पाल्पामा संक्रमित बढेपछि होटललाई आइसोलेसन बनाइयो
बिहीबार, वैशाख ३०, २०७८
माथागढीका १ सय ३४ संक्रमितले कोरोना जिते
बिहीबार, वैशाख ३०, २०७८
माथागढी गाउँपालिकाका १ सय ३४ संक्रमितले कोरोना जितेका छन् । २ सय २२ संक्रमित मध्ये गाउँपालिकाका १ सय ३४ संक्रमितले कोरोना जितेका हुन् ।
पाल्पाका पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री
बुधबार, वैशाख २९, २०७८
कोभिड–१९ को जोखिम बढिरहेका बेला अग्रपङ्तिमा रहेर खटिने जिल्लाका पत्रकारहरुलाई न्यूनतम स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको छ । जिल्लाका विभिन्न स्थानीय सरकारहरुबाट प्राप्त स्वास्थ्य सामग्री नेपाल पत्रकार महासंघ पाल्पा शाखाले वितरण गरेको हो ।
बढी भाडा लिने दुई पक्राउ
बुधबार, वैशाख २९, २०७८
यात्रुसँग तोकिएको भन्दा तीन गुणासम्म बढी भाडा लिने दुई जनालाई आज काठमाडौँको कलङ्की र नयाँ बसपार्कबाट पक्राउ गरिएको छ । उनीहरुले उपत्यकामा निषेधाज्ञा जारी भए पश्चात वैदेशिक रोजगारबाट घर फर्किने र जरुरी कामका सिलसिलामा उपत्यका बाहिर जाने यात्रुबाट बढी भाडा लिएको पाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक...
गुल्मीका पत्रकार अक्सिजन जोहो गर्न जुटे
बुधबार, वैशाख २९, २०७८
गुल्मीका पत्रकारहरु अक्सिजन जोहो गर्न जुटेका छन् । जिल्लामा कोरोना संक्रमण बढ्दै जाँदा अक्सिजन अभाव हुन थालेपछि पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले अक्सिजनको जोहो गर्न जुटेको हो ।
माथागढी गाउँपालिका अध्यक्षले बनाए आफु चढ्ने गाडी एम्बुलेन्स
बुधबार, वैशाख २९, २०७८
जिल्लाको माथागढी गाउँपालिकाका अध्यक्ष चढ्ने गाडीलाई कोरोना संक्रमित बिरामीका लागि प्रयोगमा लगाइएको छ । गाउँपालिका अध्यक्ष सन्तोष थापा मगरले आफूले चढ्दै आएको ग १ झ ३५६ नम्वरको स्कार्पियो कोरोना संक्रमित बिरामीका लागि प्रयोगमा ल्याएका हुन् ।
पाल्पामा बुधबार ६५ जनाले कोरोना जिते, १ सय ५८ जनामा संक्रमण
बुधबार, वैशाख २९, २०७८
जिल्लामा पछिल्ला केही दिन यता आशाका किरण देखिएका छन् । यहाँ कोरोना संक्रमणको दर नघटे पनि निको हुनेको दर भने बढेको छ । बुधबारमात्र जिल्लाका ६५ जना संक्रमितले कोरोना जितेका छन् । विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका २८ जना महिला र ३७ जना पुरुषले कोरोना जितेका हुन् ।
नागरिकलाई सही सूचना दिन, ‘कोभिड विशेष नर्स समूह’ परिचालन
बुधबार, वैशाख २९, २०७८
,के तपाईलाई कोरोना संक्रमणका विषयमा आधिकारिक जानकारी आवश्यक छ ? कि संक्रमित भएर के गर्ने, के नगर्ने भन्ने दोेधारमा हुनुहन्छ ? यदि त्यस्तो छ भने आत्तिनुपर्दैन । अब घरमै बसेर तपाईले फोनमार्फत स्वास्थ्यकर्मीबाट आधिकारिक जानकारी पाउनु हुनेछ । नागरिकलाई सही सूचना दिनका लागि ‘कोभिड विशेष नर्स समूह’ परिचालन भएका छन् ...
विश्व नर्स दिवसको सन्दर्भ
बुधबार, वैशाख २९, २०७८
आज मे १२ तारिख अर्थात् विश्व नर्स दिवस नेपालमा पनि कोरोनाविरुद्ध चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । विश्वव्यापी महामारीको यो बेला नर्स तथा स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन दिवस केन्द्रित गरिएको छ । शारीरिक तथा मानसिक रुपमा खटिएर बिरामीको सेवा गर्ने नर्स तथा नर्सिङ पेशालाई सम्मानित पेशाका रुपमा लिने गरिएको छ ।
पाल्पामा मंगलबार थप ३४ जना संक्रमित डिस्चार्ज भए
मंगलबार, वैशाख २८, २०७८
जिल्लामा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएपनि निको हुनेहरुको संख्यामा वृद्धि भएको छ । मंगलबार मात्र जिल्लाका ३४ जना संक्रमित डिस्चार्ज भएका छन् ।

.jpg)
