पाल्पा, नेपाली काँग्रेस पाल्पाले १०० दिने अभियानलाई तिव्रता दिएको छ । पार्टीका सबै तहका सांगठनिक गतिविधिलाई प्रभावकारी बनाउन, सदस्यता वितरण र नवीकरण कार्यलाई तिव्रता दिने गरी सञ्चालन गरिएको अभियानलाई काँग्रेसले तिव्रता दिएको हो । अहिले जिल्लाका ८१ वडा मध्ये ६५ वडामा काँग्रेसले अभियान सकेको छ ।
बाँकी वडाहरुमा पनि अभियानलाई तिव्रता दिएको छ । जिल्लाका १० वटा स्थानीय तह मध्ये ७ वटा स्थानीय तहमा अभियान सकिएको जिल्ला सभापति हिमालदत्त श्रेष्ठले बताए । उनका अनुसार अहिलेसम्म ६५ वटा वडामा अभियान चलाई सकिएको छ । सभापति श्रेष्ठले वडा,पालिका क्षेत्रमा गएर पार्टी संगठन सुदृढीकरणको काम भइरहेको बताए । काँग्रेसले सोमबार जिल्लाको तानसेन नगरपालिकामा अभियान अन्तर्गत अभिमुखीकरण कार्यक्रम गरेको छ । कार्यक्रमलाई केन्द्रीय प्रतिनिधि तथा काँग्रेसका केन्द्रीय सदस्य भरत कुमार शाहले सम्बोधन गरेका थिए । उनले अभियान मार्फत पार्टीका सांगठनिक गतिविधि चलायमान बन्दै गएको बताए । प्रमुख अतिथि समेत रहेका शाहले पार्टीलाई बलियो बनाएर लैजान सबै एक जुट भएर लाग्न आग्रह गरे । काँग्रेस पाल्पाका निवर्तमान सभापति वीर बहादुर रानाले अभियानलाई सकारात्मक सन्देशको रूपमा लिएको बताए । एकले अर्काको अस्तित्वलाई स्विकार गरेर अगाडि बढ्नु पर्ने बताउँदै उनले नेतृत्व सच्चिनु अहिलेको आवश्यकता रहेको उल्लेख गरे । प्रदेश सांसद समेत रहेका रानाले विकाससँग नागरिकलाई जोडेर अगाडि बढ्नुपर्ने बताए ।
कार्यक्रममा नेपाली काँग्रेस पाल्पा क्षेत्र नं. २ का क्षेत्रिय सभापति मुक्तिराम जिसीले संगठनलाई बलियो र मजबूद बनाएर लैजान सबै तहका नेता कार्यकर्ताहरु सक्रिय भएर लाग्नुपर्ने बताए । उनले १०० दिने अभियानले पार्टी संगठनलाई थप बलियो बनाएर लैजान महत्वपूर्ण भूमिका खेल्ने बताए । सभापति जिसीले निरन्तर जनताको माझमा गएर संगठनसँगै विकासका लागि मेहेनत गरेमा सफलता प्राप्त गर्न सकिने धारणा व्यक्त गरे । काँग्रेस तानसेन नगर सभापति सुवर्णमुनी शाक्यले संगठनलाई मजबुत बनाउन वडा टोलसम्मै अभियानलाई तिव्रता दिइएको बताए । उनले जनतामाझ पुगेर पार्टीले गरेका काम र योजनाका बारेमा बुझाउन आवश्यक रहेको औल्याउदै त्यसका लागि आफुहरु १०० दिने अभियान लिएर हिडेको उल्लेख गरे ।
कार्यक्रममाकाँग्रेस लुुम्बिनी प्रदेश सदस्यहरु लालकुमारी राना, रामेश्वर पन्थी, काँग्रेस नेतासन्तोषलाल श्रेष्ठ लगायतले आ–आफ्ना धारणा राखेका थिए । नगर सभापति सुुवर्णमुनी शाक्यको अध्यक्षता,उसभापति सागरमान महर्जनको स्वागत, सचिव शैलेन्द्र भट्टराईको सञ्चालनमा कार्यक्रम भएकोकाँग्रेस युुवा नेता किशोर भट्टराईलेजानकारी दिए । जिल्लामा अभियान सञ्चालन भएपछि संगठनाका गतिविधिहरु चलायमान बन्दै गएका छन् । दैनिक जसो पार्टीका कार्यक्रमरु वडा-वडामा भइरहेका छन् । अभियान मार्फत जिल्ला आएका केन्द्रीय नेताले विधान बमोजिम नियमित बैठक-सम्मेलन नभएको भएर कारणको खोजी गरी समस्या समाधान गर्ने गरेका छन् । स्थानीय सरकार र पार्टीको वीचमा समन्वय हुन नसक्नुको कारण समेत केन्द्रीय प्रतिनिधिले पहिचान गरेर कार्यादेश तयार गरिदिनु पर्नेछ ।