नवजनचेतना राष्ट्रिय दैनिक २०७८ असार १५ गते मंगलबार
मंगलबार, असार १५, २०७८
पाल्पामा सोमबार ५३ जना नयाँ संक्रमित थपिए
सोमबार, असार १४, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ५३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले सोमबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ५३ जनामा कोरोना संक्रमण देखिएको हो ।
‘विकास निमार्णलाई प्राथमिकता दिएका छौं’
सोमबार, असार १४, २०७८
देशभरका स्थानीय सरकारले धामाधम आर्थिक वर्ष २०७८/०७९ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरिरहेका छन् । अधिकांस स्थानीय सरकारहरुले कोभिड र चुनाव केन्द्रित बजेट सार्वजनिक गरेको पाइन्छ ।
रिब्दीकोटमा अनलाइनबाट पठन–पाठनको तयारी
सोमबार, असार १४, २०७८
पाल्पाका सामुदायिक विद्यालयले अनलाइन माध्यमबाट पठन–पाठन शुरु गर्ने तयारी गरेका छन् । रिब्दीकोट गाउँपालिकाले अनलाइन प्रविधिको प्रयोग गरी कक्षा ९ र १० को अनलाइन पठनपाठन सञ्चालन गर्ने तयारी थालेको गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले बताए । निषेधाज्ञाको अवधिमा बालबालिका अध्ययनबाट वञ्चित भएका छन् । विद्यालयमा उपस्थिति हुन नपर्ने भएपछि फुर्सदिला भएपछि...
गुल्मीका स्वास्थ्य चौकीलाई स्वास्थ्य सुरक्षा सामग्री
सोमबार, असार १४, २०७८
जिल्लामा रहेका स्वास्थ्य चौकीलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको छ । बोधिसत्वा बिहार बुढानिल्कण्ठ काठमाडौंको आर्थिक सहयोग गुल्मेली कलाकार तिलक बस्नेत र लोक तथा दोहोरी गीत प्रतिस्ठान गुल्मीको समन्वयमा स्वास्थ्य चौकीलाई दोस्रो पटक स्वास्थ्य सामग्री प्रदान गरिएको हो ।
बुधबारदेखि भारी वर्षा हुने
सोमबार, असार १४, २०७८
जल तथा मौसम विज्ञान विभागले आगामी बुधबारदेखि मनसुन थप सक्रिय हुने प्रक्षेपण गरेको छ । देशको पूर्वी तथा मध्यभागमा बुधबारदेखि मनसुनी गतिविधि बढ्ने विभागले जनाएको छ ।
पाल्पामा आइतबार ५६ संक्रमितले कोरोना जिते, १२ जनामा संक्रमण
आइतबार, असार १३, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ५६ जना संक्रमितले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालय पाल्पाले आइतबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ५६ जना संक्रमितले कोरोना जितेका हुन् ।
तानसेनमा सडक कालोपत्रे गर्दा गाडीमा आगलागी : दुई व्यक्ति घाइते
आइतबार, असार १३, २०७८
तानसेनमा सडक कालोपत्रे गर्ने क्रममा गाडीमा आगलागी हुँदा दुई व्यक्ति घाइते भएका छन् । तानसेन नगरपालिका– ६ होलाङ्दी स्थित होलाङ्दी–ढुङ्गाखानी भित्री सडक खण्ड पिच गर्ने क्रममा लु २ क ४३६९ न.को डिष्ट्रिब्युटर सवारीमा आगलागी भएको हो ।


