Shittalpati
नारायण युवा क्लवले मनायो साधारण सभा तथा अधिवेशन
नारायण युवा क्लवले मनायो साधारण सभा तथा अधिवेशन तानसेनमा सामाजिक क्षेत्रमा क्रियाशिल रहँदै आएको नारायण युवा क्लवले आफनो २४ औं साधारण सभा तथा अधिवेशन मनाएको छ । क्लवले शनिबार न्यून सदस्यहरुको उपस्थितीमा स्वास्थ्य मापदण्डको पालना गरी साधारण सभा तथा अधिवेशन मनाएको हो ।
एसइई नतिजा प्रकाशित
एसइई नतिजा प्रकाशित राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको छ । शनिबार बोर्डको बैठकले एसईईको नतिजा प्रकाशित गर्ने निर्णय गरेको हो । सोही अनुसार नतिजा प्रकाशित भएको छ ।
कक्षा १२ को परीक्षा स्थगित
कक्षा १२ को परीक्षा स्थगित राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गरेको छ । शनिबार बसेको बोर्ड बैठकले साउन ३१ गतेबाट हुने परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।
पाल्पा कोरोना अपडेट: शनिबार ३५ जना नयाँ संक्रमित थपिए, ३५ जना निको
पाल्पा कोरोना अपडेट: शनिबार ३५ जना नयाँ संक्रमित थपिए, ३५ जना निको जिल्लामा पछिल्लो २४ घण्टामा ३५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ३५ जना नयाँ संक्रमित थपिएका हुन् ।
भूमी आयोग खारेजको निर्णय सच्चाउन माग
भूमी आयोग खारेजको निर्णय सच्चाउन माग अखिल नेपाल किसान महासंघ गुल्मीले भूमिसम्बन्धी समस्या समाधान आयोगलाई विघटन गर्ने निर्णय सच्चाउन सरकारसँग माग गरेको छ ।
युवालाई व्यावसायिक बनाऊ
युवालाई व्यावसायिक बनाऊ युवा देश परिवर्तनका संवाहक हुन् । तर आज तिनै युवाहरु कोरोनाका कारण सबै भन्दा बढी प्रभावित छन् । कोरोनाका कारण स्वदेश तथा विदेशको जागिर समेत गुमाएर अहिले युवाहरु बेफुर्सदी बनेका छन् । परिवर्तनका संवाहक युवाहरुले अहिले उर्जावान समय त्यत्तिकै खेर फालिरहेका छन् । यस्तो अवस्थामा सरकारले उर्जावान युवाहरुलाई स्वदेशमै कुनै...
पाल्पामा फरार थप दुई जना अभियुक्त पक्राउ
पाल्पामा फरार थप दुई जना अभियुक्त पक्राउ जिल्ला प्रहरी कार्यालय पाल्पाले फरार रहेका थप दुई जना अभियुक्तलाई पक्राउ गरेको छ । जिल्ला अदालतको आदेशले केही सार्वजनिक मुद्दामा कैद र जरिवानाको आदेश भएपछि फरार रहेका दुई जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको हो ।
कक्षा १२ को परीक्षा सर्न सक्ने !
कक्षा १२ को परीक्षा सर्न सक्ने ! साउन ३१ गतेदेखि हुन लागेको कक्षा १२ को परीक्षा सर्न सक्ने देखिएको छ । कोरोना संक्रमण बढ्दै गएका कारण सीसीएमसीले तत्काल परीक्षा गर्न नसक्ने जनाएपछि परीक्षा सर्न सक्ने देखिएको हो ।
खुट्टाले लेखेर कक्षा ११ को परीक्षामा सामेल हुँदै ‘याम’
खुट्टाले लेखेर कक्षा ११ को परीक्षामा सामेल हुँदै ‘याम’ आफूमा मेहनत र इच्छाशक्ति छ भने सहजै लक्ष्यमा पुग्न सकिन्छ भन्ने तै उदाहरण याम खाम्चाले दिएका छन् । दुबै हात नचल्ने र बोल्नसमेत नसक्ने उनी सुन्न र राम्रोसँग देख्न सक्छन् । फरक क्षमता भएका यामले अहिले खुट्टैले लेखेर कक्षा ११ को परीक्षा दिइरहेका छन् ।
घुस अस्वीकार गर्ने प्रहरी निरीक्षक सहित ३६ ट्राफिक सम्मानित
घुस अस्वीकार गर्ने प्रहरी निरीक्षक सहित ३६ ट्राफिक सम्मानित घुस अस्वीकार गर्ने प्रहरी निरीक्षक सहित ३६ ट्राफिक प्रहरी सम्मानित भएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक प्रलोभनमा नपरी जिम्मेवारी निर्वाह गर्ने प्रहरीलाई शुक्रबार एक कार्यक्रमका बीच सम्मान गरेको हो ।
पाल्पा कोरोना अपडेट : शुक्रबार ४५ जना नयाँ संक्रमित थपिए
पाल्पा कोरोना अपडेट : शुक्रबार ४५ जना नयाँ संक्रमित थपिए जिल्लामा पछिल्लो २४ घण्टामा ४५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले शुक्रबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ४५ जना नयाँ संक्रमित थपिएका हुन् ।
Weather Update