पाल्पा कोरोना अपडेट: आइतबार ८२ जना संक्रमितले कोरोना जिते
आइतबार, असार २७, २०७८
पहिरोले सिद्धार्थ राजमार्ग अन्तर्गतका सडक अवरुद्ध
आइतबार, असार २७, २०७८
सिद्धार्थ राजमार्गअन्तर्गत पर्ने विभिन्न ठाउँका सडकहरु अवरुद्ध भएका छन् । शनिबार रातिदेखि परेको अविरल वर्षासँगै झरेको पहिरोले राजमार्ग अन्तर्गतका सडकहरु आइतबार बिहानदेखि अवरुद्ध भएका हुन् ।
उत्पादन वृद्धि गर्न बगनासकालीका कृषकलाई कृषि औजार
शनिबार, असार २६, २०७८
जिल्लाको बगनासकाली गाउँपालिकाले कृषि उपजको उत्पादन वृद्धि र लागत घटाउनका लागि कृषकलाई अनुदानमा कृषि औजार वितरण गरेको छ । कृषकलाई परम्परागतखेती प्रणालीको विकल्पमा यान्त्रिकरण र आधुनिकीकरण गर्न अग्रसर बनाउने उद्देश्यले गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गरेको हो ।
महाधिवेशनको तयारी छोडेर पहिरो पीडितका घरदैलोमा पाल्पा काँग्रेस
शनिबार, असार २६, २०७८
मुलुकको सबै भन्दा ठूलो र पुरानो लोकतान्त्रिक दल नेपाली काँग्रेस आसन्न १४औँ महाधिवेशनको मिति नजिकिदै जादा तयारीमा जुटेको छ । गाउँ, नगर, वडा, क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रमा आगामी नेतृत्वका लागि काँग्रेसका नेता र नेतृत्व जुटेका छन् । देशभरका स्थानीयतहदेखि प्रदेश, जिल्ला र केन्द्रसम्मका सबै क्षेत्रमा महाधिवेशनको तयारीमा काँग्रेसको नेतृत्व...
मेघगर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना
शनिबार, असार २६, २०७८
देशभर मनसुनी वायुको प्रभाव रहेकाले हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनाका साथै केही स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
राहत लिएर पहिरो प्रभावित क्षेत्र पुग्यो पाल्पा काँग्रेस
शनिबार, असार २६, २०७८
नेपाली काँग्रेस पाल्पा राहत लिएर पहिरो प्रभावित क्षेत्रमा पुगेको छ । नेपाली काँग्रेसका जिल्ला सभापति तथा लुम्बिनी प्रदेश सांसद वीरबहादुर रानाको नेतृत्वमा राहत लिएर काँग्रेस पहिरो प्रभावित क्षेत्र पाल्पाको तिनाउ गाउँपालिका–५ चर्चरेमा पुगेको हो ।
पाल्पा पहिरो अपडेट : मृतकको संख्या तीन पुग्यो
शनिबार, असार २६, २०७८
पाल्पाको तिनाउ गाउँपालिका–५ गिट्टी खानी, हिउदे खोला क्षेत्रमा विहीबार बिहान पहिरोमा परी घाइते भएकी ७५ वर्षीय सुन्दरी गुरुङको उपचारका क्रममा मृत्यु भएको छ ।
पाल्पामा खुकुलो निषेधाज्ञाले उकालो लाग्दै संक्रमण
शुक्रबार, असार २५, २०७८
कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै जिल्लामा जारी निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमितको संख्या उकालो लागेको छ । निषेधाज्ञा खुकुलो बनाएसँगै जनस्वास्थ्यका मापदण्ड नअपनाउँदा कोरोना संक्रमण दर विस्तारै उकालो लागेको हो ।
सहयोग जुटाएरै गाँउमा बौद्ध प्रतिक्षालय
शुक्रबार, असार २५, २०७८
बागलुङको गलकोट नगरपालिका– ८ विरकोटमा आर्थिक सहयोग जुटाएरै बौद्ध प्रतिक्षालयको निर्माण गरिएको छ ।


