सुुन बरामद प्रकरण : बुटवलका दुई सुन पसल सिल
सोमबार, असार १८, २०८०

खेलकुद विकासका लागि लगानी र सोच आवश्यक रहेकोमा जोड
सोमबार, असार १८, २०८०
खेलकुद विकासका लागि लगानी र सोच आवश्यक रहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च पाल्पा शाखाले आयोजना गरेको ‘खेलकुदको अवस्था र सम्भावना’ विषयक अन्तरक्र्रियामा सहभागीहरुले यस्तो बताएका हुन् ।

मुठ्ठीदानबाट रामपुरको मदरसा विद्यालय सञ्चालन
सोमबार, असार १८, २०८०
पाल्पा रामपुर नगरपालिका–४ स्थित इस्लामपुरमा रहेको मदरसा नुरुल हुदा आधारभूत विद्यालय एक नमुना धार्मिक विद्यालय हो । जहाँ मुस्लिम समुदायका बालबालिकालाई शिक्षा दिन चन्दा उठाएर, विद्यार्थीबाट मुठ्ठीदान संकलन (जकात फण्ट) गरी विद्यालय सञ्चालन गरिएको छ ।

आज गुरु पूर्णिमा, गुरुजनप्रति श्रदाभाव प्रकट गरी मनाइँदै
सोमबार, असार १८, २०८०
आज असार शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा । यस दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गर्ने गरिन्छ । आजको दिन आफूलाई शिक्षा दिने, मन्त्र दिने गुरुलाई सम्मान गर्ने दिन हो । आज पूर्णिमा व्रत ब्यास पूजा जयन्ती हो । गुरुलाई आमा–बुबा सरह...

लुम्बिनीमा एमालेको विरोध कायमै, आइतबारको संसद बैठक पनि स्थगित
आइतबार, असार १७, २०८०
लुम्बिनी प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले विरोध कायमै छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ल्याएको बजेटमाथि छलफल गर्न पटक –पटक बैठक बोलाइए पनि एमाले सांसद्को विरोधका कारण स्थगित हुँदै आएको छ । आइतबारको बैंठक पनि एमालेका सांसदहरुको नाराबाजी पछि स्थगित भएको छ ।

भारतले पठायो पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची
आइतबार, असार १७, २०८०
भारतीय आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची पठाएको छ । इण्डियन आयल कर्पोरेशनले हरेक १५ दिनमा नेपाल आयल निगमलाई पठाउने व्यवस्था अनुसार नयाँ नेपाल आयल निगमलाई नयाँ मूल्य सूची पठाएको हो ।

एसइई नतिजा यसै हप्ता आउने
आइतबार, असार १७, २०८०
राष्ट्रिय परीक्षा बोर्डले २०७९ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा यसै हप्ता सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डले असार २३ गतेभित्र एसइईको नतिजा सार्वजनिक गर्ने गरी काम गरेको जनाएको छ ।

नौ हजार पाँच सय ९० जनाले बुझाएनन् सम्पत्ति विवरण
आइतबार, असार १७, २०८०
आर्थिक वर्ष २०७८/७९ मा सङ्घीय तथा प्रदेश सरकारका विभिन्न निकायमा कार्यरत नौँ हजार पाँच सय ९० कर्मचारीले सम्पत्ति विवरण बुझाएका छैनन् । सम्पत्ति विवरण नबुझाउने ती कर्मचारीलाई कारबाही गर्न सिफारिशसहित राष्ट्रिय सतर्कता केन्द्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रतिवेदनसमेत बुझाइसकेको जनाइएको छ ।

सन् २०२३ मा भित्रिए चार लाख ७६ हजार पर्यटक
आइतबार, असार १७, २०८०
सन् २०२३ को छ महिनामा चार लाख ७६ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार यो सन् २०१९ को तुलनामा ८३ प्रतिशत ‘रिकभर’ हो । सन् २०२० को सुरुआतदेखि कोरोना महामारी सुरु भएपछि घट्दो क्रममा रहेको विदेशी पर्यटक आगमन सन् २०२३ मा भने ‘रिकभर’ हुने अवस्थामा...

आर्थिक समृद्धिका लागि रोजगारमूलक कार्यक्रम हाम्रो प्राथमिकता : मुख्यमन्त्री चौधरी
आइतबार, असार १७, २०८०
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आर्थिक समृद्धिका लागि रोजगारमूलक कार्यक्रमलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताएका छन् । आइतबार पत्रकार महासंघ पाल्पाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी आर्थिक वर्षदेखि रोजगार सिर्जना गर्ने गरी कार्यक्रम ल्याइएको बताएका हुन् ।

लुम्बिनीमा ११ प्रतिशत रोपाइँ
आइतबार, असार १७, २०८०
लुम्बिनी प्रदेशमा ११ प्रतिशत रोपाइँ भएको छ । मध्य असारसम्म यहाँका १२ वटा जिल्लामा ११ प्रतिशत रोपाइँ भएको हो । वर्षा ढिलो भएका कारण यहाँका जिल्लाहरुमा अहिले रोपाइँ विगतका वर्षमा भन्दा कम भएको लुम्बिनी प्रदेश कृषि मन्त्रालयले जनाएको छ ।

बाढीपहिरोले सडकमा क्षति, जोखिममा बस्ती
आइतबार, असार १७, २०८०
दुई दिनदेखि लगातार परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले जिल्लाका विभिन्न ठाउँहरुमा वितण्डा मच्चाएको छ । बाढीपहिरोबाट यहाँका अधिकासं सडकमा क्षति पुगेको छ भने बस्तीहरु जोखिममा रहेका छन् । बाढीका कारण तिनाउ नदी क्षेत्रमा पर्ने पाल्पा र रुपन्देही आसपासका क्षेत्र जोखिममा छन् । निरन्तरको वर्षाले रुपन्देहीको तिनाउ नदीको बहाब बढेपछि...

आज खेलकुद पत्रकार दिवस मनाइँदै
आइतबार, असार १७, २०८०
आज जुलाई २ अर्थात् विश्व खेलकुद पत्रकार दिवस । विश्वभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । खासमा समाजमा खेलकुद पत्रकारले खेल्ने महत्वपूर्ण भूमिकाको सम्मानका लागि विश्व खेलकुद पत्रकार दिवस मनाउन थालिएको हो ।