गुल्मीका स्थानीय तह र अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर्स सहयोग
सोमबार, जेठ २४, २०७८
बगनासकालीका सबै वडाहरुमा खोप केन्द्र
सोमबार, जेठ २४, २०७८
जिल्लाको बगनासकाली गाउँपालिकाका सबै वडाका खोप केन्द्र सञ्चालन गरिएको छ । यहि जेठ २५ र २६ गते सञ्चालन हुने कोरोना विरुद्धको खोपका लागि बगनासकालीले ९ वटै वडाहरुमा खोप केन्द्र सञ्चालन गरेको हो ।
माथागढीले सबै वडामा खोप केन्द्र सञ्चालन गर्दै
सोमबार, जेठ २४, २०७८
जिल्लाको माथागढी गाउँपालिकाले सबै वडामा कोभिड–१९ विरुद्धको खोप केन्द्र सञ्चालन गर्ने भएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाले सबै वडालाई पत्राचार गर्दै खोप केन्द्रका लागि समन्वय गर्न भनेको छ ।
गाउँ शिक्षा समितिको बैंठक, यस्ता छन् निर्णय
सोमबार, जेठ २४, २०७८
जिल्लाको माथागढी गाउँपालिकाको गाउँ शिक्षा समितिको बैठक बसेको छ । संघीय सरकारद्वारा विनियोजन गरिएको सशर्त अनुदान तर्फको रकम शिक्षा क्षेत्रको कुन क्षेत्रमा छुट्याउने भन्ने विषयमा बैठक बसेको हो ।
विनोद नेपालको “गोदान”
आइतबार, जेठ २३, २०७८
पाल्पा पोखराथोक,माडी जन्म भई हाल वनस्थली खरिबोट ,काठमाडौमा बसोबास गर्दै आएका विनोद नेपाल “बैगुनी” को नियात्रा संग्रह ,देश विदेश ( २०७६)र लघुकथा संग्रह गोदान(२०७७) प्रकाशित भएका छन् ।
पाल्पामा आइतबार थप ६० कोरोना संक्रमित निको भए, १ सय ५ जनामा संक्रमण
आइतबार, जेठ २३, २०७८
जिल्लामा पछिल्ला २४ घण्टामा थप ६० कोरोना संक्रमित निकको भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले आइतबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका ६० जना संक्रमित निको भएका हुन् ।
गुल्मीमा निषेधाज्ञा जेठ ३१ सम्म लम्बियो
आइतबार, जेठ २३, २०७८
गुल्मीमा निषेधाज्ञाको समय जेठ ३१ गतेसम्म थपिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले जेठ ३१ गते राती १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
पाल्पाली पत्रकारलाई अमेरिकाबाट पल्स अक्सिमिटर सहयोग
आइतबार, जेठ २३, २०७८
पाल्पाली पत्रकारहरुका लागि अमेरिकाबाट पल्स अक्सिमिटर सहयोग भएको छ । रोजगारीको सिलसिलामा अमेरिका बस्दै आएका पाल्पालीहरुको सहयोगमा पत्रकारहरुको लागि २५ थान पल्स अक्सिमिटर सहयोग प्राप्त भएको हो ।
पाल्पामा जेठ ३१ गतेसम्म निषेधाज्ञा थपियो, दैनिक ३ घण्टा बैंकहरु खोल्न पाउने
आइतबार, जेठ २३, २०७८
पाल्पामा जारी निषेधाज्ञा पुनः लब्याइएको छ । कोरोना संक्रमण कायमै रहेकाले निषेधाज्ञा पुनःजेठ ३१ गतेसम्म लब्याइएको हो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को आईतबार विहान बसेको बैंठकले जिल्लामा कोरोना संक्रमणको अवस्था अझै कायमै रहेकाले निषेधाज्ञा थप गरिएको जनाइएको छ ।


