करुणा सेवा समाजले दियो प्रहरीलाई सुरक्षा सामग्री
मंगलबार, जेठ ११, २०७८
सीप सिकेर उद्यमी बन्दै महिला
मंगलबार, जेठ ११, २०७८
घरायसी काम, छोराछोरीको स्याहार सुसार, बालबालिकालाई विद्यालय पठाउने यस्तै यस्तै काममा धेरै महिलाको दैनिकी बितेको हुन्छ । कतिपय महिला भने यी आफ्ना दैनिक कामका अतिरिक्त स्वरोजगारका काममा पनि लागेका छन् ।
कोरोना महामारीमा स्थानीय सरकारलाई साथ दिदै गुल्मी कालिगण्डकीका युवा
मंगलबार, जेठ ११, २०७८
जिल्लाको कालिगण्डकी गाउँपालिकामा कोरोना संक्रमणको अवस्था भयावह बन्दै गएपछि स्थानीय युवाहरु त्यसको नियन्त्रण तथा रोकथामा जुटेका छन् । कालीगण्डकी गाउँपालिका कोभिड सहयोग सञ्जाल संस्थाको नेतृत्वमा उनीहरुले अभियान नै सञ्चालन गरेर कोरोना रोकथाम तथा नियन्त्रणमा जुटेका हुन् ।
तानसेनमा बजार अनुगमन
सोमबार, जेठ १०, २०७८
कोरोना संक्रमणका कारण पाल्पामा जारी निषेधाज्ञामा खुला गरिएका अत्यावश्यक खाद्यान्न, फलफूल, तरकारी तथा स्वास्थ्यसँग सम्बन्धित पसलहरुको स्थलगत अनुगमन गरिएको छ । निधेषाज्ञाको समयमा बजारमा दैनिक उपभोग्य खाद्य सामग्रीमा मूल्य बढाइएको जिल्ला प्रशासनमा गुनासो पुगेपछि सोमबार सहायक प्रमुख जिल्ला अधिकारी सशीधर घिमिरेको नेतृत्वमा तानसेन बजार अनुगमन गरिएको हो ।
तानसेनका सबै वडामा पिसिआर गरिदै
सोमबार, जेठ १०, २०७८
समुदायस्तरमा संक्रमणको दर बढ्दै गए पछि तानसेनका सबै वडामा पिसिआर शिविर सञ्चालन गरिएको छ । तानसेन नगरपालिका र पाल्पा अस्पतालको समन्वयमा तानसेन नगरपालिका भित्रका १४ वटै वडामा सोमबारदेखि कोरोना परीक्षणका लागि पिसिआर शिविर सञ्चालन गरिएको हो ।
पाल्पा कोरोना अपडेट : सोमबार १ सय ६३ संक्रमित निको भए
सोमबार, जेठ १०, २०७८
जिल्लामा पछिल्लो केही दिन यता कोरोना संक्रमितको संख्या भन्दा निको हुनेको संख्या बढ्दै गएको छ । सोमबार मात्र जिल्लामा १ सय १० जनामा संक्रमण हुँदा थप १ सय ६३ जना कोरोना संक्रमित निको भएका छन् ।
गुल्मीका पत्रकारले अक्सिजन प्लान्टका लागि संकलन गरेर दिए ६० लाख
सोमबार, जेठ १०, २०७८
जिल्लामा अक्सिन अभाव हुन नदिन अक्सिजन प्लान्ट निर्माणका लागि यहाँका पत्रकारहरुले रकम संकलन गरेका छन् । उनीहरुले स्वदेश तथा विदेशमा रहेका नेपालीहरु, विभिन्न संघसंस्थाहरुबाट रकम संकलन गरेका हुन् ।
पाल्पा कोरोना अपडेट : आईतबार १ सय ३३ संक्रमित निको हुँदा ९५ जनामा संक्रमण
आइतबार, जेठ ९, २०७८
जिल्लामा पछिल्लो केही दिन यता कोरोना संक्रमितको संख्या भन्दा निको हुनेको संख्या बढ्दै गएको छ । आइतबार मात्र जिल्लामा ९५ जनामा संक्रमण हुँदा थप १ सय ३३ कोरोना संक्रमित निको भएका छन् ।


