Shittalpati
एनएमबि बैंकको अटो लोन

पाल्पा, एनएमबि बैंकले छिटो छरितो रुपमा अटो लोन दिने भएको छ । बैंकले प्रतिवर्ष ८ दशमलव ४९ प्रतिशत ब्याजदरमा अटो लोन २४ घण्टाभित्र प्रवाह गर्ने भएको हो । बैंकले पाँच वर्षसम्म एउटै ब्याजदर रहने गरी यो योजना अघि ल्याएको जनाएको छ । विद्युतीय गाडीको हकमा भने एनएमबि बैंकले बेस रेटमै कर्जा प्रदान गर्दै आइरहेको छ ।

निरन्तर ब्याज बढ्ने चिन्ताबाट मुक्त हुनेगरी ५ बर्षसम्म एउटै ब्याजदर रहने सरल तथा सहज योजना अघि सारिएको बैंकले जनाएको छ । यसरी ग्राहकवर्गको आफ्नै गाडी चढ्ने सपना पुरा गर्न समान ब्याजदरले झन सघाउ पुर्‍याउने विश्वास बैंकको छ ।

एनएमबि बैंकले १सय ८१ शाखा, १ सय ३७ एटीएम, ९ एक्सटेन्सन काउन्टरमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ । एनएमबि बैंक ‘ग्लोबल एलाइन्स फर बैंकिङ अन भ्यालु’ को नेपालमा एक मात्रै ‘क’ वर्गको सदस्य वाणिज्य बैंकको रुपमा रहनुका साथै नेपालमा दिगो मूल्य मान्यतामा आधारित बैंकिङ सेवाको प्रवद्र्धनधनमा लागिपरेको बैंक हो । एनएमबि बैंक विदेशी लगानीकर्ता संस्थाहरुका लागि, नेपाली वित्त बजारमा लगानी गर्नका निम्ति सबैभन्दा बढी रुचाइएको बैंक पनि हो । बैंकले नेपालमा वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापन नीति लागू गर्न अग्रणी भूमिका निर्वाह गरिरहेको छ ।

प्रकाशित मिति: बुधबार, साउन १३, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update