Shittalpati
पाल्पामा शुक्रबार थप ८१ जना कोरोना संक्रमित डिस्चार्ज
पाल्पामा शुक्रबार थप ८१ जना कोरोना संक्रमित डिस्चार्ज जिल्लामा पछिल्लो समय कोरोना निको हुनेको संख्या बढ्दै गएको छ । शुक्रबार मात्र यहाँका ८१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।
पाल्पामा जेठ २४ गतेसम्म निषेधाज्ञा लम्बियो, आदेश उल्लङ्घन गरेमा जरिवाना
पाल्पामा जेठ २४ गतेसम्म निषेधाज्ञा लम्बियो, आदेश उल्लङ्घन गरेमा जरिवाना पाल्पामा जारी निषेधाज्ञा पुनः लब्याइएको छ । कोरोना संक्रमण कायमै रहेकाले पाल्पामा निषेधाज्ञा पुनः ९ दिन लब्याइएको हो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को शुक्रबारको बैठकले सरकारले जारी कोभिड १९ सम्बन्धि अध्यादेशका अनुसार निषेधाज्ञा थप गरेको जनाइएको छ ।
सरकार छिटो खोप ल्याऊ
सरकार छिटो खोप ल्याऊ
कोरोना महामारीमा सात समुन्द्र पारिबाट मातृभूमिको अगाथ माया
कोरोना महामारीमा सात समुन्द्र पारिबाट मातृभूमिको अगाथ माया स्वदेशमा रोजगारी नपाएर विदेशमा पसिना बगाउन बाध्य पारिएका लाखौं नेपाली आफ्नो मुलुकलाई संकट पर्दा हरेक पटक अगाडि सर्ने गरेका छन् । उनीहरुले सात समुन्द्रपारीबाट कोरोना महामारीमा पनि मातृ भूमिप्रतिको अगाध मायाको प्रतिक स्वास्थ्य सामग्री सहयोग गरेर गुन लागएका छन् ।
कोरोनाविरुद्ध लड्न पाल्पा अस्पताललाई अर्थ मन्त्रालयले दियो तीन करोड
कोरोनाविरुद्ध लड्न पाल्पा अस्पताललाई अर्थ मन्त्रालयले दियो तीन करोड सरकारले कोभिड–१९ कारण गम्भीर बिरामी परेका र बालबालिकाको उपचारका लागि पिडियाट्रिक आइसीयु र आइसीयु भेन्टिलेटरको व्यवस्था गर्न पाल्पा अस्पतालाई तीन करोड स्वीकृत गरेको छ । अर्थ मन्त्रालयले विहीबार अस्पतालको माग अनुसार आइसीयु र भेन्टिलेटरको व्यवस्था गर्न उक्त बजेट स्वीकृत गरेको हो ।
पाल्पामा विहीबार १ सय १५ संक्रमित कोरोनामुक्त
पाल्पामा विहीबार १ सय १५ संक्रमित कोरोनामुक्त जिल्लामा पछिल्लो समय कोरोना निको हुनेको संख्या बढ्दै गएको छ । विहीबार मात्र यहाँका १सय १५ जना संक्रमित कोरोनामुक्त भएका छन् । विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ४८ महिला र ६७ जना पुरुष कोरोनामुक्त भएका हुन् ।
जनताको समस्या समाधानमा निरन्तर लागेका छौं : पाल्पा काँग्रेस
जनताको समस्या समाधानमा निरन्तर लागेका छौं : पाल्पा काँग्रेस नेपाली काँग्रेस पाल्पाले जनताको समस्या समाधानमा निरन्तर लागेको बताएको छ । पार्टीका जिल्ला सभापति तथा लुम्बिनी प्रदेश सांसद् वीरबहादुर रानाद्वारा जारी अपिलमा कोरोना महामारीको बेला सिर्जित जनताको समस्या समाधानमा आफुरुहरु निरन्तर लागिपरेको बताइएको हो ।
पाल्पा तरुण दलले भन्यो ‘संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक’
पाल्पा तरुण दलले भन्यो ‘संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक’ नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल तरुण दलले संसद् विघटन असंंवैधानिक र अलोकतान्त्रिक भएको ठलहर गरेको छ । तरुण दलले विहीबार एक विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो ।
माथागढीलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग
माथागढीलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग जिल्लाको माथागढी गाउँपालिकाकालाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग प्राप्त भएको छ । गाउँपालिकामा कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि अग्रभागमा रहेर काम गर्दै आएका स्वास्थ्यकर्मीहरुका लागि कालीगण्डकी फाउण्डेशन नेपालले स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको हो ।
निषेध आदेशको उल्लंघन
निषेध आदेशको उल्लंघन
Weather Update