पाल्पा कोरोना अपडेट: सोमबार ५९ जना नयाँ संक्रमित थपिए
सोमबार, असार २८, २०७८
पाल्पामा वीपी स्मृति भवन र पुस्तकालयको समुद्घाटन
सोमबार, असार २८, २०७८
पाल्पामा वीपी स्मृति भवन र वीपी पुस्तकालयको समुद्घाटन गरिएको छ । नेपाली काँग्रेस पाल्पाद्वारा निर्मित वीपी स्मृति भवन र पुस्तकालयको भर्चुअल प्रविधिमार्फत समुद्घाटन गरिएको हो ।
गुल्मीको धुर्कोट खरको छानामुक्त गाउँपालिका
सोमबार, असार २८, २०७८
जिल्लाको धुर्कोट गाउँपालिका खरको छानामुक्त पालिका बनेको छ । गाउँपालिकाले एक औपचारिक कार्यक्रमका बिच पालिकालाई खरको छानामुक्त पालिका घोषणा गरेको हो ।
पाल्पाबाट मृतक मृग सहित चार युवा पक्राउ
सोमबार, असार २८, २०७८
पाल्पाबाट मृतक मृग सहित चार युवा पक्राउ परेका छन् । रिब्दिकोट गाउँपालिका–३ हार्थोक बजारमा प्रहरी चौकी हार्थोकबाट खटिइएको प्रहरी टोलीले मृतक मृग सहित चार युवालाई पक्राउ गरेको हो ।
अझै रोकिएन बालविवाह
सोमबार, असार २८, २०७८
रुपन्देही, बुटवल उपमहानगरपालिका–१३ की रीना थापाको पाँच वर्षअघि विवाह भयो । स्थानीय बोर्डिङ स्कूलमा कक्षा–८ मा पढ्दै गर्दा १५ वर्षको उमेरमा उनको विवाह भयो र लगत्तै गर्भवती पनि भइन् । त्यसपछि पढाइ छाड्नुपर्यो । थापाका अहिले चार वर्षका छोरा छन्
प्रतिनिधिसभा पुनःस्थापना, देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चको परमादेश
सोमबार, असार २८, २०७८
विघटीत प्रतिनिधिसभा पुनःस्थापना भएको छ । सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको निर्णयलाई सर्वोच्च अदालतले बदर गरिदिएसँगै प्रतिनिधिसभा पुनःस्थापना भएको हो ।
पाल्पाको तिनाउमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
आइतबार, असार २७, २०७८
ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ । जिल्लाको तिनाउँ गाउँपालिका –२ सिस्नेरी स्थित दोभान सिस्नेरी भित्री कच्ची सडक खण्डमा दोभानबाट सिस्नेरीतर्फ जाँदै गरेको लु २ त २५३ नं.को ट्रली जडान नभएको खाली ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।
माथागढीले दियो ‘गर्भवतीलाई अण्डा र झण्डा’ कार्यक्रमलाई निरन्तरता
आइतबार, असार २७, २०७८
जिल्लाको माथागढी गाउँपालिकाले उपाध्यक्ष आमा सुरक्षा कार्यक्रम अन्तर्गत गर्भवती महिलालाई अण्डा, घरमा हरियो झण्डा कार्यक्रमलाई निरन्तरता दिएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ देखि नै सञ्चालन गर्दै आएको ‘गर्भवतीलाई अण्डा र झण्डा’ कार्यक्रमलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिएको हो ।
सञ्चार विधेयक फिर्ताको माग गर्दै पत्रकारहरु धर्नामा
आइतबार, असार २७, २०७८
लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा दर्ता गरेको सञ्चारमाध्यम सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक फिर्ता गरेर पुनर्लेखन गर्न माग गर्दै पत्रकारहरु धर्नामा बसेका छन् ।
पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्ग अन्तर्गतका सडक सुचारु
आइतबार, असार २७, २०७८
पहिरोका कारण अवरुद्ध बनेका सिद्धार्थ राजमार्गअन्तर्गतका विभिन्न सडकहरु सुचारु भएका छन् । शनिबार रातिदेखि परेको अविरल वर्षासँगै झरेको पहिरोले राजमार्ग अन्तर्गतका सडकहरु आइतबार बिहान बन्द भए पनि दिउँसो तिर सडक सुचारु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
छोरी जन्मिए बैंक खातामा पन्ध्र हजार
आइतबार, असार २७, २०७८
कपिलवस्तुको विजयनगर गाउँपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रममा ‘छोरी बचाऔँ, छोरी पढाऔँ’ नारालाई अघि सारेको छ । गाउँपालिकाले परिवारमा पहिलो जन्मने छोरीका नामको बैंक खाता सञ्चालन गरी पन्थ्र हजार बचत कार्यक्रम ल्याएको छ ।


