तम्घास–रिडी र रिडी–रुद्रवेणी सडक अवरुद्ध
मंगलबार, असार १, २०७८
.jpg)
भारी वर्षाको सम्भावना:नदीतटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
मंगलबार, असार १, २०७८
लुम्बिनी,गण्डकी,कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा भइरहेको छ । जसका कारण यहाँका ठूला नदीहरुमा बाढी आएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी प्रदेशको पाल्पा, गुल्मी,अर्घाखाँची, परासी, कपिलबस्तु, प्यूठान, दाङ, बाँके, बर्दिया, रुकुम क्षेत्रका नदीमा बाढी आएको छ ।

वर्षाका कारण गुल्मी इस्माका दुई घर भत्किए
मंगलबार, असार १, २०७८
लगातकारको वर्षाका कारण जिल्लाको इस्मा गाउँपालिकाका दुई वटा घर भत्किएका छन् । गाउँपालिका–५ मैदानका राजेश परियारको निमार्णाधिन घर भत्किदा उनकी २९ वर्षीया श्रीमती जानकी परियार घाईते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक पुरुषत्तम पाण्डेले जानकारी दिए ।

पहिरोले सिद्धार्थ राजमार्ग अन्तर्गतका सडक अवरुद्ध
मंगलबार, असार १, २०७८
चार दिनदेखि निरन्तर परेको अविल वर्षका कारण गएको पहिरोले सिद्धार्थ राजमार्ग अन्तर्गत विभिन्न सडक अवरुद्ध भएका छन् । मंगलबार विहान सिद्धार्थ राजमार्ग अन्तर्गत डुम्रे नजिकै पहिरो खस्दा तानसेन–बुटवल सडक खण्ड अवरुद्ध भएको छ ।

पाल्पा कोरोना अपडेट : सोमबार १ सय ९ जना संक्रमितले कोरोना जिते , ५४ जनामा संक्रमण
सोमबार, जेठ ३१, २०७८
जिल्लामा पछिल्ला २४ घण्टामा १ सय ९ जना संक्रमितले कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालयले सोमबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका १ सय ९ जना संक्रमितले कोरोना जितेका हुन् ।

सहकारी क्षेत्रलाई प्राथमिकता दिन संघको माग
सोमबार, जेठ ३१, २०७८
जिल्ला बचत तथा ऋण सहकारी संघ लि. पाल्पाले महामारीका बेला महत्वपूर्ण निकाय (जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र) पाल्पाका निर्णयहरुमा सहकारी क्षेत्रलाई नसमेटिएकोमा सिंगो पाल्पाली सहकारी अभियानको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
.jpg)
गुल्मीमा असार ७ गतेसम्म निषेधाज्ञा थपियो
सोमबार, जेठ ३१, २०७८
गुल्मीमा निषेधाज्ञाको समय अवधि थप गरिएको छ । जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले आगामी असार ७ गते सम्मका लागि निषेधाज्ञाको समय थप गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भण्डारीले जानकारी दिए ।

एसइईको नतिजा साउन दोस्रो साता, असार २० भित्र आन्तरिक मूल्याङ्कन पठाउन विद्यालयलाई निर्देशन
सोमबार, जेठ ३१, २०७८
माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुन आवेदन दिने विद्यार्थीको असार २० गतेभित्र आन्तरिक मूल्याङ्नका सबै कार्य पूरा गरी जिल्ला समन्वय एकाइ कार्यालयमा पठाइसक्नुपर्ने भएको छ ।

पाल्पामा पुनः निषेधाज्ञा थपियो, पुस्तक पसलहरु दैनिक ४ घण्टा खोल्न पाउने
सोमबार, जेठ ३१, २०७८
पाल्पामा जारी निषेधाज्ञा पुनः लब्याइएको छ । कोरोना संक्रमण कायमै रहेकाले निषेधाज्ञा पुनः असार १२ गतेसम्म लब्याइएको हो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को सोमबार विहान बसेको बैंठकले जिल्लामा कोरोना संक्रमणको अवस्था अझै कायमै रहेकाले निषेधाज्ञा थप गरिएको जनाइएको छ ।