पाल्पामा बढ्दै कोरोना ग्राफ
शुक्रबार, वैशाख १७, २०७८
चेन्नई आईपीएलको शीर्ष स्थानमा
शुक्रबार, वैशाख १७, २०७८
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर कि·स विजयी भएको छ । बुधबार राति भएको खेलमा चेन्नईले सनराइजर्स हैदराबादलाई ७ विकेटले पराजित गर्यो । जितसँगै चेन्नई आईपीएलको शीर्ष स्थानमा उक्लिएको छ । हैदराबादले दिएको १ सय ७२ रनको लक्ष्य चेन्नईले १८ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर भेट्टायो ।...
रुपन्देहीमा निषेधाज्ञाको पहिलो दिन नै सुनसान
शुक्रबार, वैशाख १७, २०७८
निषेधाज्ञाको पहिलो दिन रुपन्देहीका मुख्य सडक सुनसान देखिएका छन् । कार्यालय समयमा सडकमा सवारी चाप देखिए पनि यसपछि भने सवारी साधन पातलो देखिएका छन् । सडकमा अस्पताल, सरकारी कार्यालय, बैंकका कर्मचारीलगायतका व्यक्तिहरु बढी संख्यामा देखिन्छन् । यहाँ बिहीबारदेखि १५ दिनसम्मका लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जिल्लाभर निषेधाज्ञा जारी गरेको छ ...
पाल्पामा आज राती १२ बजेदेखि निषेधाज्ञा लागू हुँदै
शुक्रबार, वैशाख १७, २०७८
जिल्लामा आज राती १२ बजेदेखि अत्यावश्यक बाहेकका सेवा र यातायात बन्द हुने गरी निषेधको आदेश (निषेधाज्ञा) लागू हुँदै छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बुधबार बसेको बैठकले वैशाख १७ गते राति १२ बजेदेखि वैशाख २४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लगाउने निर्णय गरेको थियो । सोही निर्णय...
एनसेलले खेल मैदान निर्माण गर्दै
शुक्रबार, वैशाख १७, २०७८
एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत काठमाडौंको मुटुमा रहेको लैनचौर मैदानको निर्माण तथा संरक्षण गर्दैछ । यस आयोजना अन्तर्गत निर्माण हुने खेल मैदानसहितको हरित उद्यानले स्वच्छ, सफा, हराभरा सहर निर्माणमा योगदान पुर्याउने उद्देश्य लिएको एनसेलले जनाएको छ । यो हरित उद्यान काठमाडौं महानगरपालिका वडा नं. २६ मा रहेको...
लापरवाही नगरौं
शुक्रबार, वैशाख १७, २०७८
कोरोनाको पुनः दोस्रो लहर सुरू भइसकेको छ । युरोप, अमेरिका, अफ्रिका हुँदै एसियाली मुलुक पनि कोरोनाको दोस्रो चपेटामा परिसकेका छन् । नेपालमा लगभग नियन्त्रणमा आइसकेको यो महाव्याधिको दोस्रो लहरले नेपालमा ठूलो रुप लिएको छ । दैनिक औसत ४०/५० जनामा झरिसकेको कोरोना भाइरस संक्रमण अहिले हजार भन्दा माथि पुग्नु र समुदायस्तरका...
पाल्पामा बिहीबार थप ५० जनामा कोरोना पुष्टि
बिहीबार, वैशाख १६, २०७८
यो सँगै जिल्लामा कोरोना संक्रमण हुनेहरुको कूल संख्या २ हजार ३ सय २० पुगेको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए । जसमा ६ सय ८२ जना महिला र एक हजार ६ सय ३८ जना पुरुष रहेका छन् । जिल्लामा निको हुनेहरुको संख्या १ हजार ९ सय ८३ पुगेको...
चालक अनुमतिपत्रको अनलाइन आवेदन प्रणाली बन्द
बिहीबार, वैशाख १६, २०७८
विश्वभरि फैलिँदै गइरहेको नयाँ भेरियन्टको कोभिड–१९ का कारण सरकारले निषेधाज्ञा जारी गरेकै दिनबाट विभागले तत्काल लागि सेवा स्थगन गरेको हो ।
पाल्पामा बुधबार थप ५० जनामा कोरोना पुष्टि
बिहीबार, वैशाख १६, २०७८
१ सय २६ जनामा पिसिआर परीक्षण गरिएकोमा ५० जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार तानसेन नगरपालिका तथा आसपास क्षेत्रका अस्पतालमा १२ जना, रैनादेवी छहरा गाउँपालिकाका २९ जना,माथागढी गाउँपालिकामा २ जना, रामपुर नगरपालिकामा ३ जना,पूर्वखोला गाउँपालिकाका १ जना, तिनाउ गाउँपालिकामा १ जना, रिब्दीकोट गाउँपालिकामा २ जनामा...
सडक, सरोकारवाला र हाउगुजी
बिहीबार, वैशाख १६, २०७८
पछिल्लो समय सिद्घार्थ राजमार्ग अन्तर्गत पर्ने बुटवल चिडीयाखोलादेखि राम्दीसम्मको सडकलाई स्तरउन्नती गर्ने अभिप्रायले सडक छेउछाउका घर टहरा आदी भत्काउने भन्ने सूचना, समाचार आदिले आम जनतामा नयाँ तरंग ल्याएको छ । त्यो तरंग मध्ये सडक छेउछाउ बस्ने आम नागरिकको निद हरायको छ भने बाँकीको मनमा सडक बन्यो भने यात्रा गर्दा दुर्घटनाको...
पाल्पामा एक साता निषेधाज्ञा !
बिहीबार, वैशाख १६, २०७८
दोस्रो लहरको कोरोना महामारी नियन्त्रणका लागि पाल्पामा एक सातासम्मको लागि निषेधाज्ञाको तयारी गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बुधबार बसेको बैठकले वैशाख १७ गते राति १२ बजेदेखि वैशाख २४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लगाउने निर्णय गरेको हो । नयाँ भेरियन्ट सहितको कोभिड–१९ को संक्रमण दर...
कसेनीमा योजना सम्बन्धी छलफल
बिहीबार, वैशाख १६, २०७८
माथागढी गाउँपालिका ३ कसेनीले पञ्चवर्षीय आवधिक योजनासँगै दीर्घकालीन गुरुयोजना बनाउनका लागि छलफल गरेको छ । वडा कार्यालयले वडाको भौगोलिक अवस्था र वस्तुस्थितिलाई समेटेर आवधिक योजना र दीर्घकालीन गुरुयोजनाका लागि छलफल गरेको हो । आगामीे ५ वर्षमा वडालाई समृद्ध वडाको रुपमा चिनाउनका लागि योजना निर्माण गर्न थालिएको अध्यक्ष दिपक थापाले बताए ...


