गुल्मीमा ३८ वर्षीय मिर्गौला पीडित पुरुषले कोरोना जीते
बुधबार, जेठ ५, २०७८

गुल्मीको कालिगण्डकीमा एकैदिन ७४ जना कोरोना संक्रमित
बुधबार, जेठ ५, २०७८
जिल्लाको कालिगण्डकी गाउँपालिका गुल्मीमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । नयाँ भेरियन्ट सहितको कोरोना संक्रमितको संख्या देशै भरि दिनानुदिन बढिरहेको अबस्थामा गुल्मी कालिगण्डकिमा पनि अहिलेसम्मकै धेरै वृद्धि भएको हो ।

पाल्पा काँग्रेसले अक्सिजन सहयोग गर्ने
मंगलबार, जेठ ४, २०७८
कोभिड १९ को महामारीका बेला अक्सिजनको अभावले परेको समस्यालाई तत्काल समाधान गर्न माग गर्दै आएको पाल्पा काँग्रेसले जिल्लाका विभिन्न अस्पताल र आईसोलेशन सेन्टरलाई अक्सिजन सहयोग गर्ने भएको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचन : लुम्बिनीमा दुईजनाको उम्मेदवारी
मंगलबार, जेठ ४, २०७८
राष्ट्रियसभाका उपनिर्वाचनमा लुम्बिनी प्रदेशमा दुईजनाको उम्मेदवारी परेको छ । यही जेठ १७ गते हुने निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट अर्घाखाँची मालारानी –५ का चन्द्रबहादुर खड्काले उम्मेदवारी दर्ता गरेका छन् ।

पाल्पामा धमाधम बढ्न थाले कोरोना निको हुने
मंगलबार, जेठ ४, २०७८
जिल्लामा पछिल्लो केही दिन यता कोरोना संक्रमितहरु निको हुने संख्या बढ्दै गएको छ । कोरोना संक्रमणको दर नघटे पनि निको हुनेको दर भने दैनिक रुपमा बढ्दै गएको हो ।

समाजले बनाइदिएको ‘नेता’
मंगलबार, जेठ ४, २०७८
सबै भन्दा पछिल्लो पुस्ताले भविष्यको सपना देखेको हुन्छ वा ऊ उपर लादिएको अभिभावकीय कठोर सपना हुन्छ कि ‘पढेर डाक्टर, इन्जिनियर, सरकारी जागिरे वा यस्तै अरू केही बन्नुपर्छ, नेता त बन्नै हुन्न ।’

अर्काको लागि कहिलेसम्म भरिया ?
मंगलबार, जेठ ४, २०७८
केही दिन अघि सरकार ढल्यो । शेरबहादुर देउवाको नेतृत्वमा एमाले रहित सरकार बन्ने भयो भनेर सामाजिक संजालदेखि सडकसम्म निकै हल्ला चल्यो । यस लेखकलाई शेरबहादुर नबन्ने कुरामा प्रष्ट थियो ।

पाल्पा र गुल्मीमा जेठ १५ सम्म निषेधाज्ञा थपियो,थप कडाई गरिने
मंगलबार, जेठ ४, २०७८
कोरोना संक्रमण बढदै गएपछि पाल्पामा निषेधाज्ञा थपिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को सोमबार बसेको बैठकले कोरोना संक्रमणको दोस्रो लहर समुदायस्तरमै फैलिएको निष्कर्ष निकाल्दै निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो ।

परियोजनामा आधारित सिकाइ गराउँदै माउण्ट भ्याली
मंगलबार, जेठ ४, २०७८
जिल्लाको माथागढी गाउँपालिकामा रहेको माउण्ट भ्याली इ·लिश स्कूलले विद्यालयलयलाई समय सापेक्ष परिस्कृत बनाउँदै लगेको छ । ब्रिटिश काउन्सीलको सहकार्यमा स्कूलले परियोजनामा आधारित सिकाइ गराउँदै आएको पाइन्छ ।
विगत सन् २०१४ देखि ब्रिटिश काउन्सीलको सहकार्यमा विद्यालयको शिक्षण सिकाइ क्रियाकलाप विद्यार्थी केन्द्रीत बनाउन लागेको विद्यालयका प्रिन्सीपल प्रेमराज खरालले बताए ।