Shittalpati
पाल्पा कोरोना अपडेट :  सोमबार १ सय ९ जना संक्रमितले कोरोना जिते , ५४ जनामा संक्रमण
पाल्पा कोरोना अपडेट : सोमबार १ सय ९ जना संक्रमितले कोरोना जिते , ५४ जनामा संक्रमण जिल्लामा पछिल्ला २४ घण्टामा १ सय ९ जना संक्रमितले कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालयले सोमबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका १ सय ९ जना संक्रमितले कोरोना जितेका हुन् ।
सहकारी क्षेत्रलाई प्राथमिकता दिन संघको माग
सहकारी क्षेत्रलाई प्राथमिकता दिन संघको माग जिल्ला बचत तथा ऋण सहकारी संघ लि. पाल्पाले महामारीका बेला महत्वपूर्ण निकाय (जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र) पाल्पाका निर्णयहरुमा सहकारी क्षेत्रलाई नसमेटिएकोमा सिंगो पाल्पाली सहकारी अभियानको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
गुल्मीमा असार ७ गतेसम्म निषेधाज्ञा थपियो
गुल्मीमा असार ७ गतेसम्म निषेधाज्ञा थपियो गुल्मीमा निषेधाज्ञाको समय अवधि थप गरिएको छ । जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले आगामी असार ७ गते सम्मका लागि निषेधाज्ञाको समय थप गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भण्डारीले जानकारी दिए ।
एसइईको नतिजा साउन दोस्रो साता, असार २० भित्र आन्तरिक मूल्याङ्कन पठाउन विद्यालयलाई निर्देशन
एसइईको नतिजा साउन दोस्रो साता, असार २० भित्र आन्तरिक मूल्याङ्कन पठाउन विद्यालयलाई निर्देशन माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुन आवेदन दिने विद्यार्थीको असार २० गतेभित्र आन्तरिक मूल्याङ्नका सबै कार्य पूरा गरी जिल्ला समन्वय एकाइ कार्यालयमा पठाइसक्नुपर्ने भएको छ ।
पाल्पामा पुनः निषेधाज्ञा थपियो, पुस्तक पसलहरु दैनिक ४ घण्टा खोल्न पाउने
पाल्पामा पुनः निषेधाज्ञा थपियो, पुस्तक पसलहरु दैनिक ४ घण्टा खोल्न पाउने पाल्पामा जारी निषेधाज्ञा पुनः लब्याइएको छ । कोरोना संक्रमण कायमै रहेकाले निषेधाज्ञा पुनः असार १२ गतेसम्म लब्याइएको हो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को सोमबार विहान बसेको बैंठकले जिल्लामा कोरोना संक्रमणको अवस्था अझै कायमै रहेकाले निषेधाज्ञा थप गरिएको जनाइएको छ ।
पाल्पामा धान रोप्ने चटारो
पाल्पामा धान रोप्ने चटारो पाल्पाको माडीफाँटमा धान रोप्दै किसान ।
पाल्पा कोरोना अपडेट :  आइतबार ५९ जना संक्रमित निको भए , १५ जनामा संक्रमण
पाल्पा कोरोना अपडेट : आइतबार ५९ जना संक्रमित निको भए , १५ जनामा संक्रमण जिल्लामा पछिल्ला २४ घण्टामा ५९ जना कोरोना संक्रमित निको भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले आइतबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ५९ जना संक्रमित निको भएका हुन् । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका २० जना महिला र ३९ जना पुरुषले कोरोना जितेका...
पाल्पामा ट्रक र मोटरसाइकल ठोक्किदाँ दुई घाईते
पाल्पामा ट्रक र मोटरसाइकल ठोक्किदाँ दुई घाईते जिल्लाको तिनाउँ गाउँपालिका –३ झुम्सा स्थित सिद्दार्थ राजमार्गमा ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किदाँ दुई जना घाइते भएका छन् । बुटवलदेखी तानसेनतर्फ आउदै गरेको लु १ क १३१५ नम्वरको मिनि ट्रक र विपरित दिशाबाट जाँदै गरेको लु ३२ प ७११४ नम्वरको मोटरसाइकल एकआपसमा ठक्कर खादा दुई जना घाइते भएका हुन्...
Weather Update