Shittalpati
राष्ट्रिय वाणिज्य बैंकले ल्यायो क्रेडिट कार्ड

काठमाडौं,  राष्ट्रिय वाणिज्य बैंकले ग्राहकहरुको चाहना र बढ्दो जोखिमलाई न्यूनिकरण गर्न क्रेडिट कार्ड सेवाको ल्याएको छ ।
बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीले बैंकका ग्राहक एवं एशियन लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष दिपककुमार श्रेष्ठलाई क्रेडिट कार्ड हस्तान्तरण गर्दै सेवाको शुभारम्भ गरेका हुन् ।

बैंक सञ्चालक समितिका अध्यक्ष पुडासैनीले ग्राहकको चाहना अनुसार नयाँ–नयाँ बैंकिङ प्रोडक्टको अनुसन्धान गर्नुपर्ने बताउँदै यस्तो सेवाले ग्राहकवर्गको आर्थिक कारोबारमा सहजता हुने बैंकले विश्वास लिएको बताए । बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले क्रेडिट कार्डको शुभारम्भपछि पूर्ण डिजिटल बैंकिङतर्फ बैंक अगाडि बढेको बताए । उनका अनुसार नेपाल, भारत र भूटानमा प्रवाह हुँदै आएको सो सेवा अब बैंकका सबै शाखा कार्यालयबाट माग गर्न सकिनेछ । बैंकका उपकार्यकारी अधिकृत देवेशप्रसाद लोहनीले ग्राहकको क्षमताका आधारमा बैंकले रु २० हजारदेखि पाँच लाखसम्मको क्रेडिट लिमिट ग्राहकलाई दिन सकिने जानकारी दिए ।


उनका अनुसार क्रेडिट कार्डबाट ग्राहकले दैनिक रकम भुक्तानी, अनलाइन सपिङ, तोकिएको सीमाभित्र रहेर नगद झिक्न सक्नेछन् । बैंकले हाल ७७ जिल्लामा २ सय ४७ शाखा कार्यालय, २ सय ९ एटिएम र ९८ शाखारहित बैंकिङ सेवामार्फत सेवा प्रवाह गर्दै आएको छ ।
                    –रासस

प्रकाशित मिति: बिहीबार, साउन २८, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update