पाल्पा, पछिल्ला केही दिन यता निरन्तर ओरालो लागेको सुन–चाँदीको मूल्य सोमबार र मंगलबार भने बढेको छ । सोमबार एक हजारले बढेको सुन मंगलबार भने १ हजार १ सय रुपैयाँ र चाँदी ३५ रुपैयाँले बढेको हो ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला सुन १ लाख ६२ हजार १ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला १ लाख ६१ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो । यसदिन प्रतितोला चाँदीको मूल्य १ हजार ९ सय ५५ रुपैयाँमा पुगेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय २० रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार भने सुनको भाउ १ लाख ६१ हजार रुपैयाँ थियो । आइतबार भने सुनको तोलाको १ लाख ६० हजार रुपैयाँमा किनबेच भएको थियो । अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावले नेपाली बजारमा पनि प्रभाव पारेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले कात्तिक १५ मा प्रतितोला भाउ १ लाख ७१ हजार रुपैयाँ निर्धारण गरेको थियो । यो मूल्य अहिलेसम्मकै उच्च थियो ।
मेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको आगमनसँगै आर्थिक र कूटनीतिक अवस्थामा सुधार आउने आकलनले अन्तर्राष्ट्रिय बजारमा घट्न थालेको भाउ फेरि बढ्न थालेको छ । नवनिर्वाचित ट्रम्पले अमेरिकी डलरलाई रिजर्भ मुद्राका रूपमा विकास गर्न खोजेको अन्तर्राष्ट्रिय समाचारहरूमा उल्लेख छ ।