Shittalpati
नागरिक एपबाटै सामाजिक सुरक्षा कोषको सेवा लिन सकिने
नागरिक एपबाटै सामाजिक सुरक्षा कोषको सेवा लिन सकिने सामाजिक सुरक्षा कोषमा सूचीकृत भएर नियमित योगदान गरिरहेका योगदानकर्ताले नागरिक एपमार्फत कोषले प्रदान गर्ने सम्पूर्ण सेवा मोबाइलबाटै लिनसक्ने भएका छन् । सरकारले प्रवाह गर्ने सेवालाई ‘डिजिटलाइज’ गरी एकीकृत ‘प्लेटफर्म’मार्फत सेवा प्रवाह गर्ने लक्ष्यअनुसार नै कोषले प्रदान गर्ने सेवा मोबाइलबाट हातहातमै प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको कोषले जनाएको छ ।
त्रिविमा फागुनदेखि भौतिक उपस्थितिमा पढाइ
त्रिविमा फागुनदेखि भौतिक उपस्थितिमा पढाइ त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आगामी फागुन अन्तिम सातादेखि स्नातक र वैशाखदेखि स्नातकोत्तर तहको पढाइ भौतिक रुपमा सञ्चालन गर्ने भएको छ । कोभिड–१९ को कारणले भौतिक रुपमा उपस्थिति नभइ रोकिएको पढाइ फागुन अन्तिम सातादेखि शुरु गर्ने भएको त्रिविका रजिष्ट्रार प्रा डा पेशल दाहालले जानकारी दिए ।
सधैँ सडकमा भेटिने श्रमिक कुर्चीमा !
सधैँ सडकमा भेटिने श्रमिक कुर्चीमा ! प्रायःजसो तानसेनका सडकहरुमा हातमा नाम्लो र बोरा लिएर व्यापारीहरुको सामान ओसार–पोसार गर्ने काममै व्यस्त देखिने बगनासकाली गाउँपालिका घोरबन्दका दिपेन कुमाल सोमबार एक औपचारिक कार्यक्रममा देखिन्थे । उनी कुनै कामका लागि त्यहाँ गएका होइनन् । कुमाल कार्यक्रम भएकै मञ्च अघिको एक कुर्चीमा देखिन्थे । सधैँ नाम्लो नछुट्ने उनको टाउकोमा नयाँ ढाका...
काँग्रेसले सहकारी बैंक खोल्न प्रक्रिया अगाडि बढायो
काँग्रेसले सहकारी बैंक खोल्न प्रक्रिया अगाडि बढायो नेपाली काँग्रेसले सहकारी बैंक खोल्नका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ । काँग्रेसले सहकारी बैंक दर्ताका लागि संघीय सहकारी विभागमा फाइल पेश गरेको छ । प्रस्तावित नेपाल सहकारी बैंकका अध्यक्ष सुरेन्द्र भण्डारीले संस्थाको कागजात सहितको निवेदन विभागका रजिष्टार टोकराज पाण्डेलाई हस्तान्तरण गरेका छन् ।
सुशील कोइराला सोसलिष्ट युथ सर्कल पाल्पाले गर्‍यो श्रमिकहरुलाई सम्मान
सुशील कोइराला सोसलिष्ट युथ सर्कल पाल्पाले गर्‍यो श्रमिकहरुलाई सम्मान सुशिल कोईराला सोसलिष्ट युर्थ सर्कल पाल्पामा सडकमा मजदुरी गरी जिविकोपार्जन गर्दै आएका मजदुरहरुलाई सम्मान गर्दै एक छाक निःशुल्क भोजन गराएको छ । नेपाली काँग्रेसका पूर्व सभापती एवं पूर्व प्रधानमन्त्री सुशिल कोईरालाको छैठो स्मृती दिवसको अवसरमा सोसलिष्ट युथ सर्कल पाल्पाले तानसेनमा ज्याला मजदुरी गर्ने श्रमिकहरुलाई एक कार्यक्रम गरी सम्मान गरेको हो...
दोस्रो चरणको कोरोना विरुद्ध खोप अभियान शुरु
दोस्रो चरणको कोरोना विरुद्ध खोप अभियान शुरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप दोस्रो चरणको अभियान सोमबारदेखि सञ्चालन गरेको छ । पहिलो चरण यही माघ २४ गते सकाएपछि मन्त्रालयले सोमबारदेखि दोस्रो चरणको खोप शुरु गरेको हो ।
सात जुवाडे पक्राउ
सात जुवाडे पक्राउ तास खेल्दै गरेको अवस्थामा प्रहरीले सात जना जुवाडेलाई पक्राउ गरेको छ । पुतलीबजार नगरपालिका–४ नागडाँडास्थित निरञ्जन श्रेष्ठले सञ्चालन गर्दै आएको खाजा घरबाट प्रहरीले तास खेल्दै गरेको अवस्थामा पुतलीबजार–४ का खाजा घर सञ्चालक ३७ वर्षीय श्रेष्ठसहित सोही ठाउँ बस्ने ३८ वर्षीय मदन पौडेल, ५१ वर्षीय चन्द्रबहादुर गुरुङ, ५१ वर्षीय दाताराम पोखरेल,...
पाल्पामा फर्निचर उद्योगमा आगोलागी
पाल्पामा फर्निचर उद्योगमा आगोलागी जिल्लाको रैनादेवी छहरा गाउँपालिका ४ मा रहेको एक फर्निचर उद्योगमा आगोलागी भएको छ । सोमबार (आज) विहान युवराज रजालीको १ तले जस्ता पाताको छानो भएको फर्निचर उद्योगमा आगोलागी भएको हो ।
सिडियो न्यानो कपडा लिएर वृद्धाश्रममा
सिडियो न्यानो कपडा लिएर वृद्धाश्रममा केही समय अघि महिला सिडियो (प्रमुख जिल्ला अधिकारी)का रुपमा गुल्मी आएकी रुद्रादेवी शर्मा न्यानो कपडा लिएर वृद्धाश्रम पुगेकी छन् । जिल्लामा अत्याधिक चिसो बढेपछि जिल्लाको सत्यवती गाउँपालिका १ अस्लेवास्थित राममन्दिर तारकेश्वर परमानन्द सन्यास आश्रममा रहेका नागरिकहरुलाई चिसोबाट बचाउन प्रजिअ शर्मा न्यानो कपडा लिएर आश्रममा पुगेकी हुन् ।
माथागढी : यस्तो छ एमआईएस शाखाको प्रगति विवरण
माथागढी : यस्तो छ एमआईएस शाखाको प्रगति विवरण जिल्लाको माथागढी गाउँपालिकाले सबै शाखाका कार्य प्रगति विवरण सार्वजनिक गर्दै आएको छ । गाउँपालिकाका सबै शाखाहरुले आठौं गाउँसभामार्फत चालु आर्थिक वर्षको ६ महिनाको कार्य प्रगति विवरण प्रस्तुत गर्दै आएका छन् । सोही अवसरमा एमआईएस (व्यवस्थापन सूचना प्रणाली) शाखाले पनि आफ्नो ६ महिनाको कार्य प्रगति विवरण प्रस्तुत गरेको छ ।
पशु सेवाका लागि छुट्याईएका दुई कार्यक्रम सकियो
पशु सेवाका लागि छुट्याईएका दुई कार्यक्रम सकियो माथागढी गाउँ सरकारले पशुसेवा समन्वय इकाईका लागि छुट्याएका कार्यक्रम तथा योजना मध्ये दुई वटा कार्यक्रम सकिएका छन् । गाउँपालिकाले चालु आर्थिक वर्षका लागि छुट्याएका ८ वटा कार्यक्रम तथा योजनाहरु मध्ये ६ महिनाको अवधिमा दुई वटा कार्यक्रमहरु मात्र सकिएको हो ।
पाल्पामा टिपर र मोटरसाईकल ठोक्किदा मोटरसाईकल चालक गम्भीर घाइते
पाल्पामा टिपर र मोटरसाईकल ठोक्किदा मोटरसाईकल चालक गम्भीर घाइते जिल्लाको तिनाउ गाउँपालिकामा टिपर र मोटरसाइकल एक आपसमा ठोक्किएका छन् । पाल्पाबाट चुनढुङ्गा लोड गरी बुटवलतर्फ जाँदै गरेको लु २ ख २२०१ नं.को टिपरले विपरित दिशाबाट आउँदै गरेको लु ६४ प ५७६२ नं.को मोटर साइकललाई ठक्कर दिएको हो ।
Weather Update