नवजनचेतना राष्ट्रिय दैनिक २०७८ जेठ ३ गते सोमबार
सोमबार, जेठ ३, २०७८
पाल्पामा आइतबार थप ७१ जना संक्रमितले कोरोना जिते
आइतबार, जेठ २, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ७१ जना संक्रमितले कोरोना जितेका छन् । विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ३० जना महिला र ४१ जना पुरुषले कोरोना जितेका हुन् ।
पाल्पामा स्वास्थ्य सामग्री पठाउन अमेरिकामा सहयोग
आइतबार, जेठ २, २०७८
पाल्पामा स्वास्थ्य सामग्री पठाउन अमेरिकामा सहयोग अभियान सञ्चालन भएको छ । कोरोनाको संक्रमण बढ्दै गएपछि रोजगारको शिलशिलामा अमेरिका बस्दै आएका पाल्पालीहरुले स्वास्थ्य सामग्रीाका लागि आर्थिक संकलन अभियान अगाडि बढाएका हुन् ।
अभियानमा जोडिदै मालिकाका कर्मचारी, एक दिनको पारिश्रमिक अक्सिजनलाई
आइतबार, जेठ २, २०७८
जिल्लाको मालिका गाउँपालिकाका कर्मचारी, शिक्षक र स्वास्थ्यकर्मीहरुले एक दिनको पारिश्रमीक ‘अक्सिजनपलाण्ट अभियानमा’ सहयोग गर्ने भएका छन् ।
गुल्मीमा आइतबार ९ जना कोरोना संक्रमितको मृत्यु
आइतबार, जेठ २, २०७८
गुल्मीमा पनि कोरोना संक्रमणको अवस्था भयावह बन्दै गएको छ । यहाँ आइतबार मात्र ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । विभिन्न अस्पतालमा उपचार गराइरहेका रेसुङ्ग नगरपालिकाका चार जना संक्रमित सहित जिल्लाका विभिन्न ठाउँका ९ जना संक्रमितको मृत्यु भएको हो ।
कोरोना रोकथाममा पाल्पाका स्थानीय सरकारको सक्रियता
आइतबार, जेठ २, २०७८
कोभिड–१९को दोस्रो लहरको संक्रमण फैलिएसँगै पाल्पाका स्थानीय सरकारले यसको रोकथाम र उपचारका उपाय अवलम्वनमा सक्रियता देखाएका छन् । पहिलोको तुलनामा दोश्रो लहर भयावह बन्दै गएपछि स्थानीय सरकारलाई तातो लागेको देखिएको छ । स्थानीय श्रोत साधन जुटाई उनीहरुले महामारी रोकथामका लागि आइसोलेसन केन्द्र निर्माणदेखि संक्रमितको उपचारका अरु उपाय अपनाएका हुन् ।
बन्दाबन्दीमा ६४ जनाले ज्यान गुमाए
शनिबार, जेठ १, २०७८
बन्दाबन्दीका समयमा लुम्बिनी प्रदेशमा भएका सवारी दुर्घटनामा ६४ जनाले ज्यान गुमाएका छन् । शनिबार बुटवलमा पत्रकार भेटघाटको आयोजना गरी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक डम्बरबहादुर बिकले बन्दाबन्दीका समयमा दुर्घटना नरोकिएका कारण सवारी चालक र सडक प्रयोगकर्ताहरू सचेत रहनुपर्ने बताए ।
पाल्पामा कोरोना निको हुने बढ्दै, एकैदिन १ सय ९ जना संक्रमित डिस्चार्ज
शनिबार, जेठ १, २०७८
जिल्लामा पछिल्लो केही दिन यता कोरोना संक्रमितहरु निको हुने संख्या बढ्दै गएको छ । कोरोना संक्रमणको दर नघटे पनि निको हुनेको दर भने दैनिक रुपमा बढ्दै गएको छ । शनिबार मात्र जिल्लामा १ सय ९ जना संक्रमितले कोरोना जितेका छन् ।
पुरिएको डोजर ननिकाल्दा सडकको काम अवरुद्ध
शनिबार, जेठ १, २०७८
एक महिनादेखि पुरिएको डोजर ननिकाल्दा सडकको काम अवरुद्ध भएको छ । जिल्लाको कालिगण्डकी गाउँपालिका ३ जयखानी छापलाई जोड्ने मोटरबाटो खन्ने क्रममा गत बैशाख ६ गते माथिबाट माटो,ढुंगा सहित खसेको पहिरोले डोजर पुरिएको थियो ।
ओली फेरी बने प्रधानमन्त्री, शपथसँगै पुरानै मन्त्रीहरुलाई निरन्तरता
शनिबार, जेठ १, २०७८
प्रधानमन्त्री केपी शर्मा ओली पुनः प्रधानमन्त्री बनेका छन् । विपक्षी दलहरूले गठबन्धन सरकार बनाउन नसकेपछि संविधानको धारा ७६ को उपधारा ३ अनुसार ओली पुनः प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शुक्रबार पथ तथा गोपनीयताको शपथ समेत लिएका छन् ।
लकडाउनका सय दिन, (दैनिकीमा एकान्तबासका अनुभूतिहरु ‘भाग–६’)
शनिबार, जेठ १, २०७८
६ बजे बिउँझे पछि कफी बनाएं । कफिसँगै थोरै बेर बिहानको कलिलो घाम तापियो । नियमित कर्मसँगै मन गहिरेको कथा सँग्रह लिएर पढ्न बसें । थोरैबेर र एक/दुई कथा मात्रै पढ्दैछु । आधा जति भयोहोला । बिहान खाना बनाउने क्रममै परिवारका सबै सदस्यहरु भिडियोबाट एकै ठाउँ भएर भलाकुसारी गर्यौं ।


