Shittalpati
चन्द्र भण्डारीका भाइ शंकरको कार दुर्घटनामा निधन

पाल्पा, नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीका भाइ शंकर भण्डारीको कार दुर्घटनामा निधन भएको छ । रुपन्देहीको देवदह नगरपालिका–१० चरङ्गेबाट बुटवलतर्फ आउँदै गर्दा आफैले चलाएको लु १७ च ६०६६ नम्बरको कार दुर्घटनामा परी भण्डारीको निधन भएको हो ।

त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक समेत रहेका भण्डारी मंगलबार साँझ दुर्घटनामा परेका थिए । ५२ वर्षिय भण्डारीसहित उनका आफन्ती थानेश्वर भण्डारी सवार कार बुढाबास भन्ने स्थानमा रहेको कल्भर्टबाट खसेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका उनलाई उपचारका लागि बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन ।

प्रकाशित मिति: बुधबार, असार १६, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update