Shittalpati
टोपी दिवसको सन्देश

टोपी दिवस आज विविध कार्यक्रम गरी मनाइँदै   छ । नेपाली टोपीको प्रयोगलाई संसारभर व्यापक बनाउने उद्देश्यले सन् २०१४ जनवरी अर्थात् २०७० पुस १७ गतेदेखि अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउन थालिएको हो । नेपालीहरूले हरेक अंग्रेजी वर्षको जनवरी १ तारिखमा यो दिवस मनाउने गर्दछन् । दिवस मनाउनुुलाई सकारात्मक रुपमा लिनुपर्छ । तर पछिल्लो समय अंग्रेजी वर्ष मनाउन मरिहत्ते गर्ने नेपालीले आफ्नो मौलिक संस्कृति बिर्संदै गएको नेपाली नयाँ वर्षलाई महत्व नदिएबाटै प्रस्ट हुन्छ । जे होस् जस्तै भए पनि अंग्रेजी नयाँ वर्षकै दिन नेपालीहरुले टोपी दिवस मनाउनुलाई अन्यथा मान्नु हुँदैन । भलै, सामाजिक सञ्जालमा तस्बिर राख्न नै किन नहोस्, टोपी दिवस मनाउने युवा जमात बढिरहेको छ । टोपी नेपालीहरुको मौलिक पहिचान हो । ढाकाको कपडामा तयार पारिने टोपी पुरुषहरुले लगाउने एक प्रकारको टोपी हो । निदार सहति सम्पूर्ण टाउको ढाक्ने भएकोले पनि यसलाई ढाका टोपी भनिने जनविश्वास छ ।

हिमाली टाकुरा झै शीरमा टोपी ढल्काउनु नेपाली हुनुको आत्म–गौरव पनि हो । यही  टोपी चेलीले माइतीलाई दिने सर्वोत्तम उपहार हो । यसको खास अर्थ र महत्व     छ । यसलाई पहिरनको पनि उच्च कोटीमा राखिन्छ । हाम्रा पूर्खाहरुले टोपीलाई शिरपोसको उपमा दिदै यसको महत्वलाई दर्शाएका थिए । तिहारको भाइटिकामा दिदी वहिनीले दाजुभाईको शिरमा ढाकाटोपी लगाइदिने चलन अझै विद्यमान छ । यसको खास अर्थ छ । टोपी जस्तै दाजुभाईको सिर उच्च रहोस् भन्ने प्रतिकात्मक सन्देश सहित ढाका टोपी उपहार दिइन्छ । अर्कोतिर के पनि धारणा छ भने, भाइटिकामा माइतीको टाउको खाली राख्नुहुँदैन । यहि कारण टोपी पहि¥याइदिने गरिन्छ । त्यसो त नेपाली टोपीप्रति हाम्रो भावनात्मक सम्बन्ध छ । यसमा हामी आफ्नोपन पाउँछौ । कतै हामीलाई चिनाउनु परे ढाका टोपी हाम्रो मानक बन्छ । यो हाम्रो आफ्नै उत्पादन हो । टोपी लगाएर हिँड्दा नेपाली हुँ भन्ने छुट्टै गर्वानुभूति हुन्छ । दिवसका अवसरमा आज देशका विभिन्न स्थानमा टोपी लगाएर ¥याली निकाल्दै  छन् । पुराना पाका पुस्ताहरुमा सिमित रहेको ढाका टोपी पछिल्लो समय केही नयाँ पुस्ताका युवाहरुले समेत लगाउन थालेका छन् । यो ढाका  टोपी दिवसको प्रभाव हो भन्दा फरक पर्दैन । दिवसले आफ्नो संस्कृति तथा संस्कारको संरक्षण गर्नमा ठूलो योगदान पुु¥याएको छ । यसर्थ सर्वोच्च शिखर सगरमाथा जस्तै स्वाभिमानी र अडिग छौं भनेर गर्व गर्न हरेक नेपालीले शिरमा ढाका टोपी लगाउनैपर्छ भन्ने यो दिवसले दिएको छ ।

प्रकाशित मिति: बुधबार, पुस १७, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update