महामारीमा सारथी बन्दै लोक दोहोरी प्रतिष्ठान गुल्मी
बुधबार, जेठ २६, २०७८
माथागढी गाउँपालिकाका सबै विद्यालयको वार्षिक परीक्षाफल प्रकाशित
मंगलबार, जेठ २५, २०७८
जिल्लाको माथागढी गाउँपालिका भित्रका सबै विद्यालयको शैक्षिक सत्र २०७७ सालको बार्षिक वार्षिक परीक्षाफल प्रकाशित गरिएको छ । गाउँपालिकाले सञ्चालन गरेको आधारभूत तह कक्षा ५ र कक्षा ८ सहित १–९ सम्मका सबै कक्षाका परीक्षाफल मंगलबार प्रकाशित गरिएको हो ।
माथागढी गाउँपालिकाले दियो कृषकलाई अनुदानमा बिउ बिजन र कृषि सामग्री
मंगलबार, जेठ २५, २०७८
जिल्लाको मथागढी गाउँपालिकाले कृषकलाई अनुदानमा बिउ बिजन र कृषि सामग्री दिएको छ । गाउँपालिकाले प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना तरकारी पकेट क्षेत्र कार्यक्रम अन्तर्गत गाउँपालिकाका कषकहरुलाई कृषक समूहमार्फत बिउ बिजन र कृृिष सामग्री दिएको हो ।
पाल्पामा बैंकहरु खुलेपछि बढ्यो भिड–भाड
मंगलबार, जेठ २५, २०७८
कोरोना सक्रमणको कारण एक महिना देखी सुनसान बनेको पाल्पाका बजारहरुमा बैंकहरु सञ्चालनमा आएसंगै भिडभाड बढेको छ । जिल्लाका सबैजसो बैंकहरुमा मानिसहरु लाईन लागेर पैसा झिक्न बैकसम्म पुग्ने गरेका छन् ।
पाल्पामा मंगलबार १ सय ६५ संक्रमित कोरोनामुक्त, १ सय ३० जनामा संक्रमण
मंगलबार, जेठ २५, २०७८
जिल्लामा पछिल्ला २४ घण्टामा १ सय ६५ संक्रमित कोरोनामुक्त भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका १ सय ६५ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।
पाल्पा अस्पतालमा रिफर लिनेको भिड
मंगलबार, जेठ २५, २०७८
पाल्पा अस्पतालमा स्वास्थ्य बिमा गरेका सेवाग्राहीहरु रिफर कार्ड लिन लाईनमा ।
नक्कली उद्योग खडा गरेर स्यानिटाइजर र कस्मेटिक सामान उत्पादन
मंगलबार, जेठ २५, २०७८
काठमाडौँको सानो भर्याङबाट नक्कली उद्योग सञ्चालन गरी स्यानिटाइजर र कस्मेटिक सामान उत्पादन गरेको फेला परेको छ । यसरी नक्क्ली गतिविधिमा संलग्न एक जनालाई प्रहरीले ठूलो मात्रामा स्यानिटाइजर र कस्मेटिक सामानसहित पक्राउ गरेको छ ।
पाल्पाका स्थानीय सरकारलाई कोभिड विरुद्ध लड्न हेफरले दियो १ करोड ४९ लाख
सोमबार, जेठ २४, २०७८
हेफर ईन्टरनेशनल नेपालले कोभिड विरुद्ध लड्नको लागि पाल्पाका १० वटा स्थानीयतहलाई १ करोड ४९ लाख रुपैयाँ सहयोग गरेको छ । स्वास्थ्य संस्था तथा आईसोलेसन निर्माण अक्सिजन खरिद, पिसिआर किट तथा एन्टिजेन किट खरिद, पिपिई, औषधी लगायतका सरसमान खरिदको लागि हेफरले पाल्पाका स्थानीयतहहरुमा सहयोग रकम प्रदान गरेको हो ।
रोगसँगै भोकको चिन्ता : राहत वितरणमा छैन स्थानीय सरकारको ध्यान
सोमबार, जेठ २४, २०७८
कोरोना रोकथाम तथा नियन्त्रणका लागि देशभर निषेधाज्ञा जारी छ । यसले विपन्न र श्रमिक वर्गलाई सबैभन्दा बढी प्रभावित पारेको छ । दैनिक कमाउँदै खाँदै गर्नेको चुलो अब निभेको छ । कामका अवसर बन्द भएका छन् । गरेर खान बाहिर निस्कन सरकारले छेकेको छ । सरकारको बाध्यता हो– संक्रामक रोगबाट आमनागरिकलाई...
पाल्पा कोरोना अपडेट : निको हुने संक्रमितको ग्राफ बढ्दै,संक्रमण घट्दै
सोमबार, जेठ २४, २०७८
कोरोना महामारीको ‘हटस्पट’ बनेको पाल्पामा पछिल्ला दिनहरुमा कोरोना निको हुनेको संख्या बढ्दै गएको छ,भने संक्रमितको संख्या घट्दै गएको छ । गत वैशाखमा एका एक उकालो लागेको कोरोना संक्रमणको ग्राफ जेठ पहिलो सातादेखि भने ओरालो लाग्ने क्रममा छ ।


