रेसुङ्गामा साउने मेला नहुने
शुक्रबार, साउन १, २०७८
पाल्पामा विहीबार ३८ नयाँ संक्रमित थपिए
बिहीबार, असार ३१, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ३८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले विहीबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ३८ जना नयाँ संक्रमित थपिएका हुन् ।
पाल्पामा निषेधाज्ञा थपियो,जोर–विजोर प्रणालीमा सार्वजनिक सवारी चल्ने
बिहीबार, असार ३१, २०७८
पाल्पामा दश दिनका लागि निषेधाज्ञा थप गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डीसीसीएमसी)को विहीवार बसेको बैठकले निषेधाज्ञा खुकुलो पार्दै साउन १० गतेसम्मका लागि निषेधाज्ञा थप गरेको हो ।
गुल्मीदरबार गाउँपालिका अध्यक्षको निधन
बिहीबार, असार ३१, २०७८
गुल्मी दरवार गाउँपालिका गुल्मीका अध्यक्ष अशोक कुमार थापाको निधन भएको छ । थापाको बिहीबार ७४ वर्षको उमेरमा निधन भएको हो ।
गुल्मीमा जिपको ठक्करबाट तानसेनका पाण्डेको मृत्यु
बिहीबार, असार ३१, २०७८
गुल्मीमा जिपको ठक्करबाट तानसेन नगरपालिका–१४ अर्गलीका ३० वर्षीय सुदन पाण्डेको मृत्यु भएको छ ।
उत्कृष्ट शिक्षक तथा विद्यालय सम्मानित
बुधबार, असार ३०, २०७८
शैक्षिक सुधारमा योगदान पुर्याउने उत्कृष्ट शिक्षक तथा विद्यालयलाई सम्मान गरिएको छ । शिक्षा तथा सामाजिक विकास मन्त्रालय, लुम्बिनी प्रदेश, शिक्षा तथा सामाजिक विकास निर्देशनालय अन्तर्गत सामाजिक विकास डिभिजन कार्यालय पाल्पाले दुई वटा विद्यालय र ४६ जना शिक्षकहरुलाई सम्मान गरेको हो ।
पाल्पा कोरोना अपडेट : बुधबार ५५ जना संक्रमितले कोरोना जिते, २९ जनामा संक्रमण
बुधबार, असार ३०, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ५५ जना संक्रमितले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालय पाल्पाले बुधबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ५५ जना संक्रमितले कोरोना जितेका हुन् ।
कालीगण्डकी डाइभर्सन रोक्न सर्वोच्चको अन्तरिम आदेश
बुधबार, असार ३०, २०७८
सरकारले कालीगण्डकी नदी डाइभर्सन आयोजना अघि बढाउन लागेपछि सर्वोत्र विरोध भइरहेका बेला सर्वोच्च अदालतले कालीगण्डकी नदीको वहाव रोक्ने गरी काम नगर्न अन्तरिम आदेश दिएको छ ।
देउवा बने पाँचौं पटक प्रधानमन्त्री
बुधबार, असार ३०, २०७८
नेपाली कँंग्रेसका सभापति शेरबहादुर देउवा पाँचौं पटक मुलुकको प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले अदालतको आदेश अनुसार देउवालाई मंगलबार प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।

.jpg)
