कोरोनाबाट वडाअध्यक्ष र पत्रकारको निधन
सोमबार, जेठ ३, २०७८

पाल्पामा एकै दिन १ सय ४० संक्रमितले कोरोना जिते
सोमबार, जेठ ३, २०७८
जिल्लामा पछिल्लो केही दिन यता कोरोना संक्रमितहरु निको हुने संख्या बढ्दै गएको छ । कोरोना संक्रमणको दर नघटे पनि निको हुनेको दर भने दैनिक रुपमा बढ्दै गएको छ । सोमबार मात्र जिल्लामा १ सय ४० जना संक्रमितले कोरोना जितेका छन् ।

श्रमजीवी वर्गका लागि राहत प्याकेज ल्याउन प्रेस युनियन पाल्पाको माग
सोमबार, जेठ ३, २०७८
नेपाल प्रेस युनियन पाल्पाले कोरोना पीडित श्रमजीवी,मजदुर तथा रोजगार गुमाएकाहरूलाई राहत प्याकेज ल्याउन सरकारसँग माग गरेको छ । युनियनले सोमबार विज्ञप्ति जारी गर्दै निषेधाज्ञाका कारण रोजगार गुमाएका आम नागरिक, श्रमिक र साना व्यवसायीहरूले भोग्नु परेको पीडालाई मध्यनजर गर्दै आवश्यक राहतको प्याकेज यथाशीघ्र ल्याउन माग गरेको हो ।
.jpg)
गुल्मीमा पनि निषेधाज्ञा जेठ १५ सम्म लम्बियो
सोमबार, जेठ ३, २०७८
गुल्मीमा पनि निषेधाज्ञा जेठ १५ गतेसम्म लम्बिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को सोमबार बसेको बैठकले जेठ १५ गते राती १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भण्डारीले जानकारी दिए । यस अगाडि थप गरिएको निषेधाज्ञाको समय जेठ ४ गते (भोली) राती १२...

पाल्पामा जेठ १५ गतेसम्म निषेधाज्ञा थपियो, थप कडाई गरिने
सोमबार, जेठ ३, २०७८
कोरोना संक्रमण बढदै गएपछि पाल्पामा निषेधाज्ञा थपिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को सोमबार बसेको बैठकले कोरोना संक्रमणको दोस्रो लहर समुदायस्तरमै फैलिएको निष्कर्ष निकाल्दै निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो ।

पाल्पामा सिसिएमसीको बैठक बस्दै, निषेधाज्ञा थप्ने तयारी
सोमबार, जेठ ३, २०७८
भिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठक बस्दैछ ।
बैठकमा पछिल्लो समय तीब्र गतिमा बढ्दै गएको कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि थप अपनाउनुपर्ने रणनीतिबारे छलफल हुने बताइएको छ ।

पाल्पाका किसान खेतीपातीमै व्यस्त, भन्छन्,‘कोरोनाबारे छैन सोच्ने फुर्सद’
सोमबार, जेठ ३, २०७८
देशव्यापी नै कोभिड १९ को संक्रमणले आक्रन्त बने पनि गाउँका किसानहरू भने आफ्नो खेतीपातीमा व्यस्त छन् । रोगभन्दा भोक छाक टार्ने किसानहरू यतिबेला खेतीपाती, मेलापातको चटारोमा छन् ।

स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि सेवा बन्द
सोमबार, जेठ ३, २०७८
जिल्लाको माथागढी गाउँपालिका ७ मा रहेको रहवास स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि आकस्मिक बाहेकका सेवा बन्द गरिएको छ ।

माथागढीमा संक्रमण बढेसँगै परीक्षणको दायरा बढाइयो
सोमबार, जेठ ३, २०७८
जिल्लाको माथागढी गाउँपालिकामा कोभिड १९को संक्रमण बढेसँगै परीक्षणको दायरा पनि बढाइएको छ । पछिल्लो समय समुदास्तरमै दैनिक रुपमा संक्रमित देखिन थालेपछि गाउँपालिकाले परीक्षणको दायरालाई बढाएको हो ।

पाल्पामा आइतबार थप ७१ जना संक्रमितले कोरोना जिते
आइतबार, जेठ २, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ७१ जना संक्रमितले कोरोना जितेका छन् । विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ३० जना महिला र ४१ जना पुरुषले कोरोना जितेका हुन् ।

पाल्पामा स्वास्थ्य सामग्री पठाउन अमेरिकामा सहयोग
आइतबार, जेठ २, २०७८
पाल्पामा स्वास्थ्य सामग्री पठाउन अमेरिकामा सहयोग अभियान सञ्चालन भएको छ । कोरोनाको संक्रमण बढ्दै गएपछि रोजगारको शिलशिलामा अमेरिका बस्दै आएका पाल्पालीहरुले स्वास्थ्य सामग्रीाका लागि आर्थिक संकलन अभियान अगाडि बढाएका हुन् ।