Shittalpati
कुमारी बैंकको कामु सीईओमा अनुजमणि

पाल्पा,  कुमारी बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा अनुजमणि तिमिल्सिनालाई तोकिएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले ४ वर्षको कार्यकाल पुरा गरी अवकाश लिएपछि तिमिल्सिनालाई कामु सीईओ तोकिएको हो । कुमारी बैंकको सञ्चालक समितिको निर्णयानुसार बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत तिमिल्सिनालाई साउन १ देखि लागू हुने गरी कायममुकायम प्रमुख कार्यकारी अधिकृत तोकिएको छ । कामु सीइओ तिमिल्सिना यसअघि सेन्चुरी बैंकको प्रमुख कार्यकारी अधिकृत रहेका काम गरिसकेका अनुभवी बैंकर हुन् ।

३५ वर्षको लामो बैंकिंङ्ग करियर लगायत विभिन्न बैंकका प्रमुख कार्यकारी अधिकृतको रुपमा २१ वर्षको वृहत कार्यकालको अनुभव कमाउन सफल सुरेन्द्र भण्डारीको कार्यकाल सुखद् र अत्यन्तै सफलदायी रहेको कुमारी बैंकले जनाएको छ । उनको कार्यकाल सुखद् र सफल रहेको कुमारी बैंकले जानकारी दिएको छ । उनको कार्यकालमा बैंकले प्रशंसनीय उन्नती गर्दै नेपालका सफल बैंकहरूको सूचीमा पुग्न सफल भएको बैंकले जनाइएको छ । बैंकले यही कार्यकालमा ७ विभिन्न वित्तीय संस्थाहरूका साथै तत्कालीन देवः विकास बैंकलाई पनि प्राप्ति गरेर बैंकको व्यवसायको दायरा निकै फराकिलो पारेको थियो ।

प्रकाशित मिति: सोमबार, साउन ४, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update