Shittalpati
पाल्पामा बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा दुई पुरुष पक्राउ
पाल्पामा बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा दुई पुरुष पक्राउ बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले दुई जना पुरुषलाई पक्राउ गरेको छ । जिल्लाको तिनाउ गाउँपालिकामा बालिका बलात्कार आरोपमा स्थानीय दुई पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।
माटोको ढिस्कोले पुरिएर आमा छोराको मृत्यु
माटोको ढिस्कोले पुरिएर आमा छोराको मृत्यु बागलुङको निसीखोला गाउँपालिका–२ फलाँटेचौरमा माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको छ । फलाँटेचौरमा घर पोत्ने माटो लिन पुगेका सोही वडास्थित रातमाटाका ३३ वर्षीया भवी कुवँर र उनका छोरा १४ वर्षका सुरेशको पुरिएर मृत्यु भएको वडाध्यक्ष कुविर विश्वकर्माले जानकारी दिए ।
गुल्मी काँग्रेसले गर्‍यो ५० सिलिण्डर अक्सिजन सहयोग
गुल्मी काँग्रेसले गर्‍यो ५० सिलिण्डर अक्सिजन सहयोग जिल्लामा कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै गएपछि अक्सिजन अभाव हुन थालेको छ । अक्सिजन अभावका कारण अस्पतालमा विरामीहरु छट्पटाई रहेका बेला नेपाली काँग्रेस गुल्मीले भने जिल्ला अस्पताल तम्घासलाई ५० सिलिण्डर अक्सिजन प्रदान गरेको छ । सभापति भुवनप्रसाद श्रेष्ठले अस्पतालका मेसु डाक्टर उत्तम पच्यालाई शुक्रबार अक्सिजन हस्तान्तरण गरेका हुन् । अ
पाल्पामा शुक्रबार थपिए १ सय २९ नयाँ संक्रमित
पाल्पामा शुक्रबार थपिए १ सय २९ नयाँ संक्रमित जिल्लामा पछिल्लो २४ घण्टामा १ सय २९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । पीसीआर परीक्षणमा १सय ४ र एन्टिजेन परीक्षणमा २५ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री ओलीबाट तेस्रो कार्यकालको शपथ
प्रधानमन्त्री ओलीबाट तेस्रो कार्यकालको शपथ राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रपति भवन, शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
ओली र देउवालाई नियाल्दा
ओली र देउवालाई नियाल्दा संविधान जारी भए पछिको निर्वाचनमा नेकपाले बहुमतको सरकार बनाउने गरी विजयी भयो । नेपाली काँग्रेस सिमित सिटमा खुम्चियो । ०७४ साल फागुन ३ गते पुनः दोस्रो पटक खड्क प्रसाद ओलीको सत्ता रोहण भयो । सदनलाई छलेर ओलीले कहिले गुढी कहिले सञ्चार जस्ता विवादस्पद अध्यादेश ल्याए ।
पाल्पा अस्पताल र तानसेन सरकारले बनाए अक्सिजनयुक्त ४० शैयाको आइसोलेसन
पाल्पा अस्पताल र तानसेन सरकारले बनाए अक्सिजनयुक्त ४० शैयाको आइसोलेसन जिल्लामा कोरोना संक्रमणको दर बढ्दै गएपछि पाल्पा अस्पताल र तानसेन नगर सरकारले संयुक्त रुपमा अक्सिजनयुक्त आइसोलेसन कक्ष निर्माण गरेका छन् । अधिकांस कोरोना संक्रमितहरुलाई अक्सिजनको मात्र आवश्यक पर्न थालेपछि अस्पताल र नगर सरकारले संयुक्त रुपमा ४० शैयाको अक्सिजन सहितका आइसोलेसन निर्माण गरेका हुन् ।
भोकले मर्ने अवस्था सिर्जना नहोस्
भोकले मर्ने अवस्था सिर्जना नहोस्
पाल्पामा एकैदिन ६ जना संक्रमितको मृत्यु
पाल्पामा एकैदिन ६ जना संक्रमितको मृत्यु जिल्लामा एकै दिन ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । होम आइसोलेसन र अस्पतालमा उपचार गराएका संक्रमितको बिहीबार मृत्यु भएको हो । तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार गराइरहेका दुई जना र होम आइसोलेसनमा चार जना संक्रमितको मृत्यु भएको जनाइएको छ ।
पाल्पामा बिहीबार ६२ जना कोरोना संक्रमित निको हुँदा ८४ जनामा संक्रमण
पाल्पामा बिहीबार ६२ जना कोरोना संक्रमित निको हुँदा ८४ जनामा संक्रमण जिल्लामा पछिल्लो केही दिन यता कोरोना संक्रमितहरु निको हुने बढेका छन् । कोरोना संक्रमणको दर नघटे पनि निको हुनेको दर भने दैनिक बढेको देखिन्छ । बिहीबार जिल्लाका थप ६२ जना संक्रमितले कोरोना जित्दा ८४ जनामा संक्रमण पुष्टि भएको छ । विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका १५ जना महिला...
Weather Update