पाल्पामा किट नहुँदा कोरोना परीक्षण रोकियो
शनिबार, फागुन १, २०७७
आज ओली समूहले बुटवलमा आमसभा गर्दै
शनिबार, फागुन १, २०७७
नेकपा ओली समूहले आज (शनिबार) लुम्बिनी प्रदेशको बुटवलमा आमसभा गर्ने भएको छ । आमसभाका लागि तयारी अन्तिम चरणमा पुगेको ओली पक्षले जनाएको छ । ‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नाराका साथ ओली समूहले आमसभा गर्दैछ ।
जेष्ठ नागरिकको सम्मानमा गुल्मीदरबार गाउँपालिका
शनिबार, फागुन १, २०७७
जिल्लाको गुल्मीदरबार गाउँपालिकाले जेष्ठ नागरिकहरुको सम्मानमा चासो देखाएको छ । गाउँपालिकाले जेष्ठ नागरिकहरु नै समाजका पथप्रदर्शक भएको भन्दै उनीहरुको सम्मानमा चासो देखाउदै आएको हो । आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम अन्तर्गत नै गाउँपालिकाले उनीहरुको चासो, गुनासो, समस्या, इच्छा, आकांक्षाका विषयमा टोल–टोलमा पुगेर अन्तक्र्रिया गरेको छ ।
गुल्मीमा हुने विरोध सभाको नेता भण्डारीले सम्बोधन गर्ने
शनिबार, फागुन १, २०७७
प्रतिनिधि सभा विघटनको विरुद्ध गुल्मीमा हुन लागेको सभालाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद डा.चन्द्र भण्डारीले सम्बोधन गर्ने भएका छन् । यही फागुन ३ गते काँग्रेस गुल्मीको आयोजनामा हुन लागेको विरोध सभालाई नेता भण्डारीले सम्बोधन गर्ने कार्यक्रम तय भएको काँग्रेसका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले बताए ।
१ सय २७ सङ्क्रमित
शुक्रबार, माघ ३०, २०७७
कोरोना भाइरस ९कोभिड–१९० को सङ्क्रमण आज १ सय २७ जनामा देखिएको छ । विभिन्न प्रयोगशालामा चार हजार जनाको पीसीआर परीक्षण गर्दा ४७ महिला र ८० पुरुषमा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनमा जनाइएको छ ।
लुम्बिनी प्रदेशमा फागुन ३ गते सार्वजनिक विदा
शुक्रबार, माघ ३०, २०७७
लुम्बिनी प्रदेश सरकारले फागुन ३ गते सार्वजनिक विदा दिने निणर्य गरेको छ । प्रदेश सरकारले प्रदेश स्थापना भएको दिनलाई सार्वजनिक बिदा दिएको हो । प्रदेश सरकार मन्त्रिपषिदको २०७७/०१/१० को निणर्य अनुसार २०७७ फागुन ३ गते प्रदेशभर सार्वजनिक विदा रहेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक सूचना जारी गरेको छ ।
विहार र निसान घरलाई आर्थिक सहयोग
शुक्रबार, माघ ३०, २०७७
जिल्लामा निर्माणधिन अवस्थामा रहेका विहार र निसान घरका लागि आर्थिक सहयोग प्राप्त भएको छ । पाल्पा जिल्ला समाज यू.के (पाल्पाली भञ्याङ्ग)ले जिल्लाको रिब्दीकोट ६ घोर्लीखरकमा निर्माणाधिन रिब्डीकोट बौद्ध विहार र तानसेनमा निर्माणाधिन निसान घरका लागि आर्थिक सहयोग गरेको हो ।
‘बुटवलको जनसभा ऐतिहासिक हुन्छ’
शुक्रबार, माघ ३०, २०७७
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य शंकर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदम सही छ भन्ने सन्देश दिन बुटवलमा जनसभाको आयोजना गर्न गरिएको बताएका छन् । सरकारलाई घेराबन्दीमा पारिएपछि प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको बताउँदै उनले समस्या भएपछि सरकारलाई पनि जनतामा जाने अधिकार रहेको स्पष्ट पारे ।
आज सार्वजनिक विदा
शुक्रबार, माघ ३०, २०७७
सरकारले आज सोनाम ल्होसार पर्वको अवसरमा सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषद्को यही माघ २६ गतेको निर्णय अनुसार सार्वजनिक बिदा दिइएको गृहमन्त्रालयले जनाएको छ ।
रामकुमारी झाँक्री रिहा भइन्
बिहीबार, माघ २९, २०७७
राजनीतिक प्रतिशोधले पक्राउ गरिएको भन्दै चौतर्फी विरोध भएपछि सरकारको निर्देशनमा प्रहरीले झाँक्रीलाई तत्काल रिहा गरेको जनाइएको छ ।
भरुवा बन्दुक पड्किएर एक पुरुषको ज्यान गयो
बिहीबार, माघ २९, २०७७
भरुवा बन्दुक पड्किएर दाङमा एक पुरुषको ज्यान गएको छ । दाङको गडवा गाउँपालिका–२ का ३९ वर्षीय ईन्द्रबहादुर रानाको भरुवा बन्दुक पड्किएर ज्यान गएको हो ।
रामकुमारी झाँक्री पक्राउ
बिहीबार, माघ २९, २०७७
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई शंखमुलस्थित उनको निवासबाटै प्रहरीले पक्राउ गरेको छ । गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीलाई व्यक्तिगत रुपमा चरित्रहत्या गर्ने ढंगले र एकल महिलाप्रति लक्षित गरेर आपत्तिजनक अभिव्यक्ति दिएको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।


