य उसको विशेषता नै बनेको छ । सत्तामा हुँदै पनि संसद्प्रति अनुदार देखिएको एमाले सत्ताबाहिर हुँदा निरन्तर त्यसविरुद्ध उभिँदै आएको छ । जनताका प्रतिनिधिहरूको आवाज व्यक्त गर्ने ठाँउ निरन्तर अवरोध हुँदा संसद्माथि नै प्रश्न उठ्ने गरेको छ । एमालेले अब कतिञ्जेल यो...
सिटिजन्सका ग्राहकलाई क्रिमसन अस्पतालमा छुट
सिटिजन्सका ग्राहकलाई क्रिमसन अस्पतालमा छुट सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले रुपन्देहीको तिलोत्तमास्थित क्रिमसन अस्पतालमा छुट पाउने भएका छन् । बैंक र अस्पतालबीच ग्राहकहरूलाई विशेष छुट दिने समझदारी भएसँगै बैंकका ग्राहकले छुट पाउने भएका हुन् ।
लम्पी स्किन पीडितलाई क्षतिपूर्ति देऊ
लम्पी स्किन पीडितलाई क्षतिपूर्ति देऊ देशभरका पशुमा देखिएको ‘लम्की स्किन’ रोग महामारीको रुपमा देखिएको छ । यो रोगका कारण हजारौं पशुको मृत्यु हुँदा पनि यसको रोकथामतर्फ कसैको ध्यान गएको देखिँदैन । सरकारले यस रोग नियन्त्रणका लागि प्रभावकारी कदम चालेको दावी गरे पनि पूर्णरुपमा रोकिएको छैन ।
निरन्तर घटेको नेप्से बढ्यो
निरन्तर घटेको नेप्से बढ्यो मौद्रिक नीतिपछि लगातार घट्दो क्रममा रहेको सेयर बजार परिसूचक नेप्से बुधबारदेखि भने बढेको छ । बुधबार घट्न रोकिएर सामान्य वृद्धि भएको नेप्से बिहिबार पनि बढेको हो ।
पाल्पा सबस्टेसनको आईईका लागि सार्वजनिक सुनुवाई
पाल्पा सबस्टेसनको आईईका लागि सार्वजनिक सुनुवाई पाल्पा सबस्टेसन तथा प्रसारण लाइन आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षण (आईई) का लागि सार्जजनिक सुनुवाई कार्यक्रम गरिएको छ । नेपाल विद्युत प्राधिकरणद्वारा प्रस्तावित आयोजनाको आईई प्रतिवेदनका लागि सरोकारवाला निकायसँग सुझाव संकलन गर्न सार्वजनिक सुनुवाई गरिएको हो ।
रामपुरमा व्यवसायिक फर्मको अनुगमन, अधिकांस पसल नविकरण नगरी सञ्चालन
रामपुरमा व्यवसायिक फर्मको अनुगमन, अधिकांस पसल नविकरण नगरी सञ्चालन जिल्लाको रामपुरमा व्यवसायिक फर्मको अनुगमन गरिएको छ । रामपुर नगर सरकारले व्यवसायीलाई करको दायरामा ल्याउने उद्देश्यले अनुगमन गरेको हो । नगर सरकारले मुख्य बजार बेझाँड क्षेत्रका पसल तथा व्यवसायको अनुगमन गरेको छ ।
Weather Update