.jpg)
गुल्मी, जिल्लामा जारी निषेधाज्ञा पुनः लम्ब्याइएको छ । पछिल्लो समय कोरोना संक्रमण पुनः बढ्न थालेपछि निषेधाज्ञा असार २२ गतेसम्म लम्ब्याइएको हो ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को बैंठकले केही परिमार्जनसहित निषेधाज्ञा थप गरिएको जनाएको छ । निषेधाज्ञाको समयलाई थप गरेर असार २२ गते राती १२ बजेसम्मलाई लम्वाइएको हो । निषेधाज्ञा थप गरिए पनि केही खुकुलो भने बनाइएको छ । यस अवधिमा खाद्यवस्तु बेच्ने पसलहरु दैनिक ८ घण्टा खोलिँदै आएकोमा घटाएर अब ७ घण्टा मात्रै खोल्न दिइने भएको छ । निषेधाज्ञाका अवधिमा अत्यावश्यक उपभोग्य खाद्य बस्तु बेच्ने पसल, दूध, तरकारी, फलफूल, माछा, मासु, पानी, ग्यास, पेट्रोलियम पदार्थ, तथा निर्माण सामग्रीका पसलहरु, एग्रोभेट, बिहान ७ देखि १ बजेसम्म खुलाउन पाइने भएको भएको हो ।
यस्तै बैंक तथा वित्तीय संस्था, सहकारी, बीमा कम्पनीहरु दिउँसो ३ बजेसम्म सञ्चालन गर्न पाउने भएका छन् । तोकिएको समयमा खाद्यवस्तु बेच्ने पसलहरु र बैंक तथा वित्तीय संस्था, फेन्सी पसल, इलेक्ट्रोनिक पसल, टेरलिङ, सुनचाँदी पसल, स्टेशनरी तथा पुस्तक पसल पनि खोल्न पाइने छ । निषेधाज्ञामा खाद्यान्न, तरकारी, फलफूल, दूध, पानी, औषधि,बोक्ने मालवाहक गाडी र एम्बुलेन्स बाहेक मोटरसाइकलसहित अन्य सम्पूर्ण सवारी साधनलाई पूर्ण रुपमा रोक लगाइएको छ । जिल्लामा सञ्चालित सैलुन, ब्युटिपार्लरहरु, सार्वजनिक यातायात भने सञ्चालनमा पनि पूर्ण रुपमा रोक लगाइएको छ ।