नेमकिपाको पुस्तक प्रदर्शनी
सोमबार, फागुन ३, २०७७
गुल्मीका होटल र रेष्टुरेण्टको स्तरीकरण गरिने
सोमबार, फागुन ३, २०७७
जिल्लामा रहेका होटल तथा रेस्टुरेन्टको खाद्य स्वच्छता मूल्याङ्कन गरेर स्तरीकरण गरिने भएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पाल्पाले गुल्मीका होटल तथा रेस्टुरेण्ट स्तरीकरण गर्ने भएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पाल्पा र तम्घासका होटल व्यवसायीहरु बिच छलफल गरी स्तरीकरणको लोगो वितरण गर्न...
प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रतिवेदन सार्वजनिक
सोमबार, फागुन ३, २०७७
जिल्लाको माथागढी गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रतिवेदन सार्वजनिक गरेको छ । गाउँपालिकाको प्रधानमन्त्री रोजगार कार्यक्रम शाखाले आठौँ गाउँसभा मार्फत चालु आर्थिक वर्षको माघ २० गतेसम्मको कार्यक्रम र योजनाहरुको प्रगती प्रतिवेदन सार्वजनिक गरेको हो ।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले उक्त प्रतिवेदन प्रस्तुत गरेका हुन् ।
पत्रकारलाई खोप
सोमबार, फागुन ३, २०७७
भारतबाट अनुदान स्वरुप आएको कोरोना भाइरसविरुद्धको खोप नेपाल सरकारले माघ १४ गतेबाट लगाउन सुरु गरेको थियो । सरकारले खोप अभियान सुरु गर्नुभन्दा अगाडि नै समूह विभिजन गरेको थियो ।
सरकारको असंवैधानिक कदमका विरुद्ध प्रजातान्त्रिक विचार समाजको ध्यानाकर्षण
आइतबार, फागुन २, २०७७
नेपाली काँग्रेस निकट प्रजातान्त्रिक विचार समाजले वर्तमान सरकारको असंवैधानिक र अलोकतान्त्रिक कदमप्रति ध्यानाकर्षण भएको जनाएको छ । समाजले सरकारका पछिल्ला कदमले कानुनी शासनको खिल्ली उडाएको भन्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको हो ।
कोरोनाबाट विदेशमा दुई नेपालीको निधन
आइतबार, फागुन २, २०७७
कोभिड–१९ को सङ्क्रमणबाट विदेशमा यो साता थप दुईजना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता संयुक्त अधिराज्य बेलायतमा दुईजनाको सङ्क्रमणबाट निधन भएको हो । योसहित २१ देशमा कोरोना भाइरस सङ्क्रमणले निधन हुने नेपालीको सङ्ख्या ३ सय ३५ जना पुगेको छ ।
ओलीको आश्वासन : ‘बलात्कारी र हत्याका आरोपितलाई कारवाही गरेरै छाड्छौं’
शनिबार, फागुन १, २०७७
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले निर्मला, भागरथीलगायतका बलात्कारी र हत्याका आरोपितहरूलाई कारबाही गरेरै छाड्ने आश्वासन दिएका छन् । नेकपा (ओली समूह) ले शनिबार बुटवलमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले महिला हिंसा, बलात्कार र हत्यामा संलग्न दोषीलाई पानीमुनि गए पनि नछोडिने र सजाय पनि कम नहुने आश्वासन...
पाल्पामा दूधको मूल्य प्रतिलिटर १४ रुपैयाँले बढ्यो
शनिबार, फागुन १, २०७७
जिल्लामा दूधको मूल्य प्रतिलिटर १४ रुपैयाँले वृद्धि भएको छ । जिल्ला दुग्ध उत्पादक सहकारी संघ पाल्पा र नेपाल डेरी एसोसिएसन पाल्पाको गत माघ २७ गते बसेको बैंठकले फागुन १ गतेदेखि लागुहुने गरी दुधको मूल्य बढाएको हो ।
प्राज्ञिक विद्यार्थी परिषद् लुम्बिनी प्रदेशको अध्यक्षमा रेग्मी
शनिबार, फागुन १, २०७७
प्राज्ञिक विद्यार्थी परिषद नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा पुष्कर राज रेग्मी निर्वाचित भएका छन् । परिषद्को तानसेनमा भएको दोस्रो प्रदेश अधिवेशनले रेग्मीलाई सर्वसहमत रुपमा अध्यक्षमा निर्वाचित गरेको हो ।
प्रतिनिधिसभा विघटनका विरुद्ध पाल्पा काँग्रेसको सोमबार पुनःप्रदर्शन
शनिबार, फागुन १, २०७७
प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम भन्दै निरन्तर विरोधका कार्यक्रम गर्दै आएको कांग्रेसले फागुन ३ गते पुनः विरोध प्रदर्शन गर्ने भएको छ । नेपाली काँग्रेस जिल्ला समिति पाल्पाको आयोजनामा शुक्रबार बसेको उपलब्ध पदाधिकारी, जिल्ला समितिका सदस्य तथा महासमिति, महाधिवेशन प्रतिनिधि, भातृ तथा शुभेच्छुक संस्थाहरुको बैठकले प्रदर्शनलाई बृहद गराउने निर्णय गरेको...
मोटरसाईकल चोरीमा संलग्न चार पक्राउ
शनिबार, फागुन १, २०७७
मोटरसाईकल चोरीमा संलग्न चार व्यक्ति पक्राउ परेका छन् । काठमाडौंका विभिन्न स्थानबाट मोटरसाईकल चोरीमा संलग्न रहेका चार जनालाई महानगरीय ट्राफिक प्रहरीले पक्राउ गरेको हो । सादा पोसाकमा खटिएको प्रहरी टोलीले महाबौद्धबाट धादिङ्ग गजुरीका धन बहादुर तामाङ, थाक्रेका ईन्द्र तामाङ्ग र रिखीलालल तामाङ्गलाई मोटसाईकलसहित पक्राउ गरिएको महानगरीय ट्राफिक महाशाखाले एनजेडीलाई जानकारी...
गरिमा विकास बैंकको अध्यक्षमा बस्याल
शनिबार, फागुन १, २०७७
नेपाल राष्ट्र बैङ्कको ख’वर्गको इजाजतपत्र प्राप्त गरिमा विकास बैंकको अध्यक्षमा श्यामप्रसाद बस्याल निर्वाचित भएका छन् । बैंकको पोखरामा भएको १४ औँ साधारणले बस्याललाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । स्याङ्जा जिल्ला गल्याङ नगरपालिका–३ घर भएका बस्याल बैंकको स्थापना कालदेखी सञ्चालक समितिमा रहँदै आएका थिए ।
पाल्पामा गुड्दागुड्दैको प्लसर बाइकमा आगलागी !
शनिबार, फागुन १, २०७७
जिल्लाको बगनासकाली गाउँपालिका १, आर्यभञ्याङ सडक खण्डमा गुड्दागुड्दैको प्लसर बाइकमा आगलागी भएको छ । आर्यभञ्याङबाट पिपलडाँडातर्फ जाँदै गरेको लु १३ प ४८२ नम्बरको मोटरसाइकलमा आज अचानक आगलागी भएको हो ।


