पाल्पामा आइतबार १ सय १९ जना नयाँ संक्रमित थपिए
आइतबार, वैशाख २६, २०७८

गुल्मीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२ पुग्यो
आइतबार, वैशाख २६, २०७८
गुल्मीमा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २२ पुगेको छ । स्वास्थ्य कार्यालय गुल्मीका अनुसार पछिल्लो २४ घण्टामा ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै जिल्लामा कुल संक्रमितको संख्या ६ सय १७ पुगेको छ । जसमा १ सय ६७ जना पिसिआर पोजेटिभ र ४५० जना एन्टीजेन...

संस्कृति र लोकबाजा संरक्षणको अभियानमा पाल्पाली युवा
आइतबार, वैशाख २६, २०७८
जवानीमा पञ्चेबाजा बजाएर दिन रात बितेको पत्तै नपाउने गरेका रामपुरका ६० वर्षीय गिरबहादुर परियारले पछिल्ला वर्षहरुमा बाजा बजाउने दौँतरी नै पाएनन् ।

गुल्मीमा सात वर्षीय बालकले कोरोना जिते
आइतबार, वैशाख २६, २०७८
गुल्मीको मदाने गाउँपालिकाले सञ्चालन गरेको कोभिड–१९ विशेष अस्पतालमा सात वर्षीय बालकले कोरोना जितेका छ । मदाने–१ अग्लुङका सात वर्षीय बालक राजेश राउतले गाउँकै अस्थायी कोभिड अस्पतालमा कोरोनालाई जितेका हुन् ।

संक्रमितको घरमै अक्सिजन पुर्याउदै कालिगण्डकी गाउँ सरकार
आइतबार, वैशाख २६, २०७८
जिल्लाको कालिगण्डकी गाउँ सरकारले कोरोना संक्रमितको घर–घरमै स्वास्थ्य अक्सिजन पुर्याउन थालेको छ । गाउँपालिकामा कोरोना संक्रमितको ग्राफ बढ्दै गएपछि गाउँ सरकारले संक्रमितहरूको घरमै पुगी अक्सिजन सहित आवश्यक स्वास्थ्य सामग्रीहरू दिँदै आएको हो ।

महामारीमा बेमौसमी राजनीति
आइतबार, वैशाख २६, २०७८
मुलुक अहिले कोरोना महामारीबाट आक्रान्त छ । हजारौंको संख्यामा मानिसहरु संक्रमितसँगै मृत्युको शिखार बनेका छन् । सरकारी फितलो व्यवस्थापनका कारण अहिले कोरोना महामारीले भयावह अवस्था सिर्जना गरेको छ । भारतमा कोरोना संक्रमण ह्वात्तै बढ्दा पनि नेपालमा सरकारले पर्याप्तरूपमा पूर्वतयारी गर्न नसक्दा अहिले यो नियती नेपाली जनताले भोग्नु परिरहेको छ ।

पाल्पा काँग्रेसको पार्टी कार्यालय आइसोलेसनलाई दिइने
आइतबार, वैशाख २६, २०७८
नेपाली काँग्रेस पाल्पाको पार्टी कार्यालयलाई कोभिड प्रभावितका लागि आइसोलेसन बनाउन दिइने भएको छ । जिल्लामा संक्रमण दर बढ्दै गएपछि नागरिकको उपचार सहज बनाउन विपी स्मृति भवनलाई कोभिड–१९ रोकथामका लागि आवश्यक परेमा आइसोलेसन कक्ष बनाउन काँग्रेसले जिल्ला कोभिड व्यवस्थापन केन्द्रलाई स्वीकृति दिइएको हो ।

विवाहले फैलाउँदै कोरोना
शनिबार, वैशाख २५, २०७८
केही दिन अघि बुटवलमा भएको विवाह कार्यक्रमा सहभागी हुन पुगेका तानसेनका दुई जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भयो । आफ्ना भान्जाको विवाहमा सहभागी हुन पुगेका श्रीमान, श्रीमतिलाई नै संक्रमण भएको छ । यति मात्र होइन त्यो विवाहमा सहभागी अन्य दर्जानौ व्यक्तिहरु समेत संक्रमणको शिखार बन्न पुगेका छन् ।

पाल्पामा शनिबार २३ जना संक्रमितले कोरोना जिते
शनिबार, वैशाख २५, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा २३ जनाले कोरोना जितेका छन् । शनिबार विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ४ जना महिला र १९ जना पुरुषले कोरोना जितेका हुन् ।

गुल्मी काँग्रेसको कार्यालयलाई आइसोलेसन बनाइने
शनिबार, वैशाख २५, २०७८
नेपाली कांग्रेस गुल्मीले जिल्लास्थित पार्टी कार्यालयलाई कोरोना उपचार तथा आइसोलेसन कक्षका लागि उपलब्ध गराउने भएको छ । पार्टी जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले सदरमुकाम तम्घास रहेको पार्टी कार्यालय वीपी स्मृति भवनलाई आवश्यकताअनुसार आइसोलेसनका रुपमा प्रयोग गर्न सकिने बताएका छन् ।

गुल्मीका स्थानीय सरकारले बनाए १ सय ४० बेडका आइसोलेसन
शनिबार, वैशाख २५, २०७८
जिल्लामा कोरोना संक्रमणको दर बढ्दै गएपछि स्थानीय सरकारहरुले चासो देखाएका छन् । यहाँ रहेका दुई नगरपालिका र दश गाउँपालिकाहरुले दोस्रो चरणको कोरोना भाइरस नियन्त्रण गर्नका लागि छुट्टाछुट्टै तयारी थालेका छन् ।

लकडाउनका सय दिन, (दैनकीमा एकान्तबासका अनुभूतिहरु ‘भाग–५’)
शनिबार, वैशाख २५, २०७८
बिहान उठेपछि आज कपडा धोए । पुरानै तालिका अनुसार घाम तापे । मन गहिरेका थप दुई वटा कथा पढें । कथा पढेपछि सामान्य लेखोट पनि गरेको छु । पछि केही लेख्न सजिलो होला । खाना अलि ढिलो खाईयो । यसो पल्टेको निदाइएछ । यसलाई भाते निद्रा भन्छन् क्यारे ¤ उठेपछि...