लुम्बिनीको मुख्यमन्त्रीमा केसी , सात सदस्यीय मन्त्रिपरिषद् विस्तार
बिहीबार, साउन २८, २०७८

पाल्पा कोरोना अपडेट : बिहीबार ४४ जना नयाँ संक्रमित थपिए, २९ जना निको
बिहीबार, साउन २८, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ४४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले विहीबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ४४ जना नयाँ संक्रमित थपिएका हुन् ।

उत्पादन वृद्धि गर्न माथागढीका कृषकलाई कृषि औजार
बिहीबार, साउन २८, २०७८
जिल्लाको माथागढी गाउँपालिकाले कृषि उपजको उत्पादन वृद्धि र लागत घटाउनका लागि कृषकलाई अनुदानमा कृषि औजार वितरण गरेको छ । कृषकलाई परम्परागतखेती प्रणालीको विकल्पमा यान्त्रिकरण र आधुनिकीकरण गर्न अग्रसर बनाउने उद्देश्यले गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गरेको हो ।

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा केसी नियुक्त
बिहीबार, साउन २८, २०७८
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता कुलप्रसाद केसी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को २ अनुसार उनलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

गुल्मीमा चट्याङ लागेर एक युवतीको ज्यान गयो
बिहीबार, साउन २८, २०७८
चट्याङ लागेर गुल्मीमा एक युवतीको ज्यान गएको छ । जिल्लाको मालिका गाउँपालिका २ पाटाखर्ककी २८ वर्षीया कमला प्रतेलको चट्याङ लागेर ज्यान गएको हो ।

राष्ट्रिय वाणिज्य बैंकले ल्यायो क्रेडिट कार्ड
बिहीबार, साउन २८, २०७८
राष्ट्रिय वाणिज्य बैंकले ग्राहकहरुको चाहना र बढ्दो जोखिमलाई न्यूनिकरण गर्न क्रेडिट कार्ड सेवाको ल्याएको छ ।
बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीले बैंकका ग्राहक एवं एशियन लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष दिपककुमार श्रेष्ठलाई क्रेडिट कार्ड हस्तान्तरण गर्दै सेवाको शुभारम्भ गरेका हुन् ।

युवा दिवसको सार्थकता
बिहीबार, साउन २८, २०७८
आज विश्वभर अन्तर्राष्ट्रिय दिवस मनाइदै छ । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २००० देखि विश्वभर युवासम्बन्धी विभिन्न चेतनामूलक तथा मनोरञ्जनात्मक कार्यक्रमहरू गरी युवा दिवस मनाउन थालिएको हो ।

पाल्पामा लापरबाहीले बढ्यो कोरोना, दैनिक २० देखि सयको हाराहारीमा संक्रमित थपिँदै
बिहीबार, साउन २८, २०७८
कोरोना भाइरसका संक्रमण घटेसँगै जिल्लामा निषेधाज्ञा खुकुलो बनाइयो । तर समुदायस्तरमा स्वास्थ्य मापदण्ड अपनाउन लापरबाही गरिँदा फेरि संक्रमितको संख्या दिनहुँ थपिँदै गएको छ । स्वास्थ्य सुरक्षाका सामग्रीको प्रयोग तथा मापदण्ड पालनामा लापरबाही हुँदा दैनिक २० देखि सय जनाको हराहारीमा संक्रमित थपिन थालेका छन् ।

तिनाउमा आवासीय सहित छात्रावास सञ्चालन गरिने
बुधबार, साउन २७, २०७८
जिल्लाको तिनाउ गाउँपालिकाले आवासीय सहित छात्रावास सञ्चालन गर्ने भएको छ । गाउँपालिका अध्यक्ष ओमबहादर घर्ती मगरले गाउँपालिकाको अधिकास क्षेत्र डाँडाकाडा भएकाले पठन पाठनका लागि बालवालिकाहरु ३ घण्टासम्म हिड्नु पर्ने अवस्था रहेकाले पालिकाले आगामी दिनमा आवासीय सहितको छात्रावास सचालन गर्ने योजना बनाएको बताएका छन् ।

गुल्मीको इस्मामा चट्याङ लागेर ७ जना घाइते
बुधबार, साउन २७, २०७८
गुल्मी इस्मा गाउँपालिका ४ का विभिन्न ठाउँमा चट्याङ लागेर ७ जना घाइते भएका छन् । दोहलीको पहिरा भन्ने स्थानका अन्दाजी ४२ बर्षीय राम बहादुर गन्दर्भ र छोरा १२ बर्षीय राहुल गन्दर्भ चट्याङ लागेर गम्भिर घाइते भएका छन् ।

पाल्पा कोरोना अपडेट : बुधबार ९० जना नयाँ संक्रमित थपिए, ७० जना निको
बुधबार, साउन २७, २०७८
जिल्लामा पछिल्लो २४ घण्टामा ९० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले बुधबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ९० जना नयाँ संक्रमित थपिएका हुन् ।

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः कुलमान
बुधबार, साउन २७, २०७८
सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनः नियुक्त गरेको छ । चार वर्षे कार्यकाल पूरा गरेर अवकाश पाएका घिसिङ १० महिनापछि पुनः कार्यकारी निर्देशक नियुक्त भएका हुन ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलद्वारा राजीनामा
बुधबार, साउन २७, २०७८
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज राजीनामा दिएका छन् ।
मुुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा बुझाएको प्रदेशसभामा नेकपा एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिए ।